News Portal

प्रदेश सांसद निर्मला क्षेत्री भन्छिन् : प्रहरीले मलाई टिपेर फाले, न्यायका लागि कहाँ जाऊँ ?

हिमालीसंचार संवाददाता
४१७ पटक

बुटवल। लुम्बिनी प्रदेशमा प्रहरी र सांसहरूबीच झडप भएको छ। आइतबार साँझ प्रदेश प्रमुखको कार्यालय परिसरमा सांसद र प्रहरीबीच झडप भएको हो। प्रदेश प्रमुख धर्मनाथ यादव शंकर पोखरेलाई शपथ खुवान मुख्यमन्त्रीको कार्यालयमा जाने तयारी गरेपछि विपक्षी नेपाली कांग्रेस र माओवादी केन्द्रका सांसदहरूले विरोध गरेका थिए।

त्यसपछि प्रहरीले सांसदहरूमाथि धरपकड गरेपछि केहीबेर झडप भएको थियो। नेपाली कांग्रेसकी प्रदेश सभा सदस्य निर्मला क्षेत्रीले आफूहरूमाथि धरपकड गरेर प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरीले अनैतिक काम गरेको बताइन्। उनले आफूमाथि प्रहरीले दुर्व्यवहार गरेको समेत आरोप लगाइन्।

“प्रदेश प्रमुख बाहिर जाने बेलामा महिला प्रहरी पठाउनुस् भन्दाभन्दै पहिले डीआईजी आएर ममाथि आक्रमण गर्नुभयो। त्यसपछि सबै प्रहरी आएर टिपेर फालियो। न्यायका लागि कहाँ जानुपर्छ हामी मानीयहरू एक ठाउँमा छौ हामीमाथि अमर्यादित क्रियाकलाप भएको छ। प्रदेश प्रमुख, मुख्यमन्त्री र प्रहरीले अनैतिक काम गरेका छन्। आज ममाथि पनि ठूलो प्रहार भएको छ,” उनले भनिन्।

त्यसक्रममा सांसदहरूले ‘संविधानको रक्षा गर’, ‘बहुमतको कदर गर’ लगायतका नारा लगाएका थिए। उनीहरूले प्रदेश प्रमुख, मुख्यमन्त्री पोखरेल र प्रहरीविरुद्ध पनि नाराबाजी गरेका थिए। सांसदहरूले नाराबाजीका बाबजुद प्रदेश प्रमुख यादवले मुख्यमन्त्री कै कार्यालयमा गएर पोखरेललाई शपथ खुवाएका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १३ गतेको राशिफल

आज पुष १३, २०८२ (डिसेम्बर २८, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...