News Portal

  • कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

    हिमालीसंचार संवाददाता
    ३५७ पटक

    काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।मोरङका दुई जना तथा काठमाडौं, ललितपुर, सप्तरी, रुपन्देही, बाँके र पर्साका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक छ।

    कानेपोखरी गाउँपालिका-१, मोरङका ५५ वर्षीय पुरुषको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । क्यान्सरका बिरामी उनी ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या लिएर ५ असोजमा अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण भएको असोज ८ गते पुष्टि भएको थियो ।

    मोरङकै ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

    राजविराज नगरपालिका-३, सप्तरीका ७० वर्षीय पुरुषको बिहीबार राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। २५ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासको समस्या लिएर अस्पताल भर्ना भएका थिए।

    बुटवल उपमहानगरपालिका-८, रुपन्देहीका ७२ वर्षीय पुरुषको शुक्रबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनलाई कोरोना संक्रमण भएको शुक्रबार बिहान पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।

    नेपालगञ्ज उपमहानगरपालिका-३, बाँकेका ५२ वर्षीय पुरुषको शुक्रबार नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि ६ गते असपताल भर्ना भएका उनलाई निमोनिया भएको थियो। उनी उच्च रक्तचापबाट समेत पीडित थिए।

    पोखरिया नगरपालिका-१, पर्साका ७७ वर्षीय पुरुषको बिहीबार नेशनल मेडिकल कलेजमा मृत्यु भएको छ । मुटु र मिर्गौलाको समस्याबाट पीडित उनी ७ असोजमा अस्पतालमा भर्ना भएका थिए।

    काठमाडौंका ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    रसुवा कारागारबाट सबै कैदी फरार, कुख्यात अपहरणकारी उदय सेट्टी पनि छुटे

    काठमाडौं, भदौ २५ – रसुवा कारागारमा रहेका सबै ९८ जना कैदी फरार भएका छन्। कारागारका...

    जेनजी समूहको भर्चुअल छलफलमा ३२ सयभन्दा बढी सहभागी

    काठमाडौं, भदौ २५ – राष्ट्रपति र नेपाली सेनाले वार्ताका लागि गरेको आह्वानपछि जेनजी पुस्ताका युवाहरूले वृहद...

    संसद भवनमा ३२ जनाको मृत्यु भएको दाबी भ्रमित सूचना : प्रहरी

    काठमाडौं, भदौ २५ – हाल भइरहेको जेनजि आन्दोलनसँग जोडेर सामाजिक सञ्जालमा फैलाइएको “संसद भवनभित्र ३२...

    प्रहरीबाट खोसिएका हतियार सेनाको जिम्मा

    काठमाडौं, भदौ २५ – मंगलबारको आन्दोलनका क्रममा प्रहरीबाट लुटिएका हतियार, नगद र सञ्चार सामग्री नेपाली...

    आज २०८२ साल भदौ २५ गतेको राशिफल

    आज भदौ २५, २०८२ (सेप्टेम्बर १०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...