News Portal

  • हङकङमा नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु, अधिकांश धाइते

    हिमालीसंचार संवाददाता
    ४९२ पटक

    हङकङ – हङकङ याउमातेइ स्थित नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने धेरै गम्भीर धाइते भएका छन् ।

    आगालागी हुदा एक बच्चासहित ४ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ । मृतकहरुको सनाखत भइसकेको छैन। मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको हङकङ प्रहरीलाई उधृत गर्दै साउथ चाइना मर्निङ पोष्टले लेखेको छ।

    हङकङको स्थानीय समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो। तत्कालै एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको छ। एक प्रहरी स्रोतले आगलागीमा १७ जना घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका नागरिक रहेको प्रहरीले जनाएको छ।

    हङकङको याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो। हङकङमा पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ।

    धटना स्थलमा अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए। धाइतेहरुलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मार्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टर लगिएको छ।

    धटना भएको नेपाली रेष्टुरेन्टमा बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको बताइएपनि यसको पुष्टि भने भइसकेको छैन। घटनको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमातेइमा आइतबार राती भएको आगलागीको त्रासदीबाट आफु दुखी भएको बताउँदै घाइतेको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिइएको जनाएकी छन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल भदौ २९ गतेको राशिफल

    आज भदौ २९, २०८२ (सेप्टेम्बर १४, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल भदौ २८ गतेको राशिफल

    आज भदौ २८, २०८२ (सेप्टेम्बर १३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा ७१ जनाले रक्तदान गरे

    कुवेत – कुवेतमा केही महिनाअघि मात्र गठन भएको युवा शक्ति टीमद्वारा आयोजना गरेको रक्तदान कार्यक्रममा...

    संसद विघटन लगत्तै आजै सुशीला कार्कीको शपथ, शीलतनिवासमा जुट्यो सहमति

    काठमाडौं। पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीलाई आजै बेलुकी सरकार प्रमुख बनाउने गरी सहमति जुटेको छ। शुक्रबार दिनभर...

    सार्वजनिक यातायात कहिले चल्छ अन्योलमा, यात्रु मर्कामा

    काठमाडौं, २७ भदौ – देशभरको हालको परिस्थितिले छोटो तथा लामो दूरीका सार्वजनिक यातायात अनिश्चितकालका लागि...