News Portal

सुर्खेतमा तिज कार्यक्रम यसरी मनाईयो (भिडियो सहित)

हिमाली संचार संवाददाता
१६८९ पटक

मधुवन बिसी
सुर्खेत – विगतको बर्ष झै यस बर्षपनि हरितालीका तीजको नेपाली महिलाहरुले भगवान शिवको पूजा आरधना गरि मनाएका छन।

तिजलार्इ हिन्दुका साथै बौद्व, शिख लगाएतका धर्म मान्नेहरुसमेत मनाउने भएकाले यसलार्इ धार्मिक एकताको सन्देस दिने पर्वका रुपमा पनि लिर्इन्छ।

तिजको अवसरमा हिजो सुर्खेतको बीरेन्द्रनगर ९ लाटिकोर्इलीमा रहेको प्रसिद्व शिव मन्दिर, कालुङचोक, इत्राम लगाएतका शिवालयमा पनि पूजा अर्चना गर्नेहरुको घुर्इचो लागेको थियो।

तिजमा विवाहित महिलाहरु शिवको पूजा-आराधना गर्दै आफ्ना पतिको सुस्वास्थ्यको कामना गर्छन भने अविवाहित महिलाहरु सुयोग्य तथा आदर्श पाउने  कामनाका साथ ब्रत बस्ने धार्मिक मान्यता छ।

यस्तै तिजको अवसरमा यसपाली पनि सुर्खेतको बागीना समूह सुर्खेतले वीरेन्द्रनगरको खुलामन्चमा तिज सदभाव मेलाको आयोजना गरेको छ।

खुल्लामन्ञमा वीरेन्द्रनगर नगरका विभिन्नठाँउबाट दिदीबहीनीहरु जम्मा भएर समुह सुमहबनाएर नाचगान गरेका छन।

यसै बीच तिज सद्भाव मेलामा सहभागीहरुले पछिल्ला समय तिज तडकभडक भएको भन्दै चिन्ता व्यक्त गरेका छन।

उनिहरुले तिजमा गितमात्र नभएर मनाउने शैली नै परिवर्तन भएर महिना दिन अगाडी देखि नै तिज मनाउने चलन फष्टाएकोमा चिन्ता जनाएका छन।

बागिना समुहले आयोजना गरेको सद्भभाव मेलामा सुर्खेतका बरिष्ठ कलाकारहरु प्रेमदेव गरी, गंगा केसी, कुलमान नेपाली, ज्ञानबहादुर नेपालीको सहभागीता रहेको थियो।

कार्यक्रममा गायिका टिका पुनले गितमार्फत तिजका बेदनाहरु सुर्खेती दिदीबहिनीहरु संगसंगै साट्नु भयो।

भिडियो हेर्नुहोस।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष २६ गतेको राशिफल

आज पुष २६, २०८२ (जनवरी १०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

पोखरा वडा ३३ का वडाध्यक्ष प्रहरी नियन्त्रणमा

पोखरा, २५ पुष – पोखरा महानगरपालिका वडा नं. ३३ का वडाध्यक्ष रामचन्द्र अधिकारीलाई स्थानीयसँग विवाद...

माधे सङग्रान्तिका लागि चिउरा कुटाउने हरुकाे घुईचाे 

रबिन्द्र बराल/मोरङ, पुष २५ – मोरङको रंगेली नगरपालिका आसपासका क्षेत्रमा अहिले चिउरा कुट्ने भिड भ्याई...

रत्नेचौरको तोरीबारीमा इन्द्रेणीको लाइभ सांगीतिक कार्यक्रम हुने

म्याग्दी, पुष २५ – बेनी नगरपालिका–१ स्थित रत्नेचौरको चर्चित तोरीबारीमा यही माघ १६ गते लोकप्रिय...

प्रतिनिधिसभा निर्वाचनमा कांग्रेस–एमाले चुनावी गठबन्धनको तयारी, सिट बाँडफाँटमा गहन गृहकार्य

काठमाडौं– राष्ट्रियसभा निर्वाचनमा प्रमुख दलबीच बनेको गठबन्धनलाई निरन्तरता दिँदै प्रतिनिधिसभा सदस्य निर्वाचनमा पनि चुनावी गठबन्धन...