News Portal

  • समाजसेवाको बाटोमा खाडीकी लाहुरेनी, समस्यामा परेका नेपालीको सारथी

    हिमालीसंचार संवाददाता
    ६३६ पटक

    राम प्रसाद ढुंगेल, युएई – सामाजिक संजाल फेसबुक र टिकटकमा “खाडीकाे लाउरे ओ~~~ए~~~ खाडीकाे लाउरे” भन्ने अभिव्यक्ति दिएर भाइरल भएकी खाडीकी लाहुरेनी युएईमा रोजगारीसँगै समस्यामा परेका नेपाली कामदारहरुको उद्वार तथा नेपाल फिर्तीका लागि हिजोआज निकै सक्रिय छिन्।

    नेपाल सिन्धुली स्थायी घर भएकी उनको वास्तविक नाम भने सुबी बुढाथोकी हाे। उनी दुबईको एक पार्लरमा विगत ५ वर्षदेखि म्यानेजरका रूपमा कार्यरत छिन्। कोरोनाको कारण युएईमा बिचल्लीमा परेका नेपाली कामदारहरुको सहयोगका लागि फेसबुक लाइभबाट निरन्तर अपिल गरिरहेकी उनी युएईको नेपाली सामाजिक क्षेत्रमा नयाँ अनुसार हुन्। कामबाट फुर्सद मिल्ने बित्तिकै उनी समस्यामा परेका नेपाली कामदारहरुको सहयोगका लागि क्रियाशील हुन्छिन्।

    कोरोना भाइरसका कारण जागिर गुमाएका, तलब नपाएका र भिजिट भिसामा युएई आएर अलपत्र परेका नेपालीहरुलाई उनको नेतृत्वमा सहयोग जुटाएर र समन्वय गरेर हवाई टिकट समेत उपलब्ध गराउन उनी सफल भएकी छन्।

    समाजसेवी बढाथोकीको निरन्तरको पहलमा गत १९ सेप्टेम्बरमा ४ जना नेपाली युवाहरु नेपाल फर्किसकेका छन्। भिजिट भिसामा युएई आएर अलपत्र परेका चितवन जिल्लाका अशोक दराई र बुद्धिबहादुर, लमजुङका विकास गुरुङ र गोरखाका नेत्रबहादुर थापा मगर  गरी चार जनालाई आफ्नो पहलमा हवाई टिकट प्रदान गरेको र अन्य ११ जनालाई पनि नेपाल पठाउने तयारी भइरहेको हिमाली संचारसंगको कुराकानीमा जानकारी दिएकी छिन्।

    समाजसेवी सुबीले आफ्नो चिनजानका साथीहरू र विदेशी सहयोगी दाताहरूको सहयोगमा समस्यामा परेका नेपालीहरुलाई आवश्यक समन्वय गरिरहेकी बताउछिन्। सामाजिक संजाल फेसबुक र टिकटकमा “खाडीकाे लाउरे ओ~~~ए खाडीकाे लाउरे” भन्ने अभिव्यक्ति दिएर आलोचना साथै समर्थनको भारी प्रतिक्रिया पाएकी सुबी ती प्रतिक्रियाहरुले अझ उर्जा मिलेको र समाजसेवाको अभियानमा सामाजिक संजालले सहयोग नै पुर्‍याउने गरेको बताएकी छन्।

     “समस्यामा परेका १७ जनालाई खाध्य सामग्री वितरण !” 

    एनआरएन युएई र नेपाली दूतावासलाई टाउको दुखाईको विषय बनेको १७ जना नेपाली कामदारहरुलाई सुबीले करिब ५ सय दिराम बराबरको खाद्यान्न सहयोग गरेकी छन्। जेबल अलीको एक फेसिलिटी म्यानेजमेन्ट कम्पनीमा कार्यरत १७ जना नेपाली कामदार जो ओभरस्टे जरिवाना तिर्न नसकी एयरपोर्टबाट फिर्ता भएका थिए, उनीहरुलाई सुबीले दाल, चामललगायतका सामग्री सेप्टेम्बर २७ आइतबार उपलब्ध गराएकी थिइन्।

    कोभिड-१९ को कारण कामविहीन भएका उनीहरूलाई सामाजिक अभियन्ता उत्तम भण्डारीले बर-दुबईको आफ्नो कोठामा आश्रय दिइरहेका छन्। सम्बन्धित कम्पनी, एनआरएनले सुरुमा सहयोग गरे पनि अहिले वास्ता नगरेको र नेपाली दूतावासले प्रभावकारी तरिकाले कम्पनीलाई दबाब नदिएकोले आफुहरु बिचल्लीमा परेको पीडित नेपाली कामदारहरुले बताएका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    राजनीतिक दबाब नभई व्यक्तिगत कारणले पद त्यागेको खतिवडाको भनाइ

    काठमाडौं, साउन २७ – नेपाली कांग्रेसका सांसद तथा प्रतिनिधि सभाको राज्य व्यवस्था समितिका सभापति रामहरि...

    कुलिङ पिरियड विवादपछि खतिवडाको राजीनामा, ‘जिम्मेवारी बोध गर्दै हाँसी–हाँसी पद त्याग’

    काठमाडौं, साउन २७ – प्रतिनिधि सभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले...

    रोनाल्डो–जर्जिनाको सम्बन्ध अब वैवाहिक बन्धनतर्फ

    काठमाडौं, साउन २७ – पोर्चुगिज फुटबलका सुपरस्टार क्रिस्टियानो रोनाल्डोले आफ्नो लामो समयकी प्रेमिका जर्जिना रोड्रिगेजसँग...

    राज्य व्यवस्था समितिका सभापति खतिवडाले राजीनामा दिने तयारी, कुलिङ अफ पिरियड विवादमा जिम्मेवारी पुष्टि

    काठमाडौं, साउन २७ — कुलिङ अफ पिरियड विवादमा छानबिन गर्न गठन गरिएको विशेष समितिको प्रतिवेदनले...

    भारतले थप २०० मेगावाट बिजुली आयात गर्ने अनुमति दियो

    काठमाडौं, साउन २७ — नेपाल र भारतबीच विद्युत् व्यापारमा नयाँ अध्याय खुलेको छ। भारत सरकारले...