News Portal

  • स्वास्थ्यका लागि दूध, फाइदा कि बेफाइदा ?

    हिमालीसंचार संवाददाता
    २७७ पटक

    – डा.प्रकाशराज रेग्मी

    दूधको फाइदा र बेफाइदाको प्रश्न नउठ्नुपर्ने हो। हामी सबैले जन्मेदेखि नै दूध पिउँदै आएका हौं र आमाको दूध पिएर नै बलियो भएका हौं। दूध सात्विक आहारभित्र पर्छ र कैयौं व्यक्तिले दैनिक १-२ गिलास दूध पिउने गर्छन्। केटाकेटी, बूढाबुढी, बिरामी र कमजोर व्यक्तिहरुले शक्ति बढाउन दूध पिउने गर्छन्। भगवान्लाई पनि दूध चढाउने गरिन्छ। यति धेरै राम्रा कुरा हुँदाहुँदै पनि दूधले स्वास्थ्यलाई हानि पनि पुर्‍याउन सक्छ भन्ने बारे प्रायः कसैले सोचेको हुँदैन।

    दूधका असंख्य स्वास्थ्यबर्धक असरहरु हुँदाहुँदै पनि कहिलेकाहीँ दूधबारे प्रश्न उठ्ने गर्छ। दूध नपिउने सल्लाह पनि दिइन्छ। स्वास्थ्यका लागि दूधले दिने फाइदा र बेफाइदा दुवै पक्षलाई केलाएर प्रस्तुत गर्ने प्रयास गरेको छु।

    दूध सम्पूर्ण आहार हो। यसमा प्रशस्त मात्रामा प्रोटिन, चिल्लो पदार्थ, कार्बोहाइड्रेट्स, क्याल्सियम, म्याग्नेसियम, पोटासियम, फोस्फोरस, भिटामिनहरु– डी, ए, बी र अन्य थुप्रै पौष्टिक तत्वहरु पाइन्छन्।

    शुद्ध दूधले शरीरमा हड्डी, मांसपेशी, नशाहरु, दिमाग आदिलाई धेरै फाइदा पुर्‍याउँछ। यति धेरै स्वास्थ्यवद्र्धक असरहरु हुँदाहुँदै पनि दूध धेरै नपिउने सल्लाह दिइन्छ र, दूध पिउँदा यसको शुद्धता र मात्रामा ध्यान पुर्‍याउन सावधान गराइन्छ। दूध मात्र भनेर पुग्दैन, दूध नराम्रो पर्‍यो भने यसले फाइदाभन्दा बेफाइदा बढी गर्छ। दूधबारे सावधानी हुनुपर्ने त्यस्ता के कुरा छन् ?

    हामीले दैनिक जीवनमा धेरैजसो प्रयोग गर्ने दूध भनेको गाई, भैंसी, डेरी र पाउडर दूध हो। यस्तै दूधबाट बनेका परिकारहरुमा दही, मही, खुवा, घिउ, चिज, छुर्पी आदि हुन्। आजका दिनमा हामीले खानाका रुपमा उपभोग गर्ने दूध र दूधबाट बनेका परिकारहरु स्वास्थ्यबर्धक छैनन् भन्नेहरु धेरै छन्।

    दूध बच्चाहरुका लागि मात्र हो, ठूलाले पिउने हैन भन्नेहरु पनि धेरै छन्। वैज्ञानिकहरुले पनि स्वास्थ्यलाई ध्यानमा राखी सावधानीपूर्वक दूध र यसका परिकार खाने सल्लाह दिन्छन्। यसको किसिम र मात्रामा ध्यान पुर्‍याउने सल्लाह उनीहरुको छ। दूधको सेवनबाट स्वास्थ्यमा पर्न सक्ने प्रतिकूल असरहरु केही महत्वपूर्ण तथ्यहरुमा आधारित छन्।

    हिजोआज पाइने दूधमा मिसावट धेरै छ, प्रशोधन धेरै गरिएको छ, हर्मोनहरु, एन्टिबायोटिकहरु, रसायनहरु मिसिएका छन्। यो नै मुख्य सरोकारको विषय हो। गाई वा भैंसीले दूध धेरै देओस् भनी किसानले गाईभैंसीलाई हर्मोनको सुई लगाउने चलन छ। यसबाट दूधमा एक प्रकारको रसायनको मात्रा बढ्न जान्छ, जसले विभिन्न प्रकारका क्यान्सर रोग लाग्ने सम्भावना हुन्छ। हामीले पिउने दूधमा यस्ता रसायन छ वा छैन भनी जाँच्ने चलन छैन।

    यसकारण हामीलाई दूधबाट हानि पुग्न सक्छ। अर्को महत्वपूर्ण विषय भनेको गाईभैंसीलाई खुवाउने खाना, घाँसपात, कुँडो आदि हो। यसमा कति विषादी छ, कति रसायन छ ? यसको कसैले लेखाजोखा गर्दैन। गाईभैंसीले खाने खानामा भएका विषादी र रसायनहरु दूधमा पनि रहेका हुन्छन्।

    यस्तो दूध पिएपछि फाइदा होइन, बेफाइदा नै बढी हुन्छ। यस्तो दूधले हड्डी बलियो बनाउनुको सट्टा कमजोर बनाइदिन्छ। हड्डी भाँच्चिने समस्या बढ्छ। पाचन प्रणाली बिग्रिन्छ। दिमाग, मुटु र मिर्गौलामा असर पार्छ।

    दूधमा पानी मिसाउने कुरा सामान्य हो। यो कुनै इस्यु नै होइन। दूध शुद्ध र रसायनमुक्त छ भने आधा पानी मिसाए पनि यसले बेफाइदा गर्दैन। इस्यु त दूधमा भएको रसायनको हो। दूधलाई अन्य परिकारमा परिवर्तन गर्दा अपनाइने प्रक्रियाको क्रममा यी रसायनहरुमा केही कमी आउँछ।

    जस्तै, दूधबाट दही, चिज, मख्खन, घिउ, छुर्पी आदि बनाउँदै जाँदा रसायनको मात्रा पनि घट्दै जान्छ र रसायन कमजोर पनि हुँदै जान्छ। यसकारण दूधभन्दा दही राम्रो, दहीभन्दा चिज राम्रो, चिजभन्दा घिउ राम्रो, घिउभन्दा छुर्पी राम्रो मानिन्छ स्वास्थ्यको दृष्टिकोणले।

    दूध पचाउन नसक्नेहरु पनि धेरै छन्। दूधमा ल्याक्टोज नामक कार्बोहाइड्रेट हुन्छ। धेरै मान्छेमा ल्याक्टोज नपच्ने समस्या हुन्छ, जसलाई ल्याक्टोज इन्टोलरेन्स भनिन्छ। दूध खायो कि पेट पोल्ने, पेट ढुस्स हुने, फुल्ने, पखाला चल्ने जस्ता लक्षण देखियो भने बुझ्नुपर्छ कि दूधमा भएको ल्याक्टोज पचेन।

    यस्ता मान्छेले दूध पिउन हुँदैन। यस्तै प्रकारले दूधमा क्याजेन नामक प्रोटिन हुन्छ, जसले धेरै मान्छेलाई एलर्जी गराउँछ। यदि एलर्जी भएमा दूध पिउनेबित्तिक्कै जीउ चिलाउने, सास फेर्न गाह्रो हुने, रक्तचाप घट्नेजस्ता लक्षण देखिन्छन्। कडा खालको एलर्जी भयो भने मृत्युसमेत हुन सक्छ। यसकारण दूध खाएपछि छाला चिलाउने र दम फुल्ने भएमा कहिल्यै पनि दूध र दूधबाट बनेका परिकार खानुहुँदैन।

    अब पाउडर दूधबारे केही कुरा गरौं। झोल दूधलाई उमालेर, सुकाएर अनि त्यसमा पौष्टिक तत्वहरु मिसाएर पाउडर दूध बन्छ। शुद्ध झोल दूधबाट राम्रो पाउडर दूध बन्छ, रसायन मिसिएको झोल दूधबाट बनेको पाउडर दूध पनि रसायनले नै भरिएको अस्वस्थकर हुन्छ।

    दूधलाई पाउडर बनाउँदा यसको चिल्लो पदार्थमा भएको कोलेस्टेरोल अक्सिडाइज्ड भएर खराब कोलेस्टेरोल बन्छ। यस कारण पाउडर दूध कोलेस्टेरोलका हिसाबले र त्यसमा मिसाइएका रसायनका हिसाबले स्वास्थ्यबर्धक मानिदैन।

    दूधबारे यति धेरै विवरणहरु प्रस्तुत गरेपछि अब दूध पिउने वा, नपिउने बारे मेरो सल्लाह–सुझाव यसप्रकार रहेको छ:

    १) शुद्ध गाईको दूध खोजौं। हर्मोनको सुई नलगाएको, विषादी मिसिएको आहार नखुवाएको गाईभैंसीको दूध पिउनका लागि उत्तम छ।

    २) राम्रो दूध दैनिक २ गिलास (४०० देखि ५०० मिलिलिटरसम्म) मात्र पिउने गरौं। यसभन्दा धेरै दूधले स्वास्थ्यलाई हानि पुर्‍याउन सक्छ। यसका प्रशस्त वैज्ञानिक आधारहरु छन्।

    ३) ल्याक्टोज इन्टोलरेन्स भएकाहरुले दूध पिउन छाडौं।

    ४) दूधमा एलर्जी भएकाले दूध वा दूधको कुनै पनि परिकार नखाऔं।

    ५) दूधले हड्डी बलियो बनाउँछ भन्ने वैज्ञानिक आधार छैन। यसकारण हड्डी बलियो बनाउन हरियो सागपात, फलफूल, गेडागुडी, अण्डा आदि खाने गरौं र प्रशस्त हिँडडुल, व्यायाम गरौं।

    ६) बच्चालाई आमाको दूध खाने उमेर पुगेपछि पाउडर दूधको सट्टा दालको रस, तरकारीको सूप, लिटोजस्ता आहार खुवाउने गरौं।

    ७) वयष्कका लागि दूध पिउनै पर्ने आहार होइन। मिसावटै मिसावट भएको आजको युगमा दूधको सट्टा अन्य विकल्पको खोजी गर्नु बेस होला।

    प्रतिकृया दिनुहोस्

    एकीकृत समाजवादी फुट्ने हल्लाकाबीच अध्यक्ष नेपालले आह्वान गरे संसदीय दलको बैठक

    काठमाडौं। नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले पार्टीकाे संसदीय दलको बैठक आह्वान गरेका छन्। जनता...

    अशोक राई नेतृत्वको जनता समाजवादी फुट्यो

    काठमाडौँ। अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीको ३१ सदस्य कार्यसमिति गठन भएको छ। आइतबार बसेको...

    तमू समाज कुवेतद्वारा आयोजित “आठौ रक्तदान” कार्यक्रम सम्पन्न

    कुवेत-“रगतदान जीबनदान” भन्ने पवित्र उद्देश्य र मानबिय भावनाका साथ तमू समाज,कुवेतद्वारा हिजो ०३ मे २०२४...

    आज बैशाख-२३ गते आइतबारको राशिफल हेरेर तपाईको शुभ दिनको सुरुवात गर्नुस्

    श्री शाके १९४६ विस २०८१ साल बैशाख २३ गते आइतबार इश्वी सन २०२४ मे ५...

    सशस्त्र प्रहरीले जोगायो नदीले बगाउँदै गरेका व्यक्तिको ज्यान

    सप्तरी। बैशाख २१ गते बिहान करिब ९ बजेको हुँदो हो। कन्चनरुप नगरपालिका–१ स्थित बैरवाको उत्तर...

    फेसबुक

     

    अध्यक्ष : हरि बहादुर बानियाँ

    प्रधान सम्पादक : संजीव कुमार राई

    कार्यकारी सम्पादक : कमल सिंह

    सम्पादक : सुजन कँडेल

    साहित्य प्रमुख : दिपक आचार्य ‘जलन’

    विशेष प्रतिनिधि/संवाददाता :
    १) नवराज राई (संखुवासभा)
    २) रबिन्द्र बराल (मोरङ)
    ३) राम प्रसाद ढुंगेल (युएई)
    ४) युवराज राई (हेटौंडा)
    ५) अमृता राई (इलाम)

    बिज्ञापनका लागि :
    कार्यालय : नयाँ बानेश्वर -१०, काठमाण्डौं, नेपाल।

    सम्पर्क नम्बर : 9862181818

    ईमेल : [email protected]

    दर्ता न. : ३१४७ (सूचना विभाग)

    पुरा टीम

    Copyright © 2016-2024 HimaliSanchar | Powered By EasySoftnepal