News Portal

देउवा र ओलीसँगको भेटपछि महन्थले आफुनिकट सांसदलाई रिसोर्टमा थुने

हिमालीसंचार संवाददाता
५१३ पटक

काठमाण्डौ – गठबन्धनको सरकार निर्माणको पक्षमा नदेखिएको जनता समाजवादी पार्टी (जसपा)को महन्थ ठाकुर र राजेन्द्र महतो पक्षले सांसदलाई रिसोर्टमा राखेको छ । काँग्रेस सभापति शेरबहादुर देउवा र प्रधानमन्त्री केपी शर्मा ओली भेटपछि ठाकुर महतो पक्षले आफ्नो पक्षका सांसदलाई भक्तपुरको एक रिसोर्टमा थुनेको पाएको छ ।

बुढानिलकण्ठमा देउवालाई भेटेर बालुवाटारमा ओलीसँग भेटवार्ता गरेका ठाकुर र महतोले तत्कालीन राजपाको पार्टी कार्यालय बबरमहलमा भेला गराएर सांसदहरुलाई भक्तपुर लगेका हुन् । रिसोर्टमा रहेका एक सांसदका अनुसार त्यहाँ १३ जना सांसद मात्र रहेका छन् ।

जसपाको उपेन्द्र यादव र बाबुराम भट्टराई पक्ष देउवाको नेतृत्वमा बहुमतको सरकार निर्माणको पक्षमा उभिएका बेला ठाकुर र महतोले आफूनिकट सांसदलाई रिसोर्टमा लगेर थुनेका हुन् । राष्ट्रपति विद्यादेवी भण्डारीले बिहीबार राति ९ बजेसम्ममा संविधानको धारा ७६ (२) अनुसार बहुमतको सरकार गठनका लागि दाबी प्रस्तुत गर्न दलहरूलाई आह्वान गरेकी छन् । सो समयभित्र बहुमत जुटाएर राष्ट्रपति समक्ष निवेदन दिने काँग्रेसको तयारी छ ।

अब देउवालाई बहुमतका लागि एमालेको नेपाल पक्षमा निर्वाचित सांसदको राजीनामा अनिवार्य भनेको छ । नेपाल पक्षले राजीनामा नदिए जसपाको उपेन्द्र र बाबुराम पक्षले साथ दिए पनि देउवा प्रधानमन्त्री बन्न सक्ने अवस्था छैन ।नयाँ सत्ता समीकरण बन्न एक सय ३६ सांसद आवश्यक हुन्छ । काँग्रेससँग ६१, माओवादी केन्द्रसँग ४८ (सभामुखबाहेक) र जसपासँग ३२ सांसद छन् । तर जसपाका १३ जना सांसदले साथ नदिँदा बहुमत नपुग्ने निश्चित छ ।

हाल प्रतिनिधिसभामा कायम सांसद संख्या २ सय ७१ मध्ये एमालेसँग अहिलेसम्म १२१ सांसद रहेको छन् । रातोपाटीले समाचार लेखेको छ।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...