News Portal

  • कर्णालीमा विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न माओवादी केन्द्रको अपिल

    हिमालीसंचार संवाददाता
    २५७ पटक

    सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेसँगै नेकपा माओवादी केन्द्रले विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न अपिल गरेको छ।

    नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक सीता कुमारी नेपालीले बिहीबार एक अपिल जारी गर्दै आफ्नो दलले प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय गरेको जानकारी समेत गराएकी छन्। कर्णाली प्रदेश सभाको बैठक बैशाख ३ गते बस्दैछ।

    ‘कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्युको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सवै राजनीतिक दल र सम्वद्ध माननीय सदस्यज्युहरुमा हार्दिक अपिल गर्दछु’ नेपालीले जारी गरेको अपीलमा भनिएको छ।

    नेपालीले एमालेले चालेको कदमले कर्णालीको विकास र समृद्धिको जन अपेक्षामा कुठाराघात हुने समेत दाबी गरेकी छन्। संसदमा व्यक्त सार्वजनिक प्रतिबद्धता विपरित केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा एमालेद्वारा हाम्रो दल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ’ उनले भनेकी छन्, ‘जुन कदमले जन अपेक्षामा कुठाराघात हुने निश्चित छ।

    अपिलमा भनिएको छ, ‘सबै क्षेत्रले पछि परेको कर्णालीको विकास र समृद्धिको पक्षमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरु एकताबद्ध रही आएको तथ्य स्पष्ट छ। विकास र समृद्धिको कुरामा कोही पनि पक्ष विपक्षमा विभाजित नहुने प्रतिवद्धता प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सम्बद्ध सबै सांसदले पटकपटक गर्दै आएका र्छाैँ।

    साथै उनले प्रदेश सरकार सुरुवात देखिनै कर्णालीवासीको भावना बमोजिम तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यमा इमान्दारीताका साथ लागिरहेको कुरा जानकारी गराएकी छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    काठमाडौँमा मेलम्चीको पानी आपूर्ति रोकियो

    काठमाडौँ, कात्तिक २१ – काठमाडौँमा मेलम्ची खानेपानीको आपूर्ति बिहीबारदेखि पूर्ण रूपमा रोकिएको छ। भेण्डर, बाढी...

    सभामुख गाडीविहीन, राप्रपा सांसदले फिर्ता गरेको गाडी फेरि लिए

    पोखरा, कात्तिक २१ – जेनजी आन्दोलनपछि राजीनामाको घोषणासँगै संसद सचिवालयमा फिर्ता गरिएको गाडी फेरि राप्रपा गण्डकीका...

    “माथिल्लो कमाण्डको आदेशमै सबै काम भएको हो” — डीएसपी तिवारी

    काठमाडौं, कात्तिक २१ – भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनका क्रममा संसद भवन परिसरमा...

    विप्लव, जनार्दन र घनश्यामबीच नयाँ राजनीतिक सहकार्यको संकेत, संयुक्त विज्ञप्ति आउँदै

    काठमाडौं, कात्तिक २१ – देशको राजनीतिक अनिश्चितता अन्त्य गर्ने उद्देश्यसहित माओवादी नेता नेत्रविक्रम चन्द ‘विप्लव’, पूर्वमन्त्री...

    आज २०८२ साल कार्तिक २१ गतेको राशिफल

    आज कार्तिक २१, २०८२ (नोभेम्बर ७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष राशि...