News Portal

  • कोरोना महामारीमा के गर्दै छ राष्ट्रिय आविष्कार केन्द्र ?

    हिमालीसंचार संवाददाता
    ३५६ पटक

    काठमाडौं – कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै महावीर पुनको व्यस्तता उधुमै बढेको छ। मानव संकटको यो घडीमा सिङ्गो देशलाई आपतकालीन स्वास्थ सामग्री उपलब्ध गराउने जिम्मा उनको मात्र काँधमा छ जस्तो प्रतित हुन्छ। यो कुरा उनकै दौडधुप र चटारोले बताउँछ।

    घण्टा घण्टामा उनी सामाजिक सञ्जालमा पाेस्ट गरिरहेका छन्। कहिले अक्सिजन एनालाइजर त कहिले अक्सिजन रेगुलेटरको फ्लोमिटर कतै छ भने उपलब्ध गराइदिन गुहार माग्छन्। कहिले खाली सिलिण्डर भर्न उपत्यकाबाहिर पठाउनलाई सहजीकरणको अपिल गर्छन्। सामाजिक सञ्जालमा पहरेदार जसरी हरेक सहयोग र सहजीकरणका लागि कयौं स्टेटसहरु उनले पोस्टाइसके।

    तर त्यही फेसबुकको म्यासेन्जमा आएका म्यासेजहरु हेर्न उनलाई फुर्सद छैन। लेख्छन्, ‘मलाई मोबाइल/भाइबर/ह्वाट्सएपमा ९८४१५९२३६१ मा मात्र सम्पर्क गर्नुहोला। म्यासेन्जरकाे म्यासेज हेर्न पाएको छैन।’

    महामारीको दोस्रो लहर सुरु भएसँगै भारतमा मानिसहरु अक्सिजनको कमीले सोत्तर भएको दृश्य देखियो। नागरिक स्तरबाट सचेत बन्दा बन्दै सरकारको ढिलासुस्ती र अकर्मण्यताले भारतको दशा नेपालमा पनि सुरु भएको छ।

    जनसंख्याकाे अनुपातको हिसाबले त नेपालमा अवस्था अझ भयावह भएको विज्ञहरु बताउँछन्। यस्तो अवस्थामा अक्सिजन अभाव हुन नदिन महावीर पुनहरू हरदम लागिपरेका छन्। उनी र उनले नेतृत्व गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरहरु अहिले ‘मिनी अक्सिजन प्लान्ट’ निर्माण तथा परीक्षणको काममा लागिरहेका छन्।

    कोभिडको पहिलो लहर सुरु भएपछि गत वर्ष २०२० को मार्च २४ देखि सरकारले देशव्यापी लकडाउन घोषणा गर्‍यो। त्यसलगत्तै आविष्कार केन्द्रलाई वीर अस्पताल, शिक्षण अस्पताल, विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, पाटन अस्पताल सबैले फोन गरी महामारी रोक्न नयाँ प्रविधि तथा आविष्कारको सहयोग माग्न थाले।

    त्यस बेलादेखि नै महावीर पुन र उनको राष्ट्रिय आविष्कार केन्द्रले धेरै नै महत्वपूर्ण कामहरु गर्दै आइरहेको छ। आज हामी तपाईंलाई राष्ट्रिय आविष्कार केन्द्रले पुनको नेतृत्वमा कोभिड विरुद्ध लडाईंमा केन्द्रित रही गरिआएका कामहरुको फेहरिस्त बताउने छौं।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    NRNA संम्बन्धी जनाकारी।

     

    आज २०८२ साल असार १९ गतेको राशिफल

    आज असार १९, २०८२ (जुलाई ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    एनसीसी फुटाउने बद्रि केसी समूहको प्रयासको चौतर्फी आलोचना, एकताबद्ध रहन जोड

    काठमाडौँ। गैरआवासीय नेपाली संघ (एनआरएनए)का पदाधिकारी तथा अभियन्ताहरुले बद्री केसी समूहले मिलेर बसेका एनआरएनए एनसीसीहरुलाई...

    ब्यबस्था धान्नेहरुको कु-कृत्य – कमला थापा

    २०८२ असार १८ गते। नेपालमा ब्यबस्था बारम्बार परिवर्तन भयो तर ब्यबस्था धान्नेहरुको कु-कृत्य कहिले परिवर्तन...

    बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलनामा ६ महिनाको जेल

    बंगलादेश, असार १८ – बंगलादेशकी अपदस्थ पूर्वप्रधानमन्त्री शेख हसिनालाई अदालतको अवहेलना गरेको आरोपमा ६ महिनाको...

    पूर्वराष्ट्रपति भण्डारीद्वारा सरकारी सेवा–सुविधा फिर्ता, आजैदेखि कार्यान्वयनमा

    काठमाडौं, असार १८ – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आफूलाई उपलब्ध गराइएको सबै सरकारी सेवा तथा सुविधा...