News Portal

ओलीविरुद्ध देशव्यापी कार्यकर्तालाई मैदानमा उत्रन माधव नेपालको आह्वान

हिमालीसंचार संवाददाता
३७८ पटक

काठमाडौं – नेकपा एमालेका अध्यक्ष केपी ओलीले पार्टीका वरिष्ठ नेता माधवकुमार नेपाल र भीम रावललाई कार्वाही गरेपछि नेता नेपाल आक्रोशित बन्नुभएको छ। आफूहरुलाई छ महिना पार्टी सदस्यबाटै निलम्बित गरेपछि प्रतिक्रिया दिँदै नेता नेपालले भन्नुभयो, ‘अब केपी ओलीका विरुद्धमा देशव्यापी अभियान चलाइने छ।’

देशैभरिका कार्यकर्तालाई मैदानमा उत्रन आह्वान गर्दै नेता नेपालले ओली एमालेको अध्यक्ष नै नरहेको भन्दै कारवाही गर्ने कुनै अधिकार नभएको जिकीरसमेत गर्नुभयो। ओलीले आफैंले केन्द्रीय कमिटी भंग गरिसकेकाले कारवाही गर्ने अधिकार नभएको उहाँको तर्क थियो।

अध्यक्ष ओलीले सोमबार मात्र नेपाल र रावललाई ६ महिनाका लागि निलम्बन गर्नुभएको थियो। ओलीले निलम्बन गरेको पत्र नपाएको भन्दै नेपालले ओलीविरुद्ध उत्रन कार्यकर्ताहरुलाई आह्वानसमेत गर्नुभयो। ओलीको यो निर्णयसँगै एमालेभित्र ठूलै पहिरो जाने संकेत देखिएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष १२ गतेको राशिफल

आज पुष १२, २०८२ (डिसेम्बर २७, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

युवा शक्ति कुवेतद्वारा दोस्रो चरणको सरसफाई अभियान सम्पन्न

कुवेत – “सकिन्छ राम्रो गरौँ, सकिँदैन भने नराम्रो पनि नगरौँ” भन्ने मूल नाराका साथ स्थापना...

रवि–बालेन वार्ता : बालेनलाई प्रधानमन्त्रीको उम्मेदवार बनाउने तयारी

काठमाडौं, पुष ११ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाह र रास्वपा सभापति रवि लामिछानेबीच पार्टी...

बालेनले संघीयता पक्षमा धारणा राख्दै निर्वाचन तयारी अघि बढाए

काठमाडौं, पुष ११ – काठमाडौं महानगरपालिकाका मेयर बालेन शाहले आगामी फागुन २१ को प्रतिनिधिसभा निर्वाचन...

कांग्रेसमा महाधिवेशन विवाद : विशेष पक्षधरले स्मरणपत्र बुझाउने तयारी

काठमाडौं, पुष ११ – नेपाली कांग्रेसमा नियमित महाधिवेशन नहुँदा पार्टी भित्र विवाद बढेको छ। यसैबीच,...