News Portal

चितवनका एक फ्याक्ट्रीबाट चोरेको आरोपमा सेक्युरिटी पक्राउ

हिमालीसंचार संवाददाता
४६७ पटक

काठमाण्डौ – आफैले काम गरेको फ्याक्ट्रीबाट चोरी गरेको आरोपमा ९७ लाख रुपैयाँसहित सेक्युरिटी गार्ड पक्राउ परेका छन्। गत बिहीबार राती भरतपुर महानगरपालिका-९ काँडाघारीस्थित एपोलो पेन्ट्स प्रालिको भवन भित्र लकरमा रहेको उक्त रकम चोरी भएको थियो।

प्रहरीले सेक्युरिटी गार्ड कबिराज थापालाई उनकै क्वार्टरको खाटमुनि झोलाभित्र र नजिकै झाडीमा लुकाइएको नगदसहित नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता डिएसपी सूर्यबहादुर थापाले जानकारी दिए। 

प्रहरीले क्वाटरको खाटमुनि ४० लाख तथा फ्याक्ट्रीको भवन नजिकै रहेको झाडीमा ५७ लाख रुपैयाँ फेला परेको जनाएको छ । लकरबाट नगद चोरीका लागि ती व्यक्तिले हेक्सा व्लेड, फलामको रडबाट बनेको खुपी, बोरा र झोला प्रयोग गरेको भेटिएको थापाले बताए। ४० वर्षीय ती व्यक्ति चितवनकै कालिका नगरपालिका–६ का हुन्। चोरी कसुरअन्तर्गत उनलाई नियन्त्रणमा राखेर घटनाको थप अनुसन्धान भइरहेको प्रहरीले बताएको छ।  

त्यसैगरी, चितवन प्रहरीले विभिन्न पछिल्लो चार दिनमा मुद्दामा कैद तथा जरीवाना सजाय भएका ४६ जना व्यक्तिलाई नियन्त्रणमा लिएको जनाएको छ। चोरी, जवरजस्ती करणी, लागु औषध, कर्तव्य ज्यान, बहु विवाह, वन पैदावार, राष्ट्रिय निकुञ्ज सम्बन्धी कसुर, कीर्ते, जुवा, केही सार्वजनिक अपराध, जालसाजी, सम्बन्ध बिच्छेद मुद्दामा फरार रहेका ४५ जना पुरूष र १ महिलालाई पक्राउ गरी चितवन जिल्ला अदालतमा बुझाइएको प्रहरी उपरीक्षक नान्तिराज गुरुङले जानकारी दिए ।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...