News Portal

कोरोना महामारीमा के गर्दै छ राष्ट्रिय आविष्कार केन्द्र ?

हिमालीसंचार संवाददाता
५१४ पटक

काठमाडौं – कोभिड १९ को दोस्रो लहर सुरु भएसँगै महावीर पुनको व्यस्तता उधुमै बढेको छ। मानव संकटको यो घडीमा सिङ्गो देशलाई आपतकालीन स्वास्थ सामग्री उपलब्ध गराउने जिम्मा उनको मात्र काँधमा छ जस्तो प्रतित हुन्छ। यो कुरा उनकै दौडधुप र चटारोले बताउँछ।

घण्टा घण्टामा उनी सामाजिक सञ्जालमा पाेस्ट गरिरहेका छन्। कहिले अक्सिजन एनालाइजर त कहिले अक्सिजन रेगुलेटरको फ्लोमिटर कतै छ भने उपलब्ध गराइदिन गुहार माग्छन्। कहिले खाली सिलिण्डर भर्न उपत्यकाबाहिर पठाउनलाई सहजीकरणको अपिल गर्छन्। सामाजिक सञ्जालमा पहरेदार जसरी हरेक सहयोग र सहजीकरणका लागि कयौं स्टेटसहरु उनले पोस्टाइसके।

तर त्यही फेसबुकको म्यासेन्जमा आएका म्यासेजहरु हेर्न उनलाई फुर्सद छैन। लेख्छन्, ‘मलाई मोबाइल/भाइबर/ह्वाट्सएपमा ९८४१५९२३६१ मा मात्र सम्पर्क गर्नुहोला। म्यासेन्जरकाे म्यासेज हेर्न पाएको छैन।’

महामारीको दोस्रो लहर सुरु भएसँगै भारतमा मानिसहरु अक्सिजनको कमीले सोत्तर भएको दृश्य देखियो। नागरिक स्तरबाट सचेत बन्दा बन्दै सरकारको ढिलासुस्ती र अकर्मण्यताले भारतको दशा नेपालमा पनि सुरु भएको छ।

जनसंख्याकाे अनुपातको हिसाबले त नेपालमा अवस्था अझ भयावह भएको विज्ञहरु बताउँछन्। यस्तो अवस्थामा अक्सिजन अभाव हुन नदिन महावीर पुनहरू हरदम लागिपरेका छन्। उनी र उनले नेतृत्व गरिरहेको राष्ट्रिय आविष्कार केन्द्रका इन्जिनियरहरु अहिले ‘मिनी अक्सिजन प्लान्ट’ निर्माण तथा परीक्षणको काममा लागिरहेका छन्।

कोभिडको पहिलो लहर सुरु भएपछि गत वर्ष २०२० को मार्च २४ देखि सरकारले देशव्यापी लकडाउन घोषणा गर्‍यो। त्यसलगत्तै आविष्कार केन्द्रलाई वीर अस्पताल, शिक्षण अस्पताल, विपि कोइराला इन्स्टिच्युट अफ हेल्थ साइन्स, पाटन अस्पताल सबैले फोन गरी महामारी रोक्न नयाँ प्रविधि तथा आविष्कारको सहयोग माग्न थाले।

त्यस बेलादेखि नै महावीर पुन र उनको राष्ट्रिय आविष्कार केन्द्रले धेरै नै महत्वपूर्ण कामहरु गर्दै आइरहेको छ। आज हामी तपाईंलाई राष्ट्रिय आविष्कार केन्द्रले पुनको नेतृत्वमा कोभिड विरुद्ध लडाईंमा केन्द्रित रही गरिआएका कामहरुको फेहरिस्त बताउने छौं।

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...