News Portal

ऋतु के.सी को रोमान्चक गीत “जुनेली रातमा” सार्बजनिक (भिडियो सहित)

हिमाली संचार संवाददाता
११५० पटक

राजु बोहरा/काठमाडौँ – हरेक मानिसलाई खानाको  परिकारको स्वाद फरक-फरक आवस्यक परे जस्तै नेपाली गीत संगीत सुन्ने श्रोताहरुको लागि पनि आफ्नै किसिमको चाहना हुने गर्दछ । त्यसैले पनि कलाकारहरुले आफ्नो अथाह मेहनतको माध्यमबाट अशंख्य श्रोता एवं दर्शकहरुलाई लक्षित गर्दै फरक-फरक सांगीतिक कोसेलीहरु बजारमा ल्याउने गरेका छन् । सोहि क्रममा यतिबेला रोमान्चक गीतहरुको प्यासी मनहरुका लागि प्रतिभावावान गायिका ऋतु के.सी को एक गीत बजारमा आएको छ ।

“जुनेली रातमा” नाम को साथमा बजारमा आएको यस गीतमा मनोज घिमिरे र ऋतु के.सी को सुमधुर स्वर सुन्न सकिन्छ । कुनै बेला आफ्नो मायालुलाई भेट्ने समय दिंदा, भेट्न नसकेको रमाइलो प्रसङ्गलाई केन्द्रित गर्दै तयार पारिएको यस गीतको लय तथा शब्द श्रीजनाकार मनोज घिमिरे रहेका छन् ।

गीतको बिषय बस्तु अनुसार म्युजिक भिडियो पनि निकै आकर्षक बनाइएको छ । भिडियोमा अहिलेकी ब्यस्त मोडल रिना थापा मगर र देव क्षेत्रीको आकर्षक अभिनय सहितको नृत्य देख्न सकिन्छ । “जुनेली रातमा” बोलको गीतको म्युजिक भिडियोलाई निर्देशन कुमार के.सी ले गरेका हुन् भने छायांकन अजय रेग्मी र सम्पादन बिजय तिखाररीले गरेका छन् ।

भिडियो हेर्न तल क्लिक गर्नु होला ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...