News Portal

नेतालाई फुलमालाले मात्र होइन, प्रश्न र सुझावले समेत स्वागत गरौ युवा नेता रविप्रकाश राई(भिडियो सहित)

हिमालीसंचार
६०९ पटक

खोटाङ-नेपाली काङ्ग्रेसका युवा नेता रविप्रकाश राईले नेताहरु जिल्ला आउदै गर्दा फुलमालाले मात्र नभई प्रश्न र सकारात्मक आलोचना संगै सुझावले समेत स्वागत गर्नुपर्ने बताएका छन। नेपाली काङ्ग्रेसको भातृ संगठन नेपाल किरात राई संघ, धनकुटा जिल्ला समिती घोषणा कार्यक्रममा बोल्दै नेता राईले सो बताएका हुन। देशको समसामयिक विषयमा, आन्तरिक संगठनको विषयमा, पार्टीको विचार निर्माण र कार्यान्वयनका सन्दर्भमा जिल्ला तहका नेताले यदी प्रश्न गर्ने हो भने पार्टीको नीति निर्माणका तहमा भएका नेताहरुबाट गल्ती हुन नसक्ने युवा नेता राईले जिकिर गरे।

तपाईहरुका प्रश्न र सुझावले नेतृत्वलाई सच्चिनका लागि उत्प्रेरित गर्ने भएका कारण आलोचनात्मक चेतको विकास गर्नु आवश्यक रहेको नेता राईले बताए। साथै नेता राईले नेपालमा कम्युनिष्टहरु पुर्ण रुपमा असफल भएको बताएका छन। काङ्ग्रेसकै विचारधारामा निर्मित राज्यसत्ता चलाउन काङ्ग्रेसले नै नेतृत्व गर्नुपर्ने कुरा कम्युनिष्ट सरकारको असफलताले प्रमाणित गरिसकेको समेत नेता राईले बताए। किरात राई संघ, धनकुटा जिल्ला समिती गठनको विशेष अवसर पारेर युवा नेता राईले सम्पुर्ण किरात राईहरु संगठित भएर जनजाती र विकासका मुद्धामा काम गर्नुपर्ने बताएका छन। साथै, नेपाली काङ्ग्रेसनै समानुपातिक समावेशिताको वास्तविक पक्षधर भएकाले किरात राईहरु काङ्ग्रेसको विचारमा गोलबद्ध भई राष्ट्र निर्माणमा लाग्नु पर्ने नेता राईले बताए।

 

प्रतिकृया दिनुहोस्

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...

धादिङ कलेरीमा माघे संक्रान्ती–२०८२: मगर संस्कृति र परम्पराको उत्सव

धादिङ – मगर भाषा, संस्कृति तथा परम्परागत पहिचानको जगेर्ना र संरक्षण गर्ने उद्देश्यले माघे संक्रान्ती–२०८२...

रवि–बालेन एकता सहमति-घण्टी प्रतीकमा नयाँ राजनीतिक यात्राको घोषणा

काठमाडौँ – नेपालमा वैकल्पिक राजनीतिक शक्ति निर्माणको उद्देश्यसहित रवि लामिछाने र बालेन्द्र शाह (बालेन) बीच...