News Portal

बंगलादेशसँग फुटबल खेल्ने नेपाली टोली घोषणा -एन्फा

हिमालीसंचार संवाददाता
२५८ पटक

काठमाडौं – बंगलादेशविरुद्ध हुने दुई मैत्रीपूर्ण खेलका लागि नेपाली टोली घोषणा भएको छ । २५ सदस्यीय टोली बंगलादेश जाने अखिल नेपाल फुटबल संघ एन्फाले जनाएको छ।

बंगलादेश जाने टोलीलाई बुधबार त्रिपुरेश्वरस्थित दशरथ रंगालामा बिदाई गरिएको एन्फाले जनाएको छ । राष्ट्रिय खेलकुद परिषदका सदस्य सचिव रमेशकुमार सिलवाल, एन्फा वरिष्ठ उपाध्यक्ष पंकज नेम्वाङ लगायतले खेलाडीहरुलाई विदाइ गरेका थिए।

२५ खेलाडी र ७ अफिसियलसहित ३२ सदस्यीय नेपाली टोली बिहीबार बंगलादेशको ढाका प्रस्थान गर्नेछ । चोटका कारण रोहित चन्द बंगलादेश जाने टोलीमा छैनन् । यस्तै ३४ खेलाडीलाई प्रशिक्षणमा बोलाइएकोमा ८ खेलाडीलाई कोरोना संक्रमण भएपछि उनीहरु पनि टिममा छैनन् र आइसोलेसनमा बसिरहेका छन् ।

नेपालले अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल तालिका अनुसार यही नोभेम्बर १३ र १७ मा बंगलादेशसँग मैत्रीपूर्ण फुटबल खेल खेल्नेछ ।

नेपाली टिमको मुख्य प्रशिक्षक योहान कालिन हाल आफ्नै देश स्वीडेनमा रहेकोले बंगलादेश विरुद्धको खेलका लागि एन्फाले बालगोपाल महर्जनलाई अन्तरिम प्रशिक्षक बनाएको छ । यस्तै किरण श्रेष्ठले उनलाई सघाउनेछन् भने विकास मल्ल गोलकिपिङ प्रशिक्षकको रुपमा छन् ।

बंगलादेशसँग मैत्रीपूर्ण खेल्ने पक्का भएपछि राष्ट्रिय खेलकुद परिषदको अनुमतिसहित एन्फाले दशरथ रंगशालमा प्रशिक्षण सुरुवात गरेको थियो । बुधबारको प्रशिक्षणपछि प्रशिक्षक महर्जनले नेपाली टिमको फिट्नेस लगायत अन्य क्षेत्रमा पनि केही सुधार भएको बताएका छन् । साथै उनले कोरोना महामारीपछि खेल्न लागेको यो पहिलो खेललाई लिएर अनौठो महसुस भएको बताए । कप्तान किरण लगायत अन्य खेलाडीहरु पनि लामो समयपछि फुटबलमा बयाक हुँदा उत्साहित छन् । कोरोना महामारीका कारण २०७६ चैत यता नेपाली खेलाडीले फुटबल खेलेका छैनन् । यस्तै गत वर्ष नोभेम्बरमा विश्वकप छनोट अन्तर्गत भुटानमा कुवेत विरुद्ध खेलेयता नेपाली राष्ट्रिय फुटबल टिमले पहिलो पटक खेल खेल्न लागेको हो ।

बंगलादेश जाने २५ सदस्यीय टोली

अजित भण्डारी, अनन्त तामाङ, अन्जन विष्ट, भरत खवास, विकास खवास, विक्रम लामा, विमल राना, विशाल श्रेष्ठ, दर्शन गुरुङ, दिप कार्की, दिलेन लोक्तान, जर्ज प्रिन्स कार्की, किरण चेम्जोङ, नवयुग श्रेष्ठ, पुजन उपरकोटी, रन्जित धिमाल, रवि पासवाल, सरोज दाहाल, सेसेहाङ आङदम्बे, सुबास गुरुङ, सुजन श्रेष्ठ, सुमल अर्याल, तेज तामाङ र छिरिङ गुरुङ ।

 

प्रतिकृया दिनुहोस्

रास्वपाको ‘स्वरोजगार’ नारा खाेई? अब विदेश पठाउने नीति र अनलाइन तालिमले १५३ संस्था संकटमा

काठमाडौं, १८ चैत — सरकारले वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइँदै आएको पूर्वप्रस्थान अभिमुखीकरण तालिम (पीडीओटी)...

नागरिकमैत्री र पारदर्शी सेवा दिन प्रहरीलाई गृहमन्त्रीको निर्देशन

काठमाडौं, चैत १८ — गृहमन्त्री सुधन गुरुङले प्रहरी संगठनलाई नागरिकप्रति उत्तरदायी, स्वच्छ र पारदर्शी सेवा...

वैदेशिक रोजगारी जाने श्रमिकलाई अब सरकारकै अनलाइन अभिमुखीकरण

काठमाडौं, चैत १८ — वैदेशिक रोजगारीमा जाने श्रमिकलाई दिइने पूर्वप्रस्थान अभिमुखीकरण तालिम अब सरकारले आफैं...

६९औँ राष्ट्रिय सहकारी दिवसमा सद्भाव सहकारीद्वारा रक्तदान कार्यक्रम, २६ जनाले गरे रक्तदान

रविन्द्र बराल-“रक्तदान जीवनदान” भन्ने मूल नाराका साथ सद्भाव बचत तथा ऋण सहकारी संस्थाले रक्तदान कार्यक्रम...

सुनवर्षीको खिखिडागी सडकमा गुणस्तरहीन निर्माणको आरोप, स्थानीय आक्रोशित

रविन्द्र बराल- मोरङको सुनवर्षी नगरपालिका–६ स्थित पथरी–डाइनिया हुँदै सिक्टि जोड्ने सडकअन्तर्गत खिखिडागी चोक क्षेत्रमा निर्माण...