News Portal

कर्णालीमा विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न माओवादी केन्द्रको अपिल

हिमालीसंचार संवाददाता
३०९ पटक

सुर्खेत – कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्र शाहीलाई नेकपा एमालेले दिएको समर्थन फिर्ता लिएपछि शाही नेतृत्वको सरकार संकटमा परेसँगै नेकपा माओवादी केन्द्रले विश्वासको मतको प्रस्तावका पक्षमा मतदान गर्न अपिल गरेको छ।

नेकपा माओवादी केन्द्र कर्णाली प्रदेशका प्रमुख सचेतक सीता कुमारी नेपालीले बिहीबार एक अपिल जारी गर्दै आफ्नो दलले प्रदेश सभाबाट विश्वासको मत लिने निर्णय गरेको जानकारी समेत गराएकी छन्। कर्णाली प्रदेश सभाको बैठक बैशाख ३ गते बस्दैछ।

‘कर्णाली प्रदेश सभाको सातौं अधिवेशनको पहिलो बैठकमा प्रस्तुत हुने माननीय मुख्यमन्त्रीज्युको विश्वासको मतको प्रस्तावको पक्षमा मतदान गर्नुहुन कर्णाली प्रदेश सभामा प्रतिनिधित्व गर्नुहुने सवै राजनीतिक दल र सम्वद्ध माननीय सदस्यज्युहरुमा हार्दिक अपिल गर्दछु’ नेपालीले जारी गरेको अपीलमा भनिएको छ।

नेपालीले एमालेले चालेको कदमले कर्णालीको विकास र समृद्धिको जन अपेक्षामा कुठाराघात हुने समेत दाबी गरेकी छन्। संसदमा व्यक्त सार्वजनिक प्रतिबद्धता विपरित केही व्यक्तिको सत्ता स्वार्थका कारण सरकारको साझेदार दल नेकपा एमालेद्वारा हाम्रो दल नेतृत्वको प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिइएको छ’ उनले भनेकी छन्, ‘जुन कदमले जन अपेक्षामा कुठाराघात हुने निश्चित छ।

अपिलमा भनिएको छ, ‘सबै क्षेत्रले पछि परेको कर्णालीको विकास र समृद्धिको पक्षमा प्रदेश सभामा प्रतिनिधित्व गर्ने सबै सांसदहरु एकताबद्ध रही आएको तथ्य स्पष्ट छ। विकास र समृद्धिको कुरामा कोही पनि पक्ष विपक्षमा विभाजित नहुने प्रतिवद्धता प्रदेशसभामा प्रतिनिधित्व गर्ने सबै राजनीतिक दल र सम्बद्ध सबै सांसदले पटकपटक गर्दै आएका र्छाैँ।

साथै उनले प्रदेश सरकार सुरुवात देखिनै कर्णालीवासीको भावना बमोजिम तीव्र विकास र आर्थिक समृद्धि हासिल गर्ने उद्देश्यमा इमान्दारीताका साथ लागिरहेको कुरा जानकारी गराएकी छन्।

प्रतिकृया दिनुहोस्

रङ्गेलीमा आगलागीबाट तीन घर जलेर नष्ट

रविन्द्र बराल –मोरङको रङ्गेली नगरपालिका–९, फर्साडाँगीस्थित शान्तिटोलमा मंगलबार दिउँसो भएको आगलागीबाट तीन वटा घर जलेर...

आवश्यक परे सवारीमा जोर–बिजोर प्रणाली लागू गर्ने सरकारको तयारी

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको आपूर्तिमा देखिएको समस्या समाधानका लागि सरकारले थप कडाइका उपायहरू...

पेट्रोलियम पदार्थको आयातमा कर छुट : मूल्य नियन्त्रणका लागि सरकारको कदम

काठमाडौं, चैत २४ — पेट्रोलियम पदार्थको बढ्दो मूल्यलाई नियन्त्रणमा राख्ने उद्देश्यले सरकारले आयातमा लाग्ने करमा...

डाटा सकिँदा स्वतः रकम नकट्ने व्यवस्था गर्दै नेपाल टेलिकम

काठमाडौं, चैत २४ – नेपाल टेलिकम ले सेवामा सुधार गर्दै डाटा प्याकेज सकिएपछि स्वतः मोबाइल...

रंगेली मालपोत र नापी कार्यालयमा बिचौलिया निषेध

 रबिन्द्र बराल –  मोरङको रंगेली–७ स्थित मालपोत तथा नापी कार्यालयमा बिचौलियाको प्रवेश पूर्ण रूपमा निषेध...