News Portal

समाजसेवाको बाटोमा खाडीकी लाहुरेनी, समस्यामा परेका नेपालीको सारथी

हिमालीसंचार संवाददाता
७२८ पटक

राम प्रसाद ढुंगेल, युएई – सामाजिक संजाल फेसबुक र टिकटकमा “खाडीकाे लाउरे ओ~~~ए~~~ खाडीकाे लाउरे” भन्ने अभिव्यक्ति दिएर भाइरल भएकी खाडीकी लाहुरेनी युएईमा रोजगारीसँगै समस्यामा परेका नेपाली कामदारहरुको उद्वार तथा नेपाल फिर्तीका लागि हिजोआज निकै सक्रिय छिन्।

नेपाल सिन्धुली स्थायी घर भएकी उनको वास्तविक नाम भने सुबी बुढाथोकी हाे। उनी दुबईको एक पार्लरमा विगत ५ वर्षदेखि म्यानेजरका रूपमा कार्यरत छिन्। कोरोनाको कारण युएईमा बिचल्लीमा परेका नेपाली कामदारहरुको सहयोगका लागि फेसबुक लाइभबाट निरन्तर अपिल गरिरहेकी उनी युएईको नेपाली सामाजिक क्षेत्रमा नयाँ अनुसार हुन्। कामबाट फुर्सद मिल्ने बित्तिकै उनी समस्यामा परेका नेपाली कामदारहरुको सहयोगका लागि क्रियाशील हुन्छिन्।

कोरोना भाइरसका कारण जागिर गुमाएका, तलब नपाएका र भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीहरुलाई उनको नेतृत्वमा सहयोग जुटाएर र समन्वय गरेर हवाई टिकट समेत उपलब्ध गराउन उनी सफल भएकी छन्।

समाजसेवी बढाथोकीको निरन्तरको पहलमा गत १९ सेप्टेम्बरमा ४ जना नेपाली युवाहरु नेपाल फर्किसकेका छन्। भिजिट भिसामा युएई आएर अलपत्र परेका चितवन जिल्लाका अशोक दराई र बुद्धिबहादुर, लमजुङका विकास गुरुङ र गोरखाका नेत्रबहादुर थापा मगर  गरी चार जनालाई आफ्नो पहलमा हवाई टिकट प्रदान गरेको र अन्य ११ जनालाई पनि नेपाल पठाउने तयारी भइरहेको हिमाली संचारसंगको कुराकानीमा जानकारी दिएकी छिन्।

समाजसेवी सुबीले आफ्नो चिनजानका साथीहरू र विदेशी सहयोगी दाताहरूको सहयोगमा समस्यामा परेका नेपालीहरुलाई आवश्यक समन्वय गरिरहेकी बताउछिन्। सामाजिक संजाल फेसबुक र टिकटकमा “खाडीकाे लाउरे ओ~~~ए खाडीकाे लाउरे” भन्ने अभिव्यक्ति दिएर आलोचना साथै समर्थनको भारी प्रतिक्रिया पाएकी सुबी ती प्रतिक्रियाहरुले अझ उर्जा मिलेको र समाजसेवाको अभियानमा सामाजिक संजालले सहयोग नै पुर्‍याउने गरेको बताएकी छन्।

 “समस्यामा परेका १७ जनालाई खाध्य सामग्री वितरण !” 

एनआरएन युएई र नेपाली दूतावासलाई टाउको दुखाईको विषय बनेको १७ जना नेपाली कामदारहरुलाई सुबीले करिब ५ सय दिराम बराबरको खाद्यान्न सहयोग गरेकी छन्। जेबल अलीको एक फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत १७ जना नेपाली कामदार जो ओभरस्टे जरिवाना तिर्न नसकी एयरपोर्टबाट फिर्ता भएका थिए, उनीहरुलाई सुबीले दाल, चामललगायतका सामग्री सेप्टेम्बर २७ आइतबार उपलब्ध गराएकी थिइन्।

कोभिड-१९ को कारण कामविहीन भएका उनीहरूलाई सामाजिक अभियन्ता उत्तम भण्डारीले बर-दुबईको आफ्नो कोठामा आश्रय दिइरहेका छन्। सम्बन्धित कम्पनी, एनआरएनले सुरुमा सहयोग गरे पनि अहिले वास्ता नगरेको र नेपाली दूतावासले प्रभावकारी तरिकाले कम्पनीलाई दबाब नदिएकोले आफुहरु बिचल्लीमा परेको पीडित नेपाली कामदारहरुले बताएका छन।

प्रतिकृया दिनुहोस्

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...