News Portal

जसपा अझै एक हुन सकेनन् : “उपेन्द्र-बाबुरामले देउवालाई सघाए महन्थले पनि राष्ट्रपतिलाई पत्र पठाउने”

“पार्टी विरोधी गतिविधि गरिरहेका एक अर्काको आरोपप्रत्यारोप”

हिमालीसंचार संवाददाता
५१८ पटक

काठमाण्डौ – प्रधानमन्त्री केपी शर्मा ओलीले संसदमा विश्वासको मत नपाएर पदमुक्त भएपछि सत्ता गठबन्धनमा महत्वपूर्ण मानिएको जनता समाजवादी पार्टीमा विवाद अझै चुलिँदै गएको छ।

नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले आफ्नो नेतृत्वमा नयाँ सरकार बनाउन नेकपा माओवादी केन्द्र र जनता समाजवादी पार्टीका नेतासँग छलफल गर्न लागेका बेला जसपाको पूर्वराजपा समूहले देउवालाई आफूहरूको समर्थन नहुने बताएका छन्। 

जसपाका नेता राजेन्द्र महतोले उपेन्द्र यादव अहिले सत्ताको खेलमा लागेको आरोप लगाईरहेका छन्। ‘ओली सरकारले अहिले हाम्रो मुद्दाहरू सम्बोधन गरिरहेको उपेन्द्रजीलाई किन नपचेको हो मैले बुझ्न सकेको छैन। हाम्रो कुरा यो कांग्रेस माओवादी केन्द्रको सत्ताको खेलमा नलागौं भन्ने हो। तर उहाँमा सत्तालिप्सा धेरै नै बढेको छ,’ महतोले भने। उनले यसअघि पनि यादव ओली सरकारमा गएको र अहिले देउवाको नेतृत्वमा बन्ने सरकारमा जान आतुर रहेको बताए।

यसअघि सोमबार प्रधानमन्त्री ओली पदमुक्त भएपछि जसपा अध्यक्ष यादवले कांग्रेस सभापति शेरबहादुर देउवा र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ सँगै संविधानको धारा ७६ (२) अनुसार दुई वा दुईभन्दा बढी दलको बहुमतको सरकार बनाउनका लागि आह्वान गर्न राष्ट्रपतिलाई आग्रह गरेका थिए।

नेता महतोले भने “जसपाका तर्फबाट कसैले सरकार बनाउने दाबी राष्ट्रपतिलाई पठाए अध्यक्ष महन्थ ठाकुरले छुट्टै पत्र पठाउने बताउँछन्। ‘नयाँ सरकार बनाउने भनेर जसपाका कसैले दाबी गरे हामी त्यस्तो सरकार बनाउने पक्षमा छैनौं भन्ने पत्र राष्ट्रपतिलाई पठाउँछौ,’ महतोले भने, ‘उचित समयमा पत्र गइहाल्छ।’ महतोले नेता यादवले पार्टीविरोधी गतिविधि गरिरहेकाले उनी कारबाहीको भागिदार पनि हुने समेत बताएका छन्।

यादव-भट्टराई समूहले भने ओली प्रतिगमनका नाइके भएकाले उनलाई कुनै पनि हातलमा साथ दिन नसकिने र देउवाको नेतृत्वमा सरकार बनाउने बताएका छन् । उक्त समूहका नेता मोहम्मद इस्तियाक राईले नयाँ सरकार बनाउनेबारे पार्टीले निर्णय गर्ने बताए। ‘ओलीलाई त कुनै हालतमा समर्थन गर्न सकिन्नँ। पार्टीले देउवाको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्छ भन्ने निर्णय गर्छ। त्यस्तो निर्णय हामी सकभर सर्वसम्मत गर्छौं नभए बहुमतका आधारमा हुन्छ,’ जसपा कार्यकारिणी सदस्यसमेत रहेका राईले भने, ‘हामी तटस्थ बस्ने भन्ने हुँदैन।’

उनले ठाकुर-महतोले भनेजस्तो ओली सरकारले आफ्ना पार्टीका मुद्दाहरू केही सम्बोधन नगरेको बताए। ‘हिजो मुद्दा लगाउने पनि ओली नै थिए अहिले फिर्ता लिएका मुद्दा पनि गाडी फुटाएको, पेट्रोल छर्किएकोजस्तामा पक्राउ गरेकालाई हो,’ राईले भने,’सांसद रेशम चौधरीलाई छोड्ने, नागरिकता विधेयक पारित गर्ने विषयमा यो सरकारले केही गरेकै छैन।’

उनले मधेसका मुद्दाबारे ठाकुर-महतोलाई भन्दा आफूहरूलाई बढी थाहा भएको बताए। ‘हामीले मधेस आन्दोलन गर्दा उहाँहरू मन्त्री हुनुहुन्थ्यो। मधेसको मुद्दा के हुन् हामीलाई राम्ररी थाहा छ,’ राईले भने। पार्टीको बहुमतले निर्णय गर्ने भएकाले कसैले कसैलाई कारबाही गर्ने कुरै नआउने उनले बताए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...