News Portal

गृहमन्त्री थापालाई पनि माओवादी केन्द्रले सांसदबाट हटायो

हिमालीसंचार संवाददाता
४०९ पटक

काठमाडौं – नेकपा माओवादी केन्द्रले गृहमन्त्री रामबहादुर थापा ‘बादल’ राष्ट्रिय सभामा आफ्नो पार्टीको सांसद नरहेको जानकारी गराएको छ। माओवादी केन्द्रले राष्ट्रियसभा सचिवालयालाई शुक्रबार पत्र लेखेर थापालाई दलबाट हटाएको जानकारी गराएको हो।

नेकपा (एमाले) अध्यक्ष केपी शर्मा ओलीले थापालाई २८ फागुनमा केन्द्रीय सदस्यमा मनोनयन गरेका थिए। यसअघि माओवादी केन्द्रले दल त्याग गरेर एमालेमा प्रवेश गरेका कैलाली-४ का लेखराज भट्ट, अर्घाखाँचीका टोपबहादुर रायमाझी, रौतहट-३ का प्रभु साह र कैलाली-३ का गौरीशंकर चौधरीको सांसद पद खारेज गरेको थियो।

तर, प्रधानमन्त्री केपी ओलीले मन्त्री पदमा पुननियुक्तिको सिफारिस गरेपछि उनीहरु मन्त्री बन्दै छन्। राष्ट्रपति विद्याभण्डारीले पुनर्नियुक्त मन्त्रीहरुलाई आजै साँझ शपथग्रहण गराउने कार्यक्रम तय भएको प्रधानमन्त्री निकट स्रोतले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...