News Portal

शान्ति मिसनको घटनालाई लिएर अनुसन्धान हुने

हिमालीसंचार संवाददाता
४७९ पटक

काठमाडौँ — नेपाली सेनाले संयुक्त राष्ट्र संघ (यूएन) मिसनको कंगोमा शुक्रबार राति भएको घटनालाई लिएर अनुसन्धान गर्न मिसनमै रहेका सिनियर मेजरको नेतृत्वमा कोर्ट अफ इन्क्‍वायरी गठन गरेको छ ।

मिसनमा खटिएका तीन जना क्याप्टेनले सैनिक जवानहरुलाई दुर्व्यवहार गरेको कुरा सामाजिक सञ्जालमार्फत सार्वजनिक भएपछि सेनाले त्यसको सत्य तथ्य पत्ता लगाउनको लागि अनुसन्धान थालेको हो।

सैनिक प्रवक्ता सन्तोषबल्लभ पौडेलका अनुसार घटनाको विषयमा जानकारी पाउने बित्तिकै शान्ति सेना निर्देशनालयमार्फत अनुसन्धानको काम अघि बढाइएको हो।उनले केही दिनमै उक्त अनुसन्धान पुरा हुने र त्यसपछि गल्ती गर्नेलाई सैनिकको नियम अनुसार कारवाही हुने बताए।

प्रतिकृया दिनुहोस्

खाडी मुलुकमा अफवाह फैलाएको आरोपमा सात नेपाली पक्राउ

काठमाडौं, चैत ६ – सामाजिक सञ्जालमार्फत अफवाह फैलाएको आरोपमा खाडी मुलुकहरूमा सात नेपाली पक्राउ परेका...

गगन थापाको राजीनामा अस्वीकृत गर्न विश्वप्रकाशका ७ आधार

काठमाडौं, चैत ६ — नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माले सभापति गगन थापाले दिएको राजीनामा अस्वीकृत...

दूतावासको निर्णयमा नयाँ दल मौन : श्रमिक अधिकारप्रति प्रश्न -विजय खत्री

काठमाडौँ – कुवेतस्थित नेपाली दूतावासले सामाजिक सञ्जालमार्फत श्रमिकहरूले आफ्ना गुनाेसा राख्न पाउने अधिकार सीमित गर्ने...

आज २०८२ साल चैत ६ गतेको राशिफल

आज चैत ६, २०८२ ( मार्च २०, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

अवैध बालुवा उत्खनन रोक्न सांसद आशिका तामाङको निर्देशन, धादिङका स्थानीय तहद्वारा कडा प्रतिवाद

काठमाडौं, -धादिङ क्षेत्र नं. १ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य आशिका तामाङले जिल्लामा भइरहेको अवैध बालुवा...