News Portal

ओलीलाई पदमुक्त गर्न हामीले सांसद पदबाट राजीनामा – भीम रावल

हिमालीसंचार संवाददाता
४७२ पटक

काठमाडौं – नेकपा (एमाले) नेता भीम रावलले प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी ओलीलाई पदमुक्त गर्न सांसद पदबाट आफूहरुले राजीनामा दिनुपर्ने स्थिति निर्माण भएको बताएका छन्।

सामाजिक सञ्जालमा सक्रिय नेता रावलले थप राष्ट्रिय हित, पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्यबाट रोक्न र ओलीलाई पदमुक्त गर्न आवश्यक रहेको भन्दै त्यसका लागि सांसद पदबाट राजीनामा गर्नुपर्ने अवस्था आएको बताए।

सांसद पदबाट राजीनामा गर्नु राजनीतिक नैतिक र कानुनी दृष्टिले धेरै उचित भएको दाबी उनको छ।

‘असाधारण समस्याको समाधान गर्न असाधारण पाइला चाहिन्छ। थप राष्ट्रिय हित,पार्टी विधान विपरीत र अलोकतान्त्रिक कार्य गर्नबाट प्रमं केपीलाई रोक्न पदमुक्त गर्नु आवश्यक छ। त्यसका लागि हामीले सांसद पदबाट राजीनामा गरी स्थिति निर्माण गर्नुपर्छ’, रावलले ट्वीटरमा लेखेका छन्, ‘यो राजनीतिक नैतिकता र कानूनी दृष्टिले धेरै उचित छ।’

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...