News Portal

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

हिमालीसंचार संवाददाता
४२४ पटक

काठमाडौं – पछिल्लो २४ घण्टामा कोरोना भाइरस (कोभिड-१९) को संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।मोरङका दुई जना तथा काठमाडौं, ललितपुर, सप्तरी, रुपन्देही, बाँके र पर्साका एकएक जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालय र प्रदेशका सामाजिक विकास मन्त्रालयको तथ्यांक छ।

कानेपोखरी गाउँपालिका-१, मोरङका ५५ वर्षीय पुरुषको बिहीबार वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ । क्यान्सरका बिरामी उनी ज्वरो आउने, खोकी लाग्ने, श्वासप्रश्वासमा समस्या लिएर ५ असोजमा अस्पताल भर्ना भएका थिए । उनलाई कोरोना संक्रमण भएको असोज ८ गते पुष्टि भएको थियो ।

मोरङकै ६० वर्षीया महिलाको कोरोना संक्रमणबाट मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ।

राजविराज नगरपालिका-३, सप्तरीका ७० वर्षीय पुरुषको बिहीबार राति वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको छ। २५ भदौमा कोरोना संक्रमण पुष्टि भएका उनी ज्वरो आउने, खोकी लाग्ने र श्वासप्रश्वासको समस्या लिएर अस्पताल भर्ना भएका थिए।

बुटवल उपमहानगरपालिका-८, रुपन्देहीका ७२ वर्षीय पुरुषको शुक्रबार कोरोना विशेष अस्पतालमा मृत्यु भएको छ । मिर्गौलाका बिरामी उनलाई कोरोना संक्रमण भएको शुक्रबार बिहान पुष्टि भएको थियो । संक्रमण पुष्टि भएसँगै अस्पतालमा भर्ना भएका उनको उपचारकै क्रममा मृत्यु भएको हो।

नेपालगञ्ज उपमहानगरपालिका-३, बाँकेका ५२ वर्षीय पुरुषको शुक्रबार नेपालगञ्ज मेडिकल कलेजमा मृत्यु भएको छ। श्वासप्रश्वासमा समस्या भएपछि ६ गते असपताल भर्ना भएका उनलाई निमोनिया भएको थियो। उनी उच्च रक्तचापबाट समेत पीडित थिए।

पोखरिया नगरपालिका-१, पर्साका ७७ वर्षीय पुरुषको बिहीबार नेशनल मेडिकल कलेजमा मृत्यु भएको छ । मुटु र मिर्गौलाको समस्याबाट पीडित उनी ७ असोजमा अस्पतालमा भर्ना भएका थिए।

काठमाडौंका ७५ वर्षीया महिला र ललितपुरका ५१ वर्षीय पुरुषको पनि मृत्यु भएको मन्त्रालयले जनाएको छ।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल चैत १७ गतेको राशिफल

आज चैत १७, २०८२ ( मार्च ३१, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...

पक्राउपछि पूर्वमन्त्री दीपक खड्का अस्पताल भर्ना

काठमाडौं, चैत १६ – प्रहरी नियन्त्रणमा रहेका पूर्वऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री एवं कांग्रेस नेता दीपक खड्कालाई...

प्रतिपक्षी नेतामाथि ज्यान मार्ने धम्कीको आरोप, सिआइबी मा उजुरी दर्ता गर्ने तयारी

काठमाडौं । एक प्रतिपक्षी नेताले आफूलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का समर्थकबाट ज्यान मार्ने तथा...

ओली–लेखकको बन्दी प्रत्यक्षीकरण निवेदन फरक–फरक इजलासमा

काठमाडौं, चैत १६ – पूर्वप्रधानमन्त्री तथा नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री तथा कांग्रेस...

देशभर मौसम बदली, केही स्थानमा वर्षा र हिमपातको सम्भावना

काठमाडौं, चैत १६ – देशमा अहिले पश्चिमी वायुसँगै स्थानीय वायुको प्रभाव रहँदा मौसम आंशिकदेखि सामान्य...