News Portal

एनआरएनए अध्यक्ष भण्डारीले जापानमा मान्छेको मरणखर्च उठाएर खाएपछि…

हिमालीसंचार संवाददाता
४०५ पटक

टोकियो – क्यानाडा र पोर्चुगलपछि नेपालीले नेपाली ठगेको अर्को खबर जापानबाट आएको छ। त्यहाँको एनआरएनएका अध्यक्ष देवीलाल भण्डारीले सडक दुर्घटनामा परी दिवङ्गत एक नेपालीको बीमा रकम हिनामिना गरेको नेपालस्थित मृतकका परिवारले गुनासो गरेका छन्। मृतकका दाइ मोहन जिसीले अनेक बहाना झिकेर अध्यक्ष भण्डारीले बीमा रकममा हस्तक्षेप गरेको बताए।

अध्यक्ष भण्डारीले बीमा कम्पनीबाट पहिलो लट प्राप्त रकमबाट हाकाहाकी १३ लाख लगेको र दोस्रो चरणको रकमबारे शंकास्पद गतिविधि गरेको पीडित परिवारले बताएको छ। पहिलो चरणमा प्राप्त १ करोड ८४ लाख ६१ हजार २ सय ८९ रुपैयाँ मृतकका बुबाको बैंक खातामा ट्रान्सफर गरेकोमा भण्डारीले १३ लाख लागेको जिसीको भनाइ छ।

‘पहिलो चरणमा बीमा रकमबाट आएको १ करोड ८४ लाख ६१ हजार २ सय ८९ उहाँ (भण्डारी)ले बुवा कुलबहादुर घर्तिको राष्ट्रिय बाणिज्य बैंकमा ट्रान्सफर गरिदिनुभएको हो। त्यसको बैंक स्टेटमेन्ट मैसँग छ। पछि उहाँले यताउता जाँदा मेरो खर्च भएको छ भनेर १३ लाख लैजानुभयो’, जिसीले भने।

बीमा कम्पनीबाट दोश्रो चरणमा पनि पैसा आउँछ भन्दै भण्डारीले झुलाएको जिसीको गुनासो थियो। ‘वकिल लगाएर केस हालेका छौं भनेर देवीलालज्यूले भन्नुभएको हो। पैसा आउने नआउने थाहा छैन। आएर पनि हामीलाई थाहा नदिनु भएको पो हो कि ?’, शंकामिश्रित अनभिज्ञता जनाउँदै उनले भने। अहिलेसम्म पाएको रकम र खर्चको लिखित हरहिसाब माग्दा भण्डारीले बेवास्ता गरेपछि आफूहरुलाई शंका लागेको जिसीले बताए।

गत चैत्र १६ गते अध्यक्ष भण्डारी नेपाल आएका बेला दोस्रो चरणको बीमा रकमको अवस्था र हालसम्मको हरहिसाब माग्दा भण्डारीले आनाकानी गरेको जिसीको भनाइ छ। ‘पहिलो चरणमा कति पैसा आएको हो र भाइको शव नेपाल ल्याउँदा र वकिल खर्च कति भएको हो भनेर हिसाब मागेकोमा भण्डारीले दिनुभएन’, उनले गुनासो गर्दै भने।

जिसीका अनुसार भण्डारीले मौखिक हिसाब दिएपनि कागजपत्र देखाएका छैनन्। पहिलो चरणमा बीमा रकम दुई करोड २० लाख आएकोमा वकिल खर्च र शव नेपाल ल्याउँदा ३५ लाख ३८ हजार सात सय ११ रुपैयाँ खर्च भएको भन्ने मौखिक जानकारी दिएको तर त्यसको लिखत कागजपत्र माग्दा भण्डारी उम्किन खोजेको उनको गुनासो छ।

पहिलो र दोस्रो चरणमा बीमा रकम पाइने बताएका भण्डारीले अहिले नपाउने बताउन थालेपछि पीडित परिवारले आशंका गरेको हो। सबै हिसाब केश टुंगिएपछि दिने भनेर उहाँ पन्छिन थाल्नुभएको छ। पहिला पनि १३ लाख माग्नुभयो। खर्चको हिसाब देखाउनु भएन, त्यसैले हामीलाई शंका लागेको हो’,जिसीले आक्रोश पोखे।

खर्चको हरहिसाब दिन आनाकानी गर्ने अध्यक्ष भण्डारीको व्यवहारले पीडित परिवार सशंकित छ। बीमाबापत ठूलो रकम हात पारेर भण्डारीले आफूहरुलाई केही अंश मात्र दिएको हुनसक्ने जिसीको आशंका छ। भण्डारीले बीमा रकमबापत २ करोड २० लाख मात्र नभई जापानीज यन ४ हजार २ सय १४ मान लिएको जापानमा रहेका साथीहरुबाट सुन्नमा आएको जिसीले बताए।

भण्डारीको बैंक खातामा के कति जम्मा भएको हो त्यसको बास्तविक सत्यतथ्य बुझ्न भन्दै जिसीले एनआरएन जापानको छानविन समितिमा निवेदन पनि दिएका छन्। निवेदनमा उनले बास्तविक तथ्य बाहिर ल्याउन माग गरेका छन्।

हृदयेशको सन् २०१७ जुलाई २३ तारिखका दिन जापानको गुन्मा केन ओइजुमीमाचि साकाता भन्ने ठाउँमा गाडीको ठक्करबाट मृत्यु भएको थियो। मृत्युको खबर पाए पनि जापान जान असम्भव भएपछि परिवारले तत्कालीन एनआरएनएका बरिष्ठ उपाध्यक्ष र हालका अध्यक्ष भण्डारीलाई बीमा कम्पनीबाट रकम असुल गर्न र शव नेपाल ल्याउनका लागि विश्वास गरेर मन्जुरीनामा दिएको थियो। – जनआस्थाबाट

प्रतिकृया दिनुहोस्

कुवेतमा श्रमिकमाथि अन्याय बढ्दो, दलाल र तस्करमाथि कारबाहीको माग

कुवेत – लगायत खाडी मुलुकमा कार्यरत नेपाली श्रमिकमाथि हुने अन्याय, शोषण र धम्कीका घटनाप्रति गम्भीर...

खेतभरि मकै, किसानको अनुहारमा चिन्ता

रबिन्द्र बराल- मोरङका सीमावर्ती क्षेत्रका किसानहरू पछिल्लो समय मकै खेतीतर्फ आकर्षित हुन थालेका छन्। रङ्गेली,...

राजनीतिक असन्तुलन, सत्ता मोह र बदलिँदो चरित्रप्रति जनस्तरमा बढ्दो असन्तुष्टि

काठमाडौं– पछिल्लो राजनीतिक घटनाक्रमसँगै सत्ता, शक्ति र नेतृत्वको चरित्रमाथि जनस्तरमा तीव्र प्रश्न उठ्न थालेका छन्।...

वैदेशिक रोजगारी कि मानव बेचबिखन? शर्मिला दर्जी प्रकरणले राज्य संयन्त्रको कमजोरी उजागर

काठमाडौं – कुवेतमा नेपाली महिला शर्मिला दर्जी मानव तस्करीको सञ्जालमा परेको आशंकासँगै उनको उद्धार र...

रङ्गेली बचतद्वारा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न

मोरङ – रङ्गेली नगरपालिका वडा नं. ७ मा रहेको रङ्गेली बचत तथा ऋण सहकारी संस्थाले...