News Portal

मुख्यमन्त्रीको नियुक्ति शपथ रोक्न चार दलको धर्ना 

हिमालीसंचार संवाददाता
३५६ पटक

बुटवल — नेकपा एमाले नेता शंकर पोखरेललाई लुम्बिनी प्रदेशको मुख्यमन्त्री नियुक्त गरेको विरोधमा नेपाली कांग्रेस, माओवादी, जसपा र राजमोसहितको गठबन्धले प्रदेश प्रमुखको कार्यालय परिसरमा धर्ना दिएको छ ।

बहुमतबिना एमाले संसदीय दलका नेता पोखरेललाई नियुक्त गरिएको भन्दै उनको शपथ रोक्ने मागसहित ती दलका सांसदहरु धर्नामा बसेका हुन् । कांग्रेस प्रमुख सचेतक फकरुदीन खानले सत्ता र शक्तिको दुरुपयोग गरी एकतर्फी मुख्यमन्त्रीको नियुक्ति गरेकाले नियुक्ति बदर र शपथ रोक्न धर्नामा बसेको बताए ।

लुम्बिनी प्रदेश सभाका चार विपक्षी दलले आइतबार दिउँसो एक बजे बहुमत प्रदेशसभा सदस्य आफूमा रहेको मौखिक जानकारी गराउँदै ४ बजेसम्म लिखित हस्ताक्षर लिएर आउने बताएका थिए । दिउँसो ४ बजे ४२ जना सांसदको हस्ताक्षर लिएर गठबन्दन पुग्दा प्रदेश प्रमुखले एमाले नेता शंकर पोखरेललाई पुनः मुख्यमन्त्री नियुक्त गरेका थिए ।

मुख्यमन्त्रीको राजीनामापछि एमाले संसदीय दलका नेता पोखरेलले संविधानको धारा १६८ को १ बमोजिम बहुमतको एकल सरकार बनाउन बहुमत सदस्यको हस्ताक्षरसहितको निवेदन पेस गरेका थिए । सोही निवेदनका आधारमा प्रदेश प्रमुख धर्मनाथ यादवले मुख्यमन्त्री नियुक्त गरेका थिए ।

कांग्रेस माओवादी गठबन्धनले भने एमालेमा ४१ सदस्य नरहेकाले संविधानको धारा १६८ को १ बमोजिम सरकार गठन हुन नसक्ने भएकाले मुख्यमन्त्रीको नियुक्ति संविधान विपरीत भएको दाबी गरेको छ ।

 

नेकपाबाट चुनाव लडेकी तर एमालेमा संलग्न भनिएकी विमला कुमारी खत्रीले आफूले माओवादी रोजेको बताएकी छन् । उनी दाङको निर्वाचन क्षेत्र ३ को ख की सदस्य थिइन् । यस्तै कपिलवस्तुको २ (१) का दृगनारायण पाण्डेले प्रदेश सभा सदस्यबाट राजीनामा दिएका छन् । यस्तै स्वतन्त्रबाट उम्मेदवार बनेका धर्मलालप्रसाद श्रीवास्तव र अजय शाहीले माओवादी गठबन्धनलाई सघाउने बताइसकेको गठबन्धनको दाबी छ ।

 

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...