News Portal

कम्युनिस्टहरुले जनतालाई निराशा मात्रै दिए – काँग्रेस युवा नेता खतिवडा

हिमालीसंचार संवाददाता
४३४ पटक

काठमाडौं – नेपाली काँग्रेसका युवा नेता रामहरी खतिवडाले नाता र दाता मिलाउन नजान्दा ‘नेकपा’को करिब दुई तिहाइको सरकार गर्ल्याम गुर्लुम ढल्ने अवस्था आएको बताएका छन्।

राष्ट्रिय मगर संघ प्रदेश नम्बर १ द्वारा शनिबार उदयपुरको गाईघाटमा आयोजित बृहत मगर भेलामा नेता खतिवडाले कम्युनिस्टहरूले जनतालाई निराशा बाहेक केही दिन नसकेको  उनले बताए।

कहिले एमाले, कहिले माओवादी, कहिले नेकपा, कहिले ओकपा त कहिले पुकपाको नाममा फुट्दै आएको कम्युनिस्टहरूले जनतालाई निराशा बाहेक अरु दिन सकेनन्,’ उनले भने।

नेता खतिवडाले यो अवस्थामा काँग्रेसले काँग्रेसको कुरा काट्न छोडेर एक अर्कामा सम्मान र सद्भावको वातावरण सिर्जना गरी कम्युनिस्टविरुद्ध एकजुट हुने समय आएको बताए। उनले आगामी काँग्रेसको १४ औं महाधिवेशनबाट महिला, उत्पीडित, दलित, जनजातिको समान सहभागिता हुनुपर्नेमा खतिवडाले जोड दिए।

प्रतिकृया दिनुहोस्

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...

ट्रेलब्रिज निर्माण सम्पन्नपछि स्थानीयमा खुशीको लहर

रबिन्द्र बराल-मोरङको स्थित मिर्चाडाँगी गाउँ जोड्ने रतुवा खोलामाथि निर्माण गरिएको झुलुङ्गे पुल (ट्रेलब्रिज) सम्पन्न भएपछि...