
मोरङ – मोरङमा दीपावलीको अवसरमा लक्ष्मीपूजा गर्ने क्रममा लापरवाहीपूर्वक कलश (दियो) बाल्नाले विराटनगरका दुई पसलमा आगलागी हुँदा करिब रु. ६८ लाख मूल्य बराबरको मालसामान जलेर नष्ट भएको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार विराटनगर-१०, ट्राफिक चोकका दिनेश अग्रवालको फेन्सी पसलमामा शनिबार राति आगलागी हुँदा सटरभित्र रहका फेन्सी तयारी कपडा, फर्निचरसहित करिब ६० लाखका सामान जलेर नष्ट भएको हो ।
त्यस्तै, विराटनगर-९ बसपार्क नजिक अभय अर्यालको बारीमा बाँस र टिनको छानो भएको सिरक डस्ना बनाउने घरमा शनिबार राति आगलागी हुँदा रु.८ लाख बराबरको समाग्री जलेर नष्ट भएको छ । यस किसिमका दुर्घटना रोक्न सचेत भइ पूजा गर्न प्रहरीले आग्रह गरेको छ ।
कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait
