News Portal

कम्युनिस्टहरुले जनतालाई निराशा मात्रै दिए – काँग्रेस युवा नेता खतिवडा

हिमालीसंचार संवाददाता
३७८ पटक

काठमाडौं – नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले नाता र दाता मिलाउन नजान्दा ‘नेकपा’को करिब दुई तिहाइको सरकार गर्ल्याम गुर्लुम ढल्ने अवस्था आएको बताएका छन्।

राष्ट्रिय मगर संघ प्रदेश नम्बर १ द्वारा शनिबार उदयपुरको गाईघाटमा आयोजित बृहत मगर भेलामा नेता खतिवडाले कम्युनिस्टहरूले जनतालाई निराशा बाहेक केही दिन नसकेको  उनले बताए।

कहिले एमाले, कहिले माओवादी, कहिले नेकपा, कहिले ओकपा त कहिले पुकपाको नाममा फुट्दै आएको कम्युनिस्टहरूले जनतालाई निराशा बाहेक अरु दिन सकेनन्,’ उनले भने।

नेता खतिवडाले यो अवस्थामा काँग्रेसले काँग्रेसको कुरा काट्न छोडेर एक अर्कामा सम्मान र सद्भावको वातावरण सिर्जना गरी कम्युनिस्टविरुद्ध एकजुट हुने समय आएको बताए। उनले आगामी काँग्रेसको १४ औं महाधिवेशनबाट महिला, उत्पीडित, दलित, जनजातिको समान सहभागिता हुनुपर्नेमा खतिवडाले जोड दिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...