News Portal

कांग्रेस नेता पोखरेलले मुख्यमन्त्रीमा खाता खोल्ने, लफडा गर्न खोज्दै एमाले !

हिमालीसंचार संवाददाता
४३३ पटक

पोखरा – नेपाली कांग्रेसले गण्डकी प्रदेशमा मुख्यमन्त्री नियुक्तिका लागि दावी प्रस्तुत गरेको छ। बुधबार कांग्रेसका सांसदीय दलका नेता कृष्णचन्द्र नेपाली पोखरेलले आफूलाई मुख्यमन्त्री नियुक्त गर्न आग्रह गरेर प्रदेश प्रमुख सीता पौडेलाई पत्र लेखेर दर्ता गराएका हुन्।

नेता पोखरेलले आफूलाई कांग्रेसका १५, माओवादी केन्द्रका १२ (सभामुखसहित), राष्ट्रिय जनमोर्चाका ३ र जनता समाजवादी पार्टी २ सांसदको समर्थन रहेको उल्लेख गरेका छन्। ६० सदस्यीय प्रदेशसभामा मुख्यमन्त्री नियुक्त हुन ३१ सांसदको समर्थन आवश्यक पर्छ।

पोखरेलले आफूलाई प्रदेशसभाका चार दलले मुख्यमन्त्रीमा समर्थन गरेको बताएका छन्। सांसदको संख्या भने विश्वासको मत लिँदा प्रदेशसभामा गणना हुने बताएका छन्। पोखरेलले प्रदेश प्रमुखले आफूलाई मुख्यमन्त्री नियुक्त गर्नुपर्ने बताएका छन्।

एमालेका नेता समेत रहेका मुख्यमन्त्री पृथ्वीसुब्बा गुरुङले पदबाट राजीनामा दिएपछि नयाँ मुख्यन्त्रीका लागि दाबी प्रस्तुत गर्न समय दिइएको थियो। अल्पमतमा हुँदा पनि एमालेले गण्डकी प्रदेशमा अझै पनि सरकार छाड्न आनाकानी गरिरहेको छ।

गण्डकी प्रदेशमा यसअघिका प्रदेश प्रमुख अमिक शेरचनले एमालेको स्वार्थअनुसार काम नगरेको भन्दै कामचलाउ प्रधानमन्त्री खड्गप्रसाद ओली र राष्ट्रपति विद्यादेवी भण्डारीले हटाएर एमाले नेतृ सीता पौडेललाई प्रदेश प्रमुख बनाएका थिए।

प्रतिकृया दिनुहोस्

सेनापतिको सम्बोधनलाई लिएर जंगी अड्डाको स्पष्ट जवाफ

काठमाडौं, ७ पुस – जेनजी आन्दोलनपछि उत्पन्न चुनौतीपूर्ण परिस्थितिमा नेपाली सेनाले संविधान र कार्यपालिकाको आदेशको...

अमेरिका पठाइदिन्छु भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

काठमाडौं, पुष ७ – अमेरिका पठाइदिन्छु भनी ठगी गर्ने एक व्यक्ति प्रहरीले पक्राउ गरेको छ।...

विपद् पूर्वतयारीलाई अझ प्रभावकारी बनाउनेतर्फ सरकार प्रतिबद्धः गृहमन्त्री अर्याल

काठमाडौं, पुष ७ – गृहमन्त्री ओमप्रकाश अर्यालले नेपालमा विपद् व्यवस्थापनलाई अझ व्यवस्थित, व्यापक र प्रभावकारी...

अनुमतिविना माइतीघरमा प्रदर्शन, मिराज ढुंगाना समूहलाई प्रहरीले हटायो

काठमाडौं, पुष ७ – अनुमति नलिई माइतीघरमा प्रदर्शनमा उत्रिएको मिराज ढुंगाना नेतृत्वको समूहलाई प्रहरीले त्यहाँबाट...

आज २०८२ साल पुष ७ गतेको राशिफल

आज पुष ७, २०८२ (डिसेम्बर २२, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...