News Portal

जन्तेढुंगा गाउँपालिको छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई स्थापना

हिमालीसंचार संवाददाता
३६४ पटक

खोटाङ – खोटाङको जन्तेढुंगा गाउँपालिकाले सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेको छ। स्वास्थ्य सेवा लिनका लागि करिब १ घण्टाभन्दा धेरै हिँड्नुपर्ने बाध्यता झेल्दै आएका सर्वसाधारणलाई आफ्नै ठाउँमा स्वास्थ्य सेवा उपलव्ध गराउने लक्ष्यकासाथ जन्तेढुंगा गाउँपालिका-५ चिसापानीको खुटा छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो ।

स्वास्थ्यचौकी सरहको सेवा सुविधा दिनेगरी स्थापना गरिएको सामुदायिक स्वास्थ्य इकाई बिहिबार प्रतिनिधिसभा सदस्य विशाल भट्टराईले उद्घाटन गरेका छन् । सामान्य स्वास्थ्य उपचारका लागि घण्टौं हिँडेर स्वास्थ्यचौकीमा पुग्न बाध्य सर्वसाधारणलाई ध्यानमा राखेर सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको गाउँपालिकाको स्वास्थ्य शाखा संयोजक पवन पोखरेलले बताए ।

नागरिकलाई घरैमा स्वास्थ्य सेवा पुर्‍याउने सरकारको नीति अनुसार एक जना अहेव र एक जना अनमी व्यवस्था गरेर छिरुवाधारामा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरिएको हो । स्वास्थ्यमा सबैको पहुँच विस्तारका लागि गत वर्ष जन्तेढुंगा गाउँपालिका–१ देबिस्थानको सिक्किमटारमा सामुदायिक स्वास्थ्य इकाई स्थापना गरेका  थिए ।

त्यस क्षेत्रमा चालु आर्थिक वर्षभित्र गाउँपालिकाका हरेक दुर्गम क्षेत्रमा सामुदायिक स्वास्थ्य इकाई स्थापनाको काम सम्पन्न गर्ने लक्ष्य राखिएको स्वास्थ्य शाखा संयोजक पोखरेलले बताए । स्वास्थ्यचौकी पुग्नका लागि १ घण्टाभन्दा बढी समय लाग्ने ठाउँमा सामुदायिक स्वास्थ्य इकाई स्थापनाका लागि गाउँपालिकाले गत वर्ष नीति तथा कार्यक्रम पारित गरेको थियो ।

सामुदायिक स्वास्थ्य इकाई उद्घाटनकाक्रममा गाउँपालिका अध्यक्ष शंकर राई, उपाध्यक्ष विमला राई, प्रमुख प्रशासकीय अधिकृत गिरीराज भट्टराई, वडाध्यक्ष, राजनैतिक दलका प्रमुख तथा प्रतिनिधि लगायतको उपस्थिति रहेको थियो ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल माघ १२ गतेको राशिफल

आज माघ १२, २०८२ (जनवरी २६, २०२६) को राशिफल यस प्रकार रहेको छ मेष (चु,...

झण्डा ओढ्ने संस्कार बढ्दै, कानुनी चेतना खस्किँदै उल्लङ्घन गरे कानुनी कारबाही हुने

काठमाडौँ —नेपालको राष्ट्रिय गौरवको प्रतीक राष्ट्रिय झण्डाको प्रयोगलाई व्यवस्थित, मर्यादित र सम्मानजनक बनाउन राष्ट्रिय झण्डा...

बदल्यौ कांग्रेस, बदल्छौ देश !

– कमला थापा २०८२ माघ ११ गते। नेपाली कांग्रेसको विषेश महाधिवेशन सम्पन्न गर्दै नीर्वाचनमा सहभागी...

रवि लामिछानेविरुद्धको अभियोग संशोधनबारे सर्वोच्चमा सुनुवाइ

काठमाडौं, माघ ११ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेमाथि सम्पत्ति शुद्धीकरण र...

बहुमतका लागि एमालेको अभियान तीव्र, सदस्यहरूलाई सक्रिय बन्न ओलीको आग्रह

काठमाडौं, ११ माघ – नेकपा एमालेले आगामी निर्वाचनलाई लक्षित गर्दै पार्टी संगठनलाई थप चलायमान बनाउन...