News Portal

  • सांसद डाँगीले शंकर पोखरेलको साथ छोडे, थप कमजोर बन्दै मुख्यमन्त्री पोखरेल

    हिमालीसंचार संवाददाता
    ३४१ पटक

    बुटवल – अल्पमतलाई बहुमत सदर गराएर प्रदेश प्रमुखबाट मुख्यमन्त्रीको सपथ खाएका लुम्बिनी प्रदेशका मुख्यमन्त्री शंकर पोखरेल आफ्नो हठका कारण थप कमजोर बन्दै जान थालेका छन्। अल्पमत हुँदाहुँदै पनि संसद छलेर मुख्यमन्त्री बनेका पोखरेलदेखि बिपक्षीहरु क्रुद्ध छन्। उनिहरुले मुख्यमन्त्रीलाई बहिष्कार गरेर अघि बढ्ने रणनीति बनाईसकेका छन्।

    उता आफूलाई एकल बहुमत प्राप्त दलको मुख्यमन्त्री दाबी गरिरहेका पोखरेलले भने बिपक्षीहरुलाई पेलेरै जाने रणनीतिमा छन्। समग्रमा आईतबार पोखरेलले चालेको यो कदमले लुम्बिनी प्रदेशमा नयाँ र निषेधको ‘राजनीतिक लडाईँ’ सुरु भैसकेको छ।

    त्यसोत, बिपक्षीहरुलाई क्रुद्ध बनाएर मुख्यमन्त्रीको पगरी गुथेका पोखरेल आफ्नो घरभित्रै पनि थप कमजोर बन्दै गईरहेका छन्। मुख्यमन्त्री बन्नकै लागि उनले लिएको हठ उनकै पार्टी सदस्यहरुले रुचाएका रहेनेछन् भन्ने दृष्टान्त पछिल्ला केही घटना क्रमले देखाएको छ। बहुमत दाबी गरेर हस्ताक्षर बुझाएका आफ्नै पार्टीका सांसदहरुले पोखरेलको साथ छोडिरहेका छन्।

    यसैक्रममा मंगलबार एमालेकै अर्का प्रदेशसभा सदस्यले पनि मुख्यमन्त्री शंकर पोखरेलको साथ छोडेका छन्। उनकै गृह जिल्ला दाङबाट प्रदेशसभामा निर्वाचित अमरबहादुर डाँगीले मुख्यमन्त्रीको साथ छोडेका हुन्। डाँगीले कांग्रेस, माओवादी केन्द्र, जसपा र राजमोको गठबन्धनमा लागेर मुख्यमन्त्री पोखरेललाई असहयोग गर्ने निर्णयमा पुगेको माओवादी केन्द्रका एक सांसदले जानकारी दिए।

    डाँगीले बिपक्षी गठवन्धनसंग मुख्यमन्त्रीविरुद्ध जाने सहमति गरिसकेको ति सांसदले जानकारी दिए। माधवकुमार नेपाल-झलनाथ खनाल समूहका डाँगी पहिलेदेखिनै शंकर पोखरेलका आलोचक नेता हुन्। उनले बेलाबेलामा सार्वजनिक रुपमै मुख्यमन्त्रीको आलोचना गर्दै आईरहेका थिए। यो समाचार नागरिकदैनिकमा छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    बंगलादेशको ढाका अन्तर्राष्ट्रिय विमानस्थलमा आगलागी

    काठमाडौं – बंगलादेशको राजधानी ढाकास्थित हजरत शाहजलाल अन्तर्राष्ट्रिय विमानस्थलको कार्गो खण्डमा शनिबार आगलागी भएकाे छ। बंगलादेशको...

    सात महिना बित्दा न त भिसा आयो

    ‎तेह्रथुम। आठराई गाउँपालिकाकी टीका नाम गरेकी चेलीले आफ्नो परिवारको आर्थिक अवस्था सुधार्ने ठूलो सपना बोकेकी...

    सन्पाटबाट दाम्लो र मुखाडी बनाउँदै रमनपुरका सयौं परिवार व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक १ – मोरङको सुनवर्षी नगरपालिका–५ स्थित रमनपुर गाउँका करिब तीन सयभन्दा...

    आज २०८२ साल कार्तिक १ गतेको राशिफल

    आज कार्तिक १, २०८२ (अक्टोबर १८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...

    ओलीको आरोप : सरकार मलाई थुन्न खोज्दैछ

    काठमाडौं, असोज ३१ – नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले वर्तमान सरकारले आफूलाई पक्राउ गर्ने...