News Portal

काठमाडौ उपत्यकामा २४ घण्टामा थप ९ सय ३४ जनामा कोरोना संक्रमण

हिमालीसंचार संवाददाता
५८७ पटक

काठमाडौँ – पछिल्लो २४ घण्टामा काठमाडौं उपत्यकामा थप ९ सय ३४ जनामा कोरोना संक्रमित देखिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको मंगलबार नियमित मिडिया ब्रिफिङका क्रममा काठमाडौंमा ७ सय ४७ ललितपुरमा १ सय १४ र भक्तपुरमा ७३ जना संक्रमित थपिएका हुन्। सोमबार काठमाडौंमा ६ सय ४९ ललितपुरमा १ सय ३२ र भक्तपुरमा ३६ जना गरी ८ सय १७ जनामा कोरोना संक्रमण देखिएको थियो।

यस्तै, पछिल्लो २४ घण्टामा नेपालभर ७ सय ३१ जना कोरोना संक्रमित निको भएका छन्। योसँगै नेपालमा कोरोनाबाट निको हुनेहरुको संख्या ५५ हजार ३ सय ७१ पुगेको मन्त्रालयका प्रवक्ता डा.जागेश्वर गौतमले बताएका छन्।

यस्तै मुलुकभर कोरोना संक्रमितको संख्या ७६ हजार २ सय ५८ पुगेको छ। हाल सक्रिय कोरोना संक्रमितको संख्या २० हजार ३ सय ९६ पुगेको मन्त्रालयका प्रवक्ता डा.गौतमले मंगलबारको मिडिया ब्रिफिङमा जानकारी दिएका छन्। पछिल्लो २४ घण्टामा १० हजार ८ सय ९१ पीसीआर परीक्षण भएका छन्।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...