कन्चनपुर- नेपाली कांग्रेसले सार्वजनिक गरेको क्रियासिल सदस्यता नविकरण तथा नयाँ क्रियासिल वितरणमा कन्चनपुर जिल्लाको क्षेत्र ३ भिमदत्त नगरपालिकाको वडा नम्बर १८ मा आफ्ना आसेपासेलाई मात्र बाँडेको भन्दै जिल्ला कार्यसमिति कञ्चनपुर लाई निवेदन लेखेका छन् । उनले क्रियासिल वितरणमा जसलाई लोकतन्त्रको मूल्य र मान्यता थाहा छैन।
तिनीहरूलाई नाता,गोता र चाकरी गरेकै आधारमा दिएको भन्दै दुःख समेत व्यक्त गरेका छन् । उनले पार्टीप्रति प्रश्न खडा गर्दै लेखेका छन् :- नेपाली कांग्रेसको क्रियाशील सदस्यता बाढ्ने क्रममा Nepotism को लहरहरू देखियको छ। यहाँ आफू बलियो हुन अफ्ना आसेपासे हनुमानेहरूलाइ किर्याशिल सदस्यता बढ़ियको छ । नेपाली कांग्रेसले सार्वजनिक गरेको किर्याशिल पाउने नामहरूमा यस्ता नामहरूँ नि छन जसले अहिलेसम्म साधारण सदस्य पनी छैनन । नेपाली कांग्रेसले अफ़्नो स्थापनाकाल देखी बोकि हिडेको सिद्धांत कोई ?
खोई लोकतन्त्र,खोई समाजवाद ? यसरी नै अफ्ना आसेपासे भर्ने हो भने एकदिन पार्टी नसकियाल भन्न सकिदैन। तसर्थ सुदूरपसचिम प्रदेश,कंचनपुर जिल्ला भिमदत्तनगर वार्ड न १८का नेपाली कांग्रेसका सभापति लगायतले गुटको राजनीति गरी व्यक्तिगत स्वार्थका निम्ति प्रयोग हूनेहरूलाइ मात्र किर्याशिल सदस्यता प्रदान गरीयको प्रस्ट छ ।