News Portal

  • जसपामा विवाद : उपेन्द्र-बाबुरामको प्रस्ताव महन्थद्वारा अस्वीकार

    हिमालीसंचार संवाददाता
    ३१९ पटक

    काठमाण्डौ – जनता समाजवादी पार्टी (जसपा) भित्र बैठक विषयलाई लिएर विवाद भएको छ । पार्टी केन्द्रीय कार्यालय बालकुमारीमा मंगलबार बसेको शीर्षनेताका बैठकबीच ‘कार्यकारी समिति बैठक बस्ने’ विषयमा सहमति नहुँदा विवाद बढेको हो ।

    जसपा संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराई र अध्यक्ष उपेन्द्र यादवले पार्टी कार्यकारिणी समिति बैठक बस्नुपर्ने गरेको प्रस्ताव अर्का अध्यक्ष महन्थ ठाकुर र वरिष्ठ नेता राजेन्द्र महतो अस्वीकार गरेका छन् ।

    स्रोतका अनुसार शीर्षनेता बैठकमा कार्यकारिणी समिति छिटोभन्दा छिटो बस्नुपर्ने प्रस्ताव भट्टराई र यादवले गरेका थिए । तर, ठाकुर र महतोले एकै स्वरमा अहिलेको अवस्थामा बैठक बस्ने सम्भावना नभएको जवाफ दिइ बैठक बस्न अस्वीकार गरेका हुन। 

    ‘कार्यकारिणी समिति बैठक छिटोभन्दा छिटो बसेर पछिल्लो राजनीतिक अवस्थाबारे छलफल गरौं भन्ने प्रस्ताव बाबुराम र उपेन्द्रजीबाट आयो,’ स्रोतले राजधानीस“ग भन्यो, ‘तर, उहाँहरूको प्रस्ताव महन्थ र राजेन्द्रजीले अस्वीकार गर्नुभयो । अहिले कोरोना महामारी र लकडाउन भएकाले बैठक बस्ने सहज वातावरण नै छैन । सहज भएपछि बैठक बस्नेबारे छलफल गरौं ।’

    बैठकमा डा. भट्टराई, ठाकुर, यादव, महतोका साथै वरिष्ठ नेता अशोक राई र राजेन्द्र श्रेष्ठ सहभागी थिए । शीर्षनेता बैठक औपचारिकता नै नपाउँदै टुंगिएको छ। अहिले ‘पछिल्लो राजनीतिक अवस्थाबारे छलफल होला भन्ने विश्वास भए पनि नेताबीचको विवादका कारण बैठक ५ मिनेटमै सकेको स्रोतले बतायो ।

    सरकार निर्माण विषयमा दौडधुप भइरहेका बेला त्यसबारे समेत निर्णय गर्नुपर्ने बेला बैठक नै नबस्ने अवस्थाले पार्टी अनिर्णयको बन्दी बन्दै गइरहेको छ । यसअघि, तोकिएको कार्यकारिणी समिति बैठक बस्दै नबसी स्थगित भएको थियो ।

    जसपा कार्यकारिणी समिति सदस्य मनीष सुमनले पार्टी कार्यालयमा शीर्षनेताबीच अनौपचारिक कुराकानी मात्रै भएको बताए । उनका अनुसार पछिल्लो राजनीतिक अवस्थाबारे छलफल हुनुपर्ने भए पनि कोरोना तथा लकडाउनका कारण ‘कसरी अगाडि बढ्ने विषयमा समान्य छलफल मात्रै भएको छ ।

    स्रोतका अनुसार ठाकुर र महतो समूहले प्रधानमन्त्री केपी शर्मा ओली नेतृत्वको सरकारमा सहभागी हुनुपर्ने पक्षमा छन् । तर, डा. भट्टराई, यादव, राई समूह ओली सरकारमा सहभागी नहुने अडानमा छन् ।

    सत्ता समीकरण विषयलाई लिएर दुई धु्रवमा विभाजित जसपा भट्टराई, यादव र राई समूहले ओली नेतृत्वको सरकार संग कुनै पनि हालतमा सहकार्य नगर्ने पक्षमा रहेका छन् ।

    प्रमुख प्रतिपक्षी नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्रसंग मिलेर ओली सरकारविरुद्ध अविश्वास ल्याएर वैकल्पिक सरकार गठन गर्नुपर्ने पक्षमा यो समूह रहेको छ । तर, ठाकुर र महतो समूहले मधेस मुद्दा ओली सरकारले सम्बोधन गरिरहेकाले समर्थन गर्नुपर्ने अडानमा छन् ।

    ओली सरकारलाई नै समर्थन गरेर सरकारमा सहभागी हुनुपर्ने ठाकुर र महतो समूहको अडानका कारण भट्टराई, यादव र राई समूहको माग अस्वीकृत हुदै आएको छ ।

    ‘सत्ता समीकरणको खेलमा जसपा लाग्दैन, ओली सरकारविरुद्ध अहिलेसम्म अविश्वास प्रस्ताव ल्याउने निर्णय कांग्रेस, माओवादी केन्द्रले गरेकै छैनन्,’ स्रोतले भन्यो, ‘अर्कोतर्फ अविश्वास प्रस्तावपछि कसको नेतृत्वमा सरकार बनाउने भन्ने विषयसमेत टुंगो लागेको छैन ।’ यो समाचार आजकोराजधानी दैनिकमा छ

    प्रतिकृया दिनुहोस्

    गृहमन्त्रीलाई कांग्रेसको चुनौती- उपसभापति र महामन्त्रीमाथि लगाएको आरोप प्रमाणित गर्नुस्

    काठमाण्डौ। प्रमुख प्रतिपक्षी दल कांग्रेसका सांसद बद्रीप्रसाद पाण्डेले संसदीय छानबिन समितिको मागबाट आफ्नो पार्टी पछि...

    झुठ बोल्नको लागि पनि कला चाहिन्छ

    लामो समय अबरोध भएको संसद हिजो सांझबाट खुल्ने हो की ? भन्ने संकेत देखिएको छ।...

    गगन थापालाई गिरफ्तार नगरे गृहमन्त्री देशद्रोहीको मतियार ठहरिन्छन् : भीम रावल

    काठमाडौं। नेकपा एमालेका नेता एवं पूर्व गृहमन्त्री डा. भीम रावलले नेपाली कांग्रेसका महामन्त्री गगन थापालाई...

    नेपालको आर्थिक विकासमा प्रवासी नेपालीको भूमिकाको खोजी ?

    जेठ-७, सोमबार/अबुधाबी – नेपालको अन्तर्राष्ट्रिय व्यापार प्रवर्द्धन, पर्यटन विकास र लगानी भित्याउने  सन्दर्भमा युएईमा कार्यरत...

    सभामुखले चलाए प्रतिपक्षी सांसदको नाराबाजीबीच संसद् बैठक

    काठमाडौं। प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसदको नाराबाजीबीच सभामुख देवराज घिमिरेले प्रतिनिधि सभाको बैठक अघि...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal