News Portal

विश्वासको मत लिन नसके ओलीले चाल्नेछन् यस्तो कदम !

हिमालीसंचार संवाददाता
४६२ पटक

काठमाडौं – प्रधानमन्त्री खड्गप्रसाद ओलीले वैशाख २७ गते विश्वासको मत लिने तयारीमा छन्। ओलीलाई विश्वासको मत असफल पार्न विपक्षी दलहरू लागेका छन्। नेपाली कांग्रेस, माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसाप)सहितका दलहरूले ओलीलाई विश्वासको मत नदिने जनाएका छन्।

ओलीलाई आफ्नै पार्टी एमालेका वरिष्ठ नेता माधवकुमार नेपाल समूहले पनि असहयोग गर्ने ठूलो आशंका छ। नेपाल समूहले सार्वजनिक रुपमा केही भनेको छैन। नेपाल समूहले वैशाख २६ गतेसम्म सामूहिक राजीनामा वा वैशाख २७ गते विश्वासको मत लिने क्रममा फ्लोर क्रस गरेर जाने सम्भावना निकै रहेको चर्चा छ। नेपाल समूहले ओलीविरुद्ध कदम उठायो भने सरकार ढल्ने पक्का छ।

ओलीले जसपाको महन्थ ठाकुर समूहले साथ दिन्छ कि भन्ने ठूलो आशा छ। जसपाभित्र पनि ओलीलाई समर्थन गर्ने कि नगर्ने भन्ने विषयमा विवाद छ। उपेन्द्र यादवसहितका बहुमत नेताहरू ओलीको विपक्षमा छन्। महन्थ ठाकुर मात्रै ओलीको पक्षमा छन्। शुरुमा ओलीको पक्षमा देखिएका राजेन्द्र महतो पनि उपेन्द्र यादवको पक्षमा देखिएका छन्।

ओलीले वैशाख २७ गते विश्वासको मत पाउन सकेनन् भने ठूलो दलको हैसियतमा प्रधानमन्त्री बन्न शक्तिको दुरुपयोग गर्ने सम्भाना निकै छ। कानून व्यवसायी एवम् अधिवक्ता शिव अर्यालले फेसबुकमा लेखेका छन्, ‘सर्वोच्च अदालतको पछिल्लो फैसला कार्यान्वयन हुँदा, संविधानको धारा ७६ को उपधारा २ को खण्ड १ हुँदै हाल उपधारा २ बमोजिमको सरकारले आगामी २७ गते विश्वासको मत लिँदै छ।

यदि उपधारा २ बमोजिम विश्वासको मत प्राप्त नभए धारा ७६ को उपधारा ३ बमोजिम ठूलो दलको नेताको हैसिययले राष्ट्रपतिबाट केपी ओलीनै प्रधानमन्त्री नियुक्ति हुनु हुनेछ।’ ‘त्यसपछि प्रधानमन्त्रीले उपधारा ५ बमोजिम गर्नु हुनेछ’, अधिवक्ता अर्यालले भने, ‘उपधारा ५ बमोजिम प्रधानमन्त्री केपी ओलीले नै दावी प्रस्तुत गर्नु हुनेछ।’

‘उपधारा ६ को प्रयोग हुँदै उपधारा ७ बमोजिम प्रधानमन्त्री केपी ओलीकै नेतृत्वमा आम चुनाव घोषणा हुनेछ।’ ओलीलाई विश्वासको मत प्राप्त भएन भने वैशाख २७ गतेनै राष्ट्रपति विद्यादेवी भण्डारीले प्रधानमन्त्री नियुक्त गरेर सपथ गराउने सम्भावना निकै छ।

लुम्बिनी प्रदेशमा शंकर पोखरेल मुख्यमन्त्री बन्न रचिएको घटना ओलीले वैशाख २७ गते केन्द्रमा पनि गर्ने सम्भावना निकै रहेको चर्चा छ। ओली जसरी पनि सत्तामा टिक्न चाहेका छन्। प्रधानमन्त्री ओली चुनावमा जान चाहेका छन्। ओली सबैभन्दा धेरै एक्लिएका छन्। विपक्षी दलहरूले ओलीलाई साथ दिएका छैनन्। आफ्नै पार्टी एमालेका वरिष्ठ नेता माधव नेपाल समूहले पनि ओलीलाई साथ दिएको छैन।

यस्तो अवस्थामा ओलीलाई सबैभन्दा धेरै तनाब छ। यसरी एक्लिदा पनि ओलीले सत्तालाई सबै ठानेर बसेका छन्। सबैले राजीनामा माग्दा पनि ओली प्रधानमन्त्री पदको कुर्सीमा चप्टिएर बसेका छन्। सत्ताका लागि ओली मरिहत्ते गर्ने नेताको रुपमा पहिचान बनाएको आरोप छ।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...