News Portal

हङकङमा नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा ७ जनाको मृत्यु, अधिकांश धाइते

हिमालीसंचार संवाददाता
५४९ पटक

हङकङ – हङकङ याउमातेइ स्थित नेपाली रेष्टुरेन्टमा आगलागी हुँदा कम्तिमा ७ जनाको मृत्यु भएको छ भने धेरै गम्भीर धाइते भएका छन् ।

आगालागी हुदा एक बच्चासहित ४ जना पुरुष र ३ जना महिलाको मृत्यु भएको छ । मृतकहरुको सनाखत भइसकेको छैन। मृतकहरू दक्षिण एसियाली मुलका नागरिक रहेको हङकङ प्रहरीलाई उधृत गर्दै साउथ चाइना मर्निङ पोष्टले लेखेको छ।

हङकङको स्थानीय समय अनुसार आइतबार राती करिब ८ बजे भएको आगलागीमा १३ जना गम्भीर घाइतेलाई प्रहरीले उद्धार गरेको थियो। तत्कालै एम्बुलेन्समा राखेर अस्पताल पुर्याइएको छ। एक प्रहरी स्रोतले आगलागीमा १७ जना घाइते भएको र तीमध्ये धेरै नेपाली मुलका नागरिक रहेको प्रहरीले जनाएको छ।

हङकङको याउमातेइको क्यान्टोन रोड र साइगोन रोडको बीचमा पर्छ, जुन हङकङका नेपाली बसोबास गर्ने एउटा मुख्य क्षेत्र हो। हङकङमा पछिल्लो एक दशकयता भएको सबैभन्दा डरलाग्दो आगलागी भएको प्रहरीले जनाएको छ।

धटना स्थलमा अग्नि नियन्त्रक सुरक्षाकर्मीले करिब आधा घण्टामा आगलागी नियन्त्रणमा लिएका थिए। धाइतेहरुलाई नजिकैको क्वीन एलिजावेथ, क्वांग वाह, प्रिन्सेस मार्गरेट अस्पताल र क्यारितास मेडिकल सेन्टर लगिएको छ।

धटना भएको नेपाली रेष्टुरेन्टमा बर्थ डे पार्टी भइरहेको बेला आगलागी भएको बताइएपनि यसको पुष्टि भने भइसकेको छैन। घटनको कारणबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। हङकङकी प्रमुख कार्यकारी क्यारी लामले याउमातेइमा आइतबार राती भएको आगलागीको त्रासदीबाट आफु दुखी भएको बताउँदै घाइतेको उपचार र घटनाको कारण पत्ता लगाउन निर्देशन दिइएको जनाएकी छन्।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...