News Portal

ओली नेतृत्वको सरकारलाई साथ दिने ठाकुर समूहको निष्कर्ष

हिमालीसंचार संवाददाता
३५३ पटक

काठमाण्डौ – जनता समाजवादी पार्टी जसपाका अध्यक्ष महन्थ ठाकुर समूहले नेकपा एमाले अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारलाई साथ दिने निष्कर्षमा पुगेका छन् । जसपाले राखेका मागलगायत विषयमा मंगलबार प्रधानमन्त्री ओलीसँग भएको छलफलपछि ठाकुर यस्तो निष्कर्षमा पुगेको उनी निकट नेताहरुको दाबी छ ।

जसपाका अर्का अध्यक्ष उपेन्द्र यादवलगायतको समूह भने कुनै पनि अवस्थामा ओली नेतृत्वको सरकारलाई साथ दिन नहुने पूर्ववत् अडानमा अझै कायम नै छन् । अध्यक्ष ठाकुरले मंगलबार प्रधानमन्त्री अ‍ोलीसँग करिब ३ घण्टा लामो छलफल गरेका थिए । भेटमा जसपाका नेता सर्वेन्द्रनाथ शुक्ल र लक्ष्मणलाल कर्ण पनि सहभागी थिए । उनीहरु जसपा–सरकार संयुक्त कार्यदलका सदस्य पनि हुन् ।

प्रधानमन्त्रीसँगको भेटमा जसपाले राखेका मागसम्बन्धमा बुँदागत छलफल भएको नेताहरुले बताएका छन् । जसपाका पाँच वटै माग पूरा गर्न प्रधानमन्त्रीले प्रतिबद्धता जनाएको र केही माग पूरा गर्न प्रक्रियासमेत अघि बढाएको ठाकुर निकट नेता डा. सुरेन्द्र झाले बताए ।

सरकारले माग पूरा गर्न प्रक्रिया अघि बढाइरहेका बेला जसपा सरकार विरोधी गठबन्धनमा नलाग्ने सहमति भएको जानकारी उनले दिए । आजको नागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...

जिमेल युजरनेम बदल्न सकिने सुविधा गुगलले ल्याउने

काठमाडौं, पुष ११ – गुगलले आफ्नो प्रयोगकर्तालाई अब पुरानो जिमेल एड्रेस परिवर्तन गर्ने सुविधा दिने...