News Portal

नेकपा (माओवादी केन्द्रले) सांसद खोसेका चार जना मन्त्रीको पद समेत गुम्यो

हिमालीसंचार संवाददाता
३१२ पटक

काठमाण्डौ – सभामुख अग्नि सापकोटाले नेकपा माओवादी केन्द्रका चार सांसदको पद खोसिएको सूचना प्रतिनिधि सभामा सुनाएसँगै ती सांसदको मन्त्री पद पनि गुमेको छ।

नेकपा माओवादी केन्द्रका सांसदहरू टोपबहादुर रायमाझी, लेखराज भट्ट, प्रभु साह र गौरीशंकर चौधरीले अन्य दलको राजनीतिक गतिविधिमा संलग्न भएको देखिएको भन्दै माओवादी केन्द्रले सांसदबाट हटाएको थियो। 

‘उहाँहरू सांसदबाट हटेसँगै मन्त्री पदबाट पनि हट्नुभयो’, पूर्वसभामुख एवम् प्रतिनिधिसभामा सत्तारूढ नेकपा एमाले संसदीय दलका उपनेता सुवास नेम्वाङले भने, ‘मन्त्री बन्न अब उहाँहरूलाई प्रधानमन्त्रीले संविधानको अर्को धाराबाट नियुक्त गर्नुपर्छ।’

संविधानको धारा ७८ मा संघीय संसदको सदस्य नभएको व्यक्ति मन्त्री हुन सक्ने व्यवस्था छ। तर त्यसरी मन्त्री भएको व्यक्तिले ६ महिनाभित्र प्रतिनिधिसभा वा राष्ट्रियसभामध्ये एकको सदस्यता प्राप्त गर्नुपर्नेछ। उनीहरुले अहिले संविधानको धारा ७६ को उपधारा ९ अनुसार मन्त्री भएका थिए। 

संविधानविद् एवम् नेपाली कांग्रेसका सांसद राधेश्याम अधिकारीले पनि सांसद पद गएका व्यक्तिहरूले मन्त्री कायम रहन पुन: सपथ ग्रहण गर्नुपर्ने बताएका छन् । माओवादी केन्द्रका चार सांसदले सर्वोच्चको फैसलाबाट नेकपा साविकको अवस्थामा फर्किए पनि नेकपा एमालेमै बस्ने निर्णय लिएका थिए।

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...