News Portal

  • कुवेतमा हरितालिका तिज कार्यक्रम सम्पन्न

    हिमाली संचार डटकम
    १४२७ पटक

    हरि बानिया सेप्टेम्बर १४, कुवेत – हिन्दु नेपाली महिलाहरूको महान चाड हरितालिका तिज कार्यक्रम शुक्रबार कुवेतकाे फर्वानिया स्थित युनिक अडाेटाेरियन हलमा भव्यरुपमा सम्पन्न भएको छ।

    मन्चका अध्यक्ष गोबिन्द बरालको सभापतित्वमा सम्पन्न कार्यक्रममा नेपाली राजदुतावास कुवेतका राजदुतका धर्मपत्नी रीता हमालको प्रमुख अतिथित्व रहेको थियो भने बिशेष अतिथीमा नेपाली राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्माको रहेको थियो । अतिथीहरुमा पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरी कृष्ण न्यौपाने, एनआरनए कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल रहेका थिए भने कार्यक्रममा बिभिन्न संघ संस्था प्रतिनिधिहरु, पत्रकारहरु, बुद्दिजिबी, समाजसेवी कुवेतबासी नेपालीहरूको बाक्लो उपस्थिति रहेको थियो।

    नेपाली राजदुतावास कुवेतका राजदुत धर्मपत्नी रीता हमाल, राजदुतावास कुवेतका श्रम सहचारी ज्ञानेन्द्र शर्मा, पत्रकार महासंघ कुवेत साखाका अध्यक्ष हरी कृष्ण न्यौपाने, एनआरनए कुवेतकी अध्यक्ष सुमित्रा देवी पौडेल, नेपाल कुवेत साँस्कृतिक मञ्चका संरक्षक सुजन के सी लगायतले शुभकामना मन्तब्य राखेका थिए ।

    मञ्चले भुमा रसाइली, मिरा पौडेल, बिशाल सुनुवार, कृष्ण सुनुवार लाई प्रमाणपत्र सहित सम्मान गरेको थियो ।

    हरितालिका तिजको कार्यक्रममा प्रमुख अतिथि महामहिम राजदूत यज्ञ बहादुर हमालकी धर्मपत्नी रिता हमाल हुनुहुन्थ्यो।

    हरितालिका तिजमा कुवेतका प्रायजसो महिलाहरु उपस्थिति हुनुहुन्थ्यो तर हल सानाे र भित्र धेरै नै गर्मी भएको कारणले गर्दा भित्र बस्न अलि गाह्रो भएको अनुभव थियो तर पनि दिदीबहिनीहरुले साह्रै खुशीको साथ नाचगान गर्दै हुनुहुन्थ्यो।

    हरितालिका तिज हरेक वर्ष नेपाल कुवेत सांस्कृतिक मंचले आयोजना गर्दै आएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ओलीको जलेको घर मर्मत नहुने, गुण्डुमा ‘ओली कुटी’ बनाइने

    काठमाडौं, कार्तिक ५ – नेकपा एमालेका नेता महेश बस्नेतले अध्यक्ष केपी शर्मा ओलीको बालकोटस्थित जलेको घर...

    छठ पूजाका लागि सुप्पा बनाउन व्यस्त

    रविन्द्र बराल/ मोरङ, कार्तिक ५ – हिन्दु धर्मावलम्बीहरूको तेस्रो महान पर्व छठ नजिकिँदै जाँदा पर्वमा प्रयोग...

    भक्तपुरका दुईथरी ‘थ्रेट’मा सरकारको निगरानी कडा

    काठमाडौं, कार्तिक ५ – गृह मन्त्री ओमप्रकाश अर्यालले भक्तपुरका दुईथरी ‘थ्रेट’लाई नियन्त्रण गर्न सरकारले कडाइका...

    जेनजी आन्दोलनका घाइते र प्रधानमन्त्रीबीच बैठक निष्कर्षविहीन

    काठमाडौं, कार्तिक ५ – जेनजी आन्दोलनमा घाइते भएका युवा र प्रधानमन्त्रीबीच हिजो बालुवाटारमा भएको बैठकले...

    तोकिएकै समयमा निर्वाचन हुनुपर्छ : प्रचण्ड

    जनकपुरधाम, कात्तिक ५ – नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले तोकिएको मितिमै आगामी...