News Portal

गायक प्रमोद खरेल विरुद्ध १ करोड क्षतिपूर्ति माग सहित मुद्धा दर्ता

हिमालीसंचार संवाददाता
४३३ पटक

काठमाण्डौ – गायक प्रमोद खरेल विरुद्ध रु १ करोड क्षतिपूर्ति माग गर्दै मुद्धा दर्ता भएको छ ।

सर्जक तथा विन्दवासिनी म्युजिक संचालक सुवार रेग्मीले गायक खरेल विरुद्ध ट्र्याकहरु आफ्नो कुनै अनुमतिबीना प्रयोग गरेको भन्दै नेपाल प्रतिलिपि अधिकार रजिस्ट्रारको कार्यालयमा शुक्रवार मुद्दा दायर गराएका हुन्।

सर्जक रेग्मीले ‘म प्रोड्युसर रहेको, मेरो लगानीमा निर्माण भएको, मैले लेखेको गीतहरूको ट्रयाक, मेरो अनुमति बिना बर्षौ देखि प्रयोग गरेर मनग्य आर्थिक उपार्जन गरिरहेको मेरो प्रतिलिपि अधिकार एवम् आर्थिक अधिकार हनन् गरेका कारण १ करोड क्षतिपूर्ति दिलाई भराई पाऊनको लागि नेपाल प्रतिलिपि रजिस्ट्रारको कार्यालयमा गायक प्रमोद खरेल बिरूद्ध आज निबेदन दिएको छु, रेग्मीले भनेका छन् ।

सर्जक रेग्मीले प्रचलित नेपाल कानून बमोजिम दोषिलाई दन्डीत, पिडीतलाई न्याय दिलाई पाऊन अदालतमा रिट दायर गर्ने प्रकृयाको शुरूवात गरेको समेत बताउदै ‘प्रमोद जीलाई नेपाली गीत संगीतमा जन्म दिएको बिन्ध्यबासिनीले हो, आफुलाई जन्म दिएको आमालाई नरुवाउनु होला’ सर्जक रेग्मी, लोकप्रिय गायकले नै ठूलो कम्पनीका ट्र्याकहरु अनुमति बिना प्रयोग गर्नु लज्जास्पद रहेको रेग्मीको भनाइ छ । रासस 

प्रतिकृया दिनुहोस्

अनसनरत डा. निकोलस भुसालको स्वास्थ्यमा समस्या, वीर अस्पतालमा भर्ना

काठमाडौँ, पुष १६ – विभिन्न माग राख्दै नौ दिनदेखि अनसनमा बसेका डा. निकोलस भुसालको स्वास्थ्यमा...

कुवेतमा बंगलादेशी प्रवासीकाे सीप–सशक्तिकरणकाे आवाज

कुवेत– ​मध्यपूर्वी देश कुवेतमा बंगलादेशी नागरिकहरूको लागि सम्मानजनक र दिगो श्रम बजार निर्माण गर्ने उद्देश्यले...

नातावादको आरोपमा कुलमान घिसिङको कडा प्रतिक्रिया

काठमाडौं, पुष १६ – उर्जामन्त्री कुलमान घिसिङले समानुपातिक उम्मेदवारको बन्दसूचीलाई लिएर आफूविरुद्ध आएका समाचारहरूलाई असत्य...

देउवा सभापति दौडबाट बाहिर, खड्कालाई खुला समर्थन

काठमाडौं – नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टीको आगामी १५औँ महाधिवेशनमा कार्यवाहक सभापति पूर्णबहादुर खड्कालाई...

छोराछोरीको हेला, बुबाआमाको बिचल्ली: मोरङमा ८० वर्षीय दम्पत्तिको दैनिकी संकटमय

रबिन्द्र बराल- मोरङको सुनवर्सी नगरपालिका–८ बुधबारी चोक नजिक विगत झण्डै ८० वर्षदेखि ५ धुर जग्गामा...