News Portal

मोरङका युवाहरुले विदेशबाट फर्केर व्यावसायिक रुपमा केरा खेली लगाए

हिमालीसंचार संवाददाता
३९४ पटक

रबिन्द्र बराल/मोरङ – मोरङको युवाहरु व्यवसायिक यति खेर  केरा खेती गर्ने अग्रसर हुन थालेका  छन ।  वैदेशिक रोजगारीमा गरेर उनिहरु  तीनदेखि पाँचवर्षसम्म काम गरी आफ्नै देशमा पनि केही गर्न सकिन्छ भनेर  युवाहरु व्यवसायिक रुपमा केरा खेती गर्न  जुटेका छन ।

विदेशमा तातो घाममा काम गर्नु भन्दा आफ्नै देशमा केही गरौ भनेर  मोरङका युवाहरु कृषि क्षेत्रमा लागेका हुन् । विदेशमा परिश्रम गर्नु भन्दा नेपालकै माटोमै काम गर्ने उद्देश्यले उनीहरु पछिल्लो समयमा  केरा खेती लगाउने  अभियान शुरु गरेका छन् ।  

वैदेशिक रोजगारीका लागि साउदी, कुवेत तथा मलेशिया जस्ता  देशहरुमा पुगेका मोरङका १० जना युवाहरुले अहिले मोरङको  कानेपोखरी गाउँपालिका–१ स्थित होक्लाबारीमा ८५ बिघा जग्गा जमिनमा मालभोग  जातको केरा खेती लगाएका छन् । 

उनिहरुले उक्त्त केरा खेतीबाट वार्षिक रुपमा प्रति बिघा रु.३ लाखसम्म आम्दानी गर्ने सकिने सो केराखेती कृषि फर्मका  सोमनाथ चापगाँईले बताए ।  

उनीहरुले वार्षिक ५० हजार रुपैयाँ तिर्ने गरी खेत भाडामा लिएर  केरा खेती सुरु गरेको बताए । उक्त केरा खेतिमा ३० जना युवाहरुले रोजगारी समेत  पाएका छन् । मोरङको होक्लाबारीमा लालुमाया कृषि फर्म, प्रगति कृषि फर्म, सोम केरा खेती कृषि फर्म, अम्बरमणि कृषि फर्म मार्फत व्यवसायिक केरा खेती शुरु   गरेका छन। उनीहरुलले केराको बिरुवा प्रदेश नं २ को निजगढबाट ल्याउने गरेका छन । बिरुवा र रोप्ने एक बोटमा रु.४२ खर्च हुने गरेको समेत बताए । 

केरा रोपेको १८ महिना पछि  फल लाग्ने गर्छ भने एक बोटमा १२ दर्जन सम्म केरा फल्छ । रोग नलागेको अवस्थामा एक पटक रोपेको बिरुबाले १२ वर्षसम्म  उत्पादन गर्न सकिने कृषकहरु बताउँछन् । उहाँले केरा खेतीका लागि रु.३ देखि रु.५ लाखसम्मको जोखिम व्यहोर्ने गरी प्रति बिघा रु ५ हजार २०० बीमा रकम भुक्तानी समेत गरिएको हरिनारायण श्रेष्ठले बताए।  केरामा लाग्ने गवारो  रोगबाट जोगाउनका लागि सुपर डि किटनाषक औषधि प्रयोग गर्ने गरिएको छ ।

रोग र किराबाट जोगाउन निकै चनाखो भएर गर्नु पर्ने यो खेतीमा लाग्नेले पछुताउनु पर्ने समस्या नरहेको कृषक श्रेष्ठले बताए। यसको राम्रो उत्पादनका लागि कात्तिक देखि चैतसम्म १० देखि १२ पटक माटोको अवस्था हेरि सिँचाई उपलव्ध गराउन वोरिङको व्यवस्था गरिएको अर्का कृषक मणिराज तामाङले बताए ।

प्रतिकृया दिनुहोस्

बालेन्द्र शाहको घरमा चोरी, तीनजनासहित सामग्री बरामद

काठमाडौं, माघ २५ – राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्र शाहको घरमा चोरी गर्ने तीनजनालाई...

प्रसाईंको पक्राउप्रति राप्रपा अध्यक्ष लिङ्देनको असन्तुष्टि, ‘लोकतान्त्रिक अधिकारमाथि हस्तक्षेप’

काठमाडौं, माघ २५ –  व्यवसायी दुर्गा प्रसाईंको पछिल्लो पक्राउप्रति राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्र लिङ्देनले...

ओलीसँग भेटपछि प्रसाईं पक्राउ, चुनाव प्रभावित गर्ने आशंकामा अनुसन्धान सुरु

काठमाडौं, माघ २५ – झापाका मेडिकल व्यवसायी तथा अभियन्ता दुर्गा प्रसाईंलाई प्रहरीले दक्षिणकालीको चाल्नाखेल क्षेत्रबाट...

आज २०८२ साल माघ २५ गतेको राशिफल

आज माघ २५, २०८२ ( फेब्रुअरी ८, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

आगामी निर्वाचन लक्षित गर्दै कांग्रेस गंगाजमुना–५ को वडा भेला सम्पन्न

धादिङ — नेपाली कांग्रेस गंगाजमुना गाउँपालिका वडा नं. ५ को वडा कार्यसमिति तथा अगुवा कार्यकर्ताहरूको...