News Portal

  • मकाउबाट नयाँ बर्षको अवसरमा ताप्लेजुङ स्थित वालमन्दिरका वालवालिकाहरुलाई जुता सहयोग (भिडियो सहित)

    “समाजसेवी गीता मगर शेर्पाको पहलमा बालवालिकालाई जुता सहयोग गरेकी हुन”

    हिमालीसंचार संवाददाता
    ११४८ पटक

    मकाउ  वैदेशिक रोजगारीको सिलसिलामा मकाउ पुगेका नेपाली समुदायले नेपाली संस्कार, संस्कृति र चाडहरु विभिन्न कार्यक्रमको आयोजना गर्दै मनाउदै आइरहेका छन्। तर यो बर्ष नेपाली नयाँ बर्ष मनाउन भेला भएका नेपाली समुदायले ताप्लेजुङ जिल्लाको फुङलिङ-४ स्थित रहेको बाल मन्दिर आधारभूत विधालयका बालबालिकाहरुलाई ३५ जोर जुता सहयोग गरेका छन्।

    युवा समाजसेवी गिता मगर शेर्पाको विशेष पहलमा आयोजित नयाँ बर्ष २०७८ विशेष कार्यक्रममा “ङवाङग्ल्जे शेर्पा, मंगल राई, लिल बहादुर गुरुङ ( गोरे गुरुङ), ग्याबो शेर्पा, दावा पासाङ शेर्पा, त्रिपक मगर, भिम गुरुङ, शान्ति अधिकारी, राम कार्की, कुमारी लिम्बु, राजी शाह भट्ट, इश्वर भट्ट, अमृत प्रजापति, रविन महर्जन, पासनेरी शेर्पा ममता, सुनिल काफ्ले, भाग्य, निरज मगर, चिन्ता सिरिस, तिर्थमान गुरुङ, बबिता गुरुङ, पुजा मगर, देवि पुन, सुमन पुन, सपना भुजेल, बुद्धि गुरुङ, सिमा लिम्बु, मनिष बस्नेत, माया गुरुङ, रितेस गुरुङ, सन्जिब कोयी, रुसतम श्रेष्ठ, अनिल कोइराला, बाबु शेर्पा हिसिला, विकाश मगर, छिरिङ लामा वालुङ, गिता मगर शेर्पा र भिम शेर्पा लागायदको टोलीको आर्थिक सहयोगमा ताप्लेजुङको बाल मन्दिर आधारभूत विधालयलका बालबालिकाहरुलाई ३५ जोर जुता सहयोग गरेर नया बर्ष मनाएका हुन्।

    समाजसेवी गीता मगर शेर्पाले मकाउमा रहेका नेपालीहरु संग मिलेर विभिन्न क्षेत्रमा समाजसेवा गर्दै आएकी छिन। उनले साथी-भाइ संगको भेटधाट कार्यक्रम, सामूहिक जन्मोत्सव र बार्षिकत्सव लगायदका विशेष कार्यक्रम आयोजना समेत गर्दै आएकी छिन। यस्ता कार्यक्रमले गर्दा आत्मीयता, आपसी सद्भाव र मित्रवत् सम्बन्ध प्रधाट हुनुका साथै विदेशमा पनी स्वदेशमा झै रमाईलो अनुभूति हुने सहभागीहरुको अनुभव रहेको छ। 

    गत १८ अप्रिल २०२१ आइतवार हिमालयन हाउस ताईपामा गीता मगर शेर्पाकै पहलमा एक सामूहिक जन्मोत्सव कार्यक्रम आयोजना गरिएको थियो। जसमा मकाउका सफल युवा व्यावसायी रुसथुम श्रेष्ठ लगायद अन्य आधी दर्जन युवाहरुको जन्मोत्सव कार्यक्रम रहेको थियो।  

    (फोटो फिचर)

    जन्मोत्सव कार्यक्रमको भिडियो यहाँ हेर्नुस्

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    फेसबुक, ट्वीटर, युट्युबसहित २६ सामाजिक सञ्जाल बन्द गर्ने सरकारको निर्णय

    काठमाडौं, १९ भदौ – सरकारले फेसबुक, ट्वीटर (एक्स), युट्युब लगायत २६ वटा सामाजिक सञ्जालमा प्रतिबन्ध...

    शान्त छिमेकका लागि प्रहरीको सिफारिस: सिट्ठी र फ्लस गर्दा आवाज कम गर्नुहोस्

    काठमाडौँ, भदौ १९ – काठमाडौँ उपत्यकामा ध्वनि प्रदूषण नियन्त्रण गर्न प्रहरीले आम नागरिकसँग विशेष अनुरोध...

    नेपाली र भूटानी नागरिकका लागि भारत प्रवेशमा सहजता

    काठमाडौं, भदौ १९ – भारत सरकारले २ सेप्टेम्बर २०८२ देखि लागू गरेको नयाँ इमिग्रेसन नियमअनुसार...

    रामहरि खतिवडालाई कांग्रेसको सभापति प्रस्ताव

    काठमाडौं, भदौ १९ – नेपाली कांग्रेसले संसदीय सुनुवाइ (संयुक्त) समितिको सभापतिमा रामहरि खतिवडालाई अघि सार्ने निर्णय...

    मन्त्री यादव : “धम्की दिने महिलाप्रति कुनै पूर्वाग्रह छैन”

    काठमाडौं, भदौ १९ – खानेपानी तथा सरसफाइ मन्त्री प्रदीप यादवले आफूलाई ज्यान मार्ने धम्की दिएको...