News Portal

सुर्खेतमा तिज कार्यक्रम यसरी मनाईयो (भिडियो सहित)

हिमाली संचार संवाददाता
१७१८ पटक

मधुवन बिसी
सुर्खेत – विगतको बर्ष झै यस बर्षपनि हरितालीका तीजको नेपाली महिलाहरुले भगवान शिवको पूजा आरधना गरि मनाएका छन।

तिजलार्इ हिन्दुका साथै बौद्व, शिख लगाएतका धर्म मान्नेहरुसमेत मनाउने भएकाले यसलार्इ धार्मिक एकताको सन्देस दिने पर्वका रुपमा पनि लिर्इन्छ।

तिजको अवसरमा हिजो सुर्खेतको बीरेन्द्रनगर ९ लाटिकोर्इलीमा रहेको प्रसिद्व शिव मन्दिर, कालुङचोक, इत्राम लगाएतका शिवालयमा पनि पूजा अर्चना गर्नेहरुको घुर्इचो लागेको थियो।

तिजमा विवाहित महिलाहरु शिवको पूजा-आराधना गर्दै आफ्ना पतिको सुस्वास्थ्यको कामना गर्छन भने अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पाउने  कामनाका साथ ब्रत बस्ने धार्मिक मान्यता छ।

यस्तै तिजको अवसरमा यसपाली पनि सुर्खेतको बागीना समूह सुर्खेतले वीरेन्द्रनगरको खुलामन्चमा तिज सदभाव मेलाको आयोजना गरेको छ।

खुल्लामन्ञमा वीरेन्द्रनगर नगरका विभिन्नठाँउबाट दिदीबहीनीहरु जम्मा भएर समुह सुमहबनाएर नाचगान गरेका छन।

यसै बीच तिज सद्भाव मेलामा सहभागीहरुले पछिल्ला समय तिज तडकभडक भएको भन्दै चिन्ता व्यक्त गरेका छन।

उनिहरुले तिजमा गितमात्र नभएर मनाउने शैली नै परिवर्तन भएर महिना दिन अगाडी देखि नै तिज मनाउने चलन फष्टाएकोमा चिन्ता जनाएका छन।

बागिना समुहले आयोजना गरेको सद्भभाव मेलामा सुर्खेतका बरिष्ठ कलाकारहरु प्रेमदेव गरी, गंगा केसी, कुलमान नेपाली, ज्ञानबहादुर नेपालीको सहभागीता रहेको थियो।

कार्यक्रममा गायिका टिका पुनले गितमार्फत तिजका बेदनाहरु सुर्खेती दिदीबहिनीहरु संगसंगै साट्नु भयो।

भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

रङ्गेली वडा नं. १ का अध्यक्षद्वारा पार्टी परित्याग

रबिन्द्र बराल/ मोरङ, रङ्गेली – नेपाल कम्युनिष्ट पार्टी (एमाले)बाट दुई पटक निर्वाचित रङ्गेली नगरपालिका वडा...

मध्यपूर्व द्वन्द्वका कारण आप्रवासी श्रमिक असुरक्षित, सुरक्षामा ध्यान दिन अन्तर्राष्ट्रिय निकायको आग्रह

काठमाडौं, २६ फागुन – मध्यपूर्व क्षेत्रमा चर्किंदो युद्ध र तनावले त्यहाँ रोजगारीका लागि पुगेका लाखौं...

जनताको साथ ठूलो शक्ति, परिणामले निराश बनाएको छैन : कुलमान घिसिङ

काठमाडौँ, फागुन २६ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङ ले प्रतिनिधिसभा निर्वाचनको परिणाम अपेक्षाअनुसार...

आज २०८२ साल फागुन २६ गतेको राशिफल

आज फागुन २६, २०८२ ( मार्च १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

दुर्गा रेग्मीको पार्थिव शरीरको अन्त्येष्टि सम्पन्न, परिवारप्रति पार्टीको दायित्व के?

मोरङ, फागुन २५ – मोरङको रङ्गेली नगरपालिका वडा नं. ९ निवासी दुर्गा रेग्मीको आज हिन्दु...