News Portal

सडक दुर्घटनाले परदेशमै खोसियो सल्यानका छविलालको सपना

हिमालीसंचार संवाददाता
४४२ पटक

अनिल पराजुली

दोहा – घरबाट फर्किएको ६ महिना नबित्दै सल्यानको कपुरकोट गाउँपालिका-४ का छविलाल बुढाले अकल्पनीय घटना सामाना गर्नु पर्‍यो। कम्पनीबाट साँझको काम सकेर क्याम्प जान कतारको समल रोड (१६ नम्बर) मा बाटो काट्ने क्रममा उनी दुर्घटनामा परे।

त्यो नमिठो दिन सम्झँदै उनी भन्छन्, ‘२०१७ नोभेम्बर ७ तारिक मेरा लागि कालो दिन नै सिद्ध भयो। बाटो काट्दै थिएँ, गाडी धेरै स्पिड थियो, गाडीले ठक्कर दियो, मलाई ४८ घण्टासम्म होस नै आएन।’ उनले कतारको हमाद अस्पतालमा एक हप्ता उपचार पश्चात २ महिना कोठामै आराम गरे। दुई महिनाको अवधिमा ४ पटक खुट्टाको शल्यक्रिया गर्नु परेको उनले सुनाए।

इमर्जेन्सी भएकाले लागेको सबै खर्च कतारको सरकारी अस्पताल हमालले नै व्यहोर्‍यो। ५५ सय रियालभन्दा बढी खर्च भएको थियो। उनले अस्पतालबाट डिस्चार्ज हुँदा एक थान वाकर र ह्विल चियर पनि पाए।

अब उनी साङ्ग रहेनन्। ‘सडक दुर्घटनामा परेपछि खुट्टा काट्न पर्‍यो, मेरो जीवन नै अधुरो भयो,’ उनले टेलिफोन संवादमा भने। कृतिम खुट्टामा प्लाष्टिकको कभर भएकाले घाम, पानी र आगोबाट जोगाउन चिकित्सकले सल्लाह दिएको सुनाउँदै उनले कृतिम खट्टा फेर्नुपर्ने मिति नजिकिँदै आएकोले चिन्तित भएको बताए।

उनले २०१८ मा कृतिम खुट्टा हालेका थिए। बैशाखीको सहाराले यताउता गरेर जीवन धानिरहेका उनी अब फेरि कृतिम खुट्टा हाल्न खर्च जुटाउन चाहन्छन्। तर, उनका लागि खर्च जुटाउन सजिलो छैन। कृतिम खुट्टाका लागि करिब १४ हजार ५ सय कतारी रियाल अर्थात करिब ५ लाखभन्दा बढी रुपैयाँ खर्च लाग्ने अनुमान छ।

बुढा सन् २००८ मा कतार छिरेका थिए। हालसम्म ४ पटक बिदामा घर गएर फर्किएका उनी २०१७ देखि कतारमै रहेका छन्। एउटा खुट्टा गुमाएका उनले लकडाउन र कोरोना कहरको सामना गर्नुपर्‍यो। ३ छोरासहित ७ जनाको परिवारको जिम्मेवारी बोकेका छविलाल परदेशबाट फर्किन सकेका छैनन्।

परिवारले स्वदेश र्फकन भन्छन्। तर उनी फर्किन सकेका छैनन्। ‘परिवारले आऊ भनेर भनिरहेको छ, म अशक्त भएँ। अब गएर के गर्नु, खुट्टा फेर्न आर्थिक जोहो पनि गर्न नसक्ने भए, बोझ भएर कसरी जाऊ ?’

दुर्घटना गराउने विरुद्ध कतारको हाइकोटमा मुद्दा लडे पनि हाइकोटले आफूलाई दोषी देखाएको छविलाले बताए। उनले हाइकोटले दोषी देखाएपछि केही क्षितिपूर्ति नपाएको गुनासो गरे। सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाल कतारको अल वाकरास्थित आईटीसीसी (इमपिरियल ट्रेडिङ एण्ड क्न्ट्राक्टिङ) कम्पनीको स्काफोल्डिङ्मा काम गर्थे।

खुट्टा गुमाएपछि छविलाल हाल कम्पनीकै स्टोरमा हल्काफुल्का काम गरिरहेका छन्। उनलाई चिकित्सकले ५ केजीभन्दा माथिको तौल नउठाउन भनेका छन्। परदेशमा उनी अहिले जीवन जीउनकै लागि संघर्ष गरिरहेका छन्।

यसैबीच सडक दुर्घटनामा खुट्टा गुमाएका छविलाललाई एनआरएनए कतारले हृविल चियर प्रदान गरेको छ। गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद कतारले समन्वय गरी हृविलचियर प्रदान गरेको हो। लामो समयदेखि कतारमा कार्यरत बुढालाई त्यहाँको परोपकारी संस्था कतार रेडक्रिसेन्टले उक्त हृविल चियर उपलब्ध गराएको थियोे।

गैरआवासीय नेपाली संघ राष्ट्रिय समन्वय परिषद अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानले छविलालको अफिसियल डकुमेन्ट उपलब्धपछि कृत्रिम खुट्टा जडान गर्ने कार्यमा सहयोग गर्ने बताए। संघ अध्यक्ष मुसलमानले छविलाल जस्ता समस्यामा रहेका अन्य नेपालीलाई पनि गैरआवासीय नेपाली संघ कतारले सहयोग गरिरहेको बताए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...

बिष भन्दा पनि जहरिलो हुन्छ अपमानको ज्वाला

– कमला थापा ०८२ माघ २४ गते। देशको अबस्था दिन प्रतिदिन खस्किँदै गएको छ। राजनीतिक...

सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा अभिभावक दिवस भव्य रूपमा सम्पन्न

धादिङ — गंगाजमुना गाउँपालिका वडा नम्बर ५ स्थित सुन्दर आधारभूत विद्यालयको ३६औँ वार्षिक उत्सव तथा...

आज २०८२ साल माघ २४ गतेको राशिफल

आज माघ २४, २०८२ ( फेब्रुअरी ७, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...