News Portal

नेकपाका नेता माइला लामा धरौटीमा छुटे

हिमालीसंचार संवाददाता
४९७ पटक

काठमाडौं – नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टीका नेता माइला लामा जेलबाट रिहा भएका छन्। संखुवासभा कारागारमा रहेका लामा बिहिबार जेलबाट छुटेका हुन्। अदालतले मागेको २५ हजार धरौटी तिरेर बिहिबार उनी छुटेका हुन्।

भारतीय लगानीको विरोध गरेको र अपर तामाकोशी विद्युत् आयोजनामा विष्फोट गरेको मुद्दामा जिल्ला अदालत संखुवासभाले उनलाई २५ हजार धरौटी मागेको थियो। धरौटी नबुझाएर उनि जेलमा बसेका थिए। सरकार र विप्लव नेतृत्वको नेकपाको बीचमा जेलमा रहेका नेताकार्यकर्ता रिहा गर्ने सहमति भएको थियो।

तर, पार्टीले नै धरौटी तिरेर लामालाई रिहा गराएको उनको मुद्दामा बहस गरेका अधिवक्ता एकराज भण्डारीले बताए। माइला विप्लव समूहको अखिल नेपाल जनसांस्कृतिक महासंघका केन्द्रिय अध्यक्ष हुन्।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...