News Portal

मुटुमा प्वाल परेको ६वर्षीय बालिकाकाे उपचार रंगेली नगरपालिकाले गर्ने

हिमालीसंचार संवाददाता
३२२ पटक

रबिन्द्र बराल -माेरङकाे रंगेली नगरपालिका १ स्थित जमुवा टाेलमा वसाेबास गर्दै आएका लाल किस्कु की ६ बर्षिय छाेरी सभ्यता किस्कुकाे मुटुमा प्वाल परेपछि आर्थिक अभाबका कारण उपचार हुन सकेको छैन।

साता दिन अगाडि समाचार सम्प्रेशन भएपछि बुधबार रंगेलीका मेयर दिलिप बगडिया, अस्पतालका मेशु डाक्टर राेहिन्द्र पाण्डे, वडा अध्यक्ष महेश खनाल रामचन्द्र मंण्डल र एभिन्युज टेलिभिजनका माेरङ समम्दाता रबिन्द्र बराल बिरामीको घरमा पुगेर बिरामी तथा उनका परिवारलाई भेटेका थिए।

रंगेली का मेयरले भने बालिकाकाे सम्पुर्ण उपचार नगरपालिकाले गर्ने जनाएका छन।अब काठमाडौ पठाउन का लागि तिनै जनाकाे स्वाव परिक्षण गरेर रंगेली नगरपालिकामा रहेको एम्बुलेन्स मा उपचारका लागि काठमाडौ लैजाने उनलेे बताए।१ बर्ष अगाडि देखि श्वासप्रश्वासमा समस्या भएता पनि आर्थिक अभावले गर्दा उनकाे उपचार हुन सकेकाे थिएन।
बुबालालले छाेरी काे श्वासप्रश्वासमा दिन प्रतिदिन समस्याा बढदै गएपछि साउन १३ गते पहिलोपटक उनले बिराटनगर स्थित रिलायवल पोलिक्लिनिक एण्ड डाइग्नोष्टिक सेन्टर प्रा. लिमिटेडमा रहेका वरिष्ठ नवाजात तथा बालरोग एवं बाल मुटु रोग विशेषज्ञ डा. मनोज कुमार श्रीवास्तव संग छाेेरी सभ्यताकाे उपचार गराएका थिए।

डाक्टरकाे सल्लाह अनुसार बुुुबा लाल किस्कुले छाेरीकाे मुटुकाे एक्सरे गरपछि डाक्टर श्रीवास्तवले रिपोर्ट अनुसार बच्चाको मुटुमा प्वाल भएको र चाँडो भन्दा चाँडो भन्दा काठमाडौ लैजान सल्लाह दिएका थिए।

तर आर्थिक अभाव का कारण छाेरी सभ्यता काे उपचारका लागि काठमाडौ लैजान सकेका थिएन । एभिन्युज टेलिभिजनकाे पहलमा सभ्यताको उपचारमा रंगेली मेयर बगडियाले उपचार गर्ने भएपछि उनको बुबा लाल किस्कु खुशी भएका छन।
डेड कठ्ठा जग्गामा सानाेे घर बनाएर बसाेवास गर्देे आएका लाल किस्कुुले दैनिकी ज्यालादारी गरेर पालनपोषण गरिरहेता पनि अहिले छाेरीकाे मुटुको सल्यक्रिया गर्नेका लागि आर्थिक अभावका कारण छाेरी घरमै राख्न बाध्य रहेका थिए।

प्रतिकृया दिनुहोस्

आज २०८२ साल पुष ५ गतेको राशिफल

आज पुष ५, २०८२ (डिसेम्बर २०, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...

सर्वपक्षीय सरकार र संविधान पुनर्लेखन आजको अपरिहार्य निकास : जेन्जी अगुवा

काठमाडौं — नेपाल कानुन समाज र जेन्जी समूहहरूको संयुक्त आयोजनामा सम्पन्न कार्यक्रममा जेन्जी अगुवा रविकिरण...

युवा शक्ति कुवेतद्वारा पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान सम्पन्न

कुवेत -युवा शक्ति कुवेतले पहिलो चरणको सामुद्रिक तटीय सरसफाई अभियान कार्यक्रम सम्पन्न गरेको छ। डिसेम्बर...

ब्राउन युनिभर्सिटी गोलीकाण्डपछि अमेरिकी डीभी लटरी रोकियो

काठमाडौं, ४ पुष – अमेरिकाले हालै ब्राउन युनिभर्सिटीमा भएको गोलीकाण्डका कारण ‘ग्रीन कार्ड लटरी’ कार्यक्रम...

मौसमका कारण रविको यात्रा मार्ग परिवर्तन

काठमाडौँ, ४ पुस – राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको भैरहवातर्फको हवाई यात्रा मौसमका कारण...