News Portal

संविधानमा लेखिए पनि आमाको नामबाट नागरिकता पाउनै मुस्किल 

हिमाली संचार संवाददाता
८४९ पटक

ललितपुर : ठेचोकी महर्जन थरकी नेवार समुदायकी महिलाको २२ वर्षअघि तामाङ पुरुषसँग गलैंचा बुन्ने क्रममा भेट भयो । हेटौंडा घर बताउने पुरुष र महिलाबीच प्रेम बसेपछि विवाह भयो । दुवै जना घरबाट भागेर केही दिन कोठामा बसे ।

तर, महिला गर्भवती भएको ८ महिनापछि पुरुष छाडेर भागे । त्यतिबेला महिलाको परिवारले जातीय भेदभावका कारण पुरुषको खोजी गरेनन्, बरु छोरीलाई माइतीमै राखे ।

हाल ती महिलाका छोरा २१ वर्ष पुगिसके । छोराले स्थानीय युवतीसँग प्रेम विवाह गरेर उनको पनि छोरा भएको २ वर्ष बितिसक्यो । तर, बुबाले नै नागरिकता पाएका छैनन् । ‘छोराले २०७० मा तत्कालीन ठेचो गाविसबाट बुबा बेपत्ता भएको उल्लेख गरेर मेरो नाम राखेर जन्मदर्ता गराए,’ बेपत्ता तामाङकी श्रीमतीले भनिन्, ‘छोरालाई वैदेशिक रोजगारीमा पठाउन पासपोर्टका लागि जिल्ला प्रशासन कार्यालय ललितपुर धाएको २ वर्ष बितिसक्यो ।’

आमाको भने वंशजका आधारमा नागरिकता छ । तर, उनका नातिलाई भने विद्यालयमा भर्ना गर्न जन्मदर्ता नभएर समस्या परेको छ ।

ठेचोकै एक महिलाको पनि गलैंचा कारखानामा भेट भएका तामाङ केटासँग प्रेम विवाह भयो । श्रीमान्/श्रीमती भागेर भक्तपुरमा केही वर्ष बसे । तामाङ दम्पतीबाट एक छोरा र एक छोरी जन्मिए । अहिले छोरा २५ वर्ष र २२ वर्षीय छोरी छन् ।

छोरीको विवाह भइसकेको छ । छोरीले श्रीमानको नामबाट नागरिकता पाइन् । तर, उनका दाइले भने अहिलेसम्म पाएका छैनन् । उनी भन्छिन्, ‘संविधानमा आमाको नामबाट नागरिकता दिने व्यवस्था छ । तर, प्रमुख जिल्ला अधिकारी पत्र बुझ्नसमेत गाह्रो मान्छन् ।’ कार्यालयमा धाउँदाधाउँदै हैरान भइसकेको उनको भनाइ छ ।

‘छोराबुहारीले विवाह भएको ५ वर्ष बितिसक्दा पनि नागरिकता नभएका कारण बच्चा जन्माएका छैनन्,’ उनकी आमाले सुनाइन् । छोराको जन्मदर्तासमेत गर्न लिन सकेका छैनन् । भक्तपुरमा छोराको जन्म भएको थियो । ललितपुरको साविक ठेचो गाविसबाट बसाइसराइको प्रमाणपत्र लिइसकेको छ । तैपनि नागरिकता पाइएको छैन ।

हाल उनीहरू भक्तपुरमा बस्छन् । श्रीमानको मृत्युको ८ वर्ष बितिसक्यो, मृत्य प्रमाणपत्र पनि पाइएको छैन । ‘सनाखतका लागि पत्रिकामा सुचना पनि निकालेका थिए । तर, सम्पर्कमा कोही आएनन्,’ उनले भने ।

ठेचोकी अर्की एक महिलाको समस्या पनि उस्तै छ । तामाङसँग प्रेमविवाह गरेर भागेपछि माइती पक्षले फर्काएर ल्याए । गर्भवती महिलाले सन्तान माइतीमै जन्माए । अहिले २५ वर्षीय छोरी छ । शिक्षण पेसा गर्छिन् । नागरिकता नभएर स्नाकोतर तह पढ्नबाट वञ्चित छन् । आमाको मृत्यु भइसकेको छ ।

आमाको नागरिकता फेला परेको छैन । दुवैको बालविवाह भएको थियो,’ उनले सुनाइन् । संविधानको भाग २ मा नेपालको नागरिक आमाबाट नेपालमा जन्म भई नेपालमा नै बसोबास गरेको र बाबुको पहिचान हुन नसकेको व्यक्तिलाई वंशजको आधारमा नागरिकता प्रदान गरिने व्यवस्था छ ।

आमाका नामबाट पनि सहजै नागरिकता पाउने व्यवस्था गर्न सांसदहरूले भदौ २२ मा नागरिकतासम्बन्धी विधेयकमाथि संशोधन दर्ता गराएका थिए । सरकारले ल्याएको नागरिकता ऐन संशोधन विधेयकमा नागरिकता लिन बाबुलाई अनिवार्य गरिएको भन्दै सांसदहरूले असन्तुष्टि जनाएका थिए ।

ललितपुरका प्रमुख जिल्ला अधिकारी प्रेमराज जोशी भन्छन्, ‘ऐन संशोधन नभएर सर्वसाधारणले सास्ती भोग्नुपरेका छन् । संविधानमा भएर के गर्नु कार्यान्व्यन गर्न कानुन चाहिन्छ ।’ कान्तिपुर

प्रतिकृया दिनुहोस्

कुवेतमा नेपाली घरेलु कामदारमाथि दुर्व्यवहार र धम्की प्रकरण: मानव तस्करी, दलाली र दूतावासको भूमिकामाथि फेरि गम्भीर प्रश्न

कुवेत — कुवेतमा नेपाली घरेलु कामदारका रूपमा कार्यरत महिलामाथि हुने दुर्व्यवहार, धम्की, दलाली तथा मानव...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...