News Portal

ससुराली पुगेर श्रीमती र छोरामाथी एसिड प्रहार

हिमालीसंचार संवाददाता
४७५ पटक

जनकपुर – जनकपुरमा आफ्नै पत्नी र छोरीमाथि एक जना युवाले एसिड प्रहार गरेका छन्। जनकपुरधाम उपमहानगरपालिका २०, देवपुरारुपैठा बस्ने २६ वर्षीय आरती शाह र तीन वर्षीया छोरी रियामाथि एसिड आक्रमण भएको हो। 

प्रहरीका अनुसार जानकीनगरमा डेरा गरी बस्ने आरती र रियामाथि सञ्जिव शाहले शनिबार बिहान एसिड प्रहार गरेका हुन् ।उनलाई प्रहरीले जनकपुर ४ संकटमोचन मावि नजिकबाट पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय धनुषाका प्रहरी निरीक्षक राजेश सिग्देलले जानकारी दिए ।

एसिड प्रहारबाट आरतीको निधार र छातीको केही भाग जलेको छ। एसिडले उनको २० प्रतिशत शरीर जलेको र अवस्था गम्भीर रहेको सिग्देलले बताए । छोरी रियाको टाउको र बायाँ हातमा एसिड परेको छ।  आमा छोरीको अहिले जानकी हेल्थकेयरमा उपचार भइरहेको छ।

आरतीको बिहे ३ वर्षअघि सञ्जीव शाहसंग भएको थियो। श्रीमानसँग राम्रो सम्बन्ध नभएका कारण उनी माइतमा बसेर जनकपुरकै पेठिया बजारमा तरकारी व्यवसाय गर्दै आएकी थिइन्।

पक्राउ परेका सञ्जीव शाहलाई केही बेरमा सार्वजनिक गर्ने धनुषाका प्रहरी उपरीक्षक रामेश बस्नेतले जानकारी दिए।

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...