News Portal

दुलहीझैं सिँगारियो जनकपुरको जानकी मन्दिर

हिमालीसंचार संवाददाता
३२६ पटक

धनुषा – विवाहपञ्चमीका अवसरमा जनकपुरमा सप्ताहव्यापी महोत्सव चलिरहेको छ । आगामी शनिबार पर्ने विवाहपञ्चमीका लागि जानकी मन्दिर झकीझकाउ पारिएको छ ।

रंगीविरंगी विद्युतीय सजावटले मन्दिर रातको समयमा थप आकर्षक देखिने गरेको छ । पण्डाल, फूलमाल र विद्युतीय बत्ती जडान गरी जानकी मन्दिरलाई दुलहीजस्तै सिँगारिएको छ ।

जानकी मन्दिरले बर्सेनि आयोजना गर्ने विवाह महोत्सवमा भव्य मेला लाग्ने गर्छ । तर यस वर्ष अयोध्याबाट जन्ती नआउने भएपछि खल्लो भएको छ । विवाह पञ्चमीका दिन परम्परादेखि नै यहाँ मिथिला संस्कृतिअनुरूप राम र सीताको वैवाहिक कार्यक्रम आयोजना गरिँदै आएको छ । सोही दिनका लागि जानकी मन्दिर परिसरमा रामलीला देखाइन्छ ।

विवाह महोत्सवअन्तर्गत पहिलो दिन नगरदर्शन कार्यक्रम, दोस्रो दिन फूलबारी लीला, तेस्रो दिन धनुष–यज्ञको कार्यक्रम र बिहीबार चौथो दिन तिलकोत्सव, पाँचौं दिन मटकोर, छैटौं दिन स्वयंवर तथा विवाह र सातौं दिन राम कलेवा आयोजना गरिन्छ ।

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...