News Portal

युएईमा संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
४७५ पटक

रामप्रसाद ढुंगेल, युएई – नेपाली दूतावास अबुधाबीले छैटौं संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डाेत्तलन गरेको छ । सेप्टेम्बर २० तारिख आइतबार एक कार्यक्रम आयोजना गरी दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डाेत्तलन गर्नुभएको हो । 

झन्डाेत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझा लगायत दूतावासका अन्य कर्मचारी तथा नेपाली समुदाय र सिमित पत्रकारहरुको उपस्थिति रहेकोे थियो । 

झन्डाेत्तलनपछि दूतावासको सभाकक्षमा संविधान दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको संचालन गर्दै उपनियोग प्रमुख धितालले नेपालको हाल लागु संविधानले राजनीतिक स्वतन्त्रता र मौलिक अधिकारको पुर्ण ग्यारेन्टी गरेको र विश्वका गतिशील संविधानहरुमा  नेपालको संविधान रहेको बताउनुभयो । 

संविधानको सम्मान र पालना गर्दै यसलाई रास्ट्रय दिवसको रूपमा पनि मनाउन थालिएको बताउदै धितालले यही खुशीयालीमा राजदुतको आवासमा तीन दिनसम्म दिपावली गरिएको जानकारी दिनुभयो । 

वहाँले संविधान दिवसको अवसरमा विश्वको अग्लो टावर युएईको दुबईस्थित बुर्ज खलिफामा नेपाली झन्डा गत वर्षदेखि फहराउन दूतावासले पहल गरेको र दूतावासको पहललाई युएई सरकारले पनि उच्च सम्मान गर्दै नि:शुल्क उक्त सुविधा प्रदान गरेकोले युएईमा क्रियाशील नेपालीहरुले गौरवको अनुभुति गरेको दाबी गर्नुभयो । वहाँले अबुधाबीस्थित एडनक भवनमा पनि लामो समयसम्म नेपाली झन्डा सेप्टेम्बर १९ को रातमा फहराएको र दुबै स्थानमा नेपाली दूतावासका प्रतिनिधिहरु उपस्थित भएर हजारौं नेपालीसँगै खुशीयाली साटासाट गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा राजदुत ढकालले संविधान दिवसको उपलक्ष्यमा रास्ट्रपति विध्यादेवी भण्डारीले सार्वजनिक गरेको शुभकामना सन्देश वाचन गर्दै नेपालको हाल क्रियाशिल संविधानको लोकप्रियता, व्यापकता र विशेषताबारे प्रकाश पार्नुभएको थियो । राजदूत ढकालले यो संविधान विश्वका थोरै उत्कृष्ट संविधानहरुमा पर्ने दाबी गर्दै स्थिरता र  राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्न सफल भएको बताउनुभयो ।

कोरोनाको कहरका कारण नेपालको महत्त्वपूर्ण दिनलाई सानो आकारमा मनाउनु परेको वाध्यता दर्साउदै राजदूत ढकालले   संविधान दिवसको उपलक्ष्यमा युएईमा कार्यरत सबै नेपालीहरुलाई सुख, शान्ति तथा सुस्वास्थको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाली समाज युएईका उपाध्यक्ष गणेश न्यौपानेले यो विषम परिस्थितिमा पनि दूतावासले नेपाली संविधानप्रति दर्साएको सम्मानका लागि दूतावास परिवार लाई धन्यवाद प्रकट गर्नुभयो । नेपाल पत्रकार महासंघको तर्फबाट सहसचिव राम ढुंगेल र सदस्य रामकुमार परियारले पनि शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

घण्टी बजाउने कि लौरो टेक्ने? रविको रहस्यमय जवाफ

काठमाडौं, पुष १० – रास्वपा सभापति रवि लामिछाने काठमाडौंका मेयर बालेन शाहसँग भएको वार्तापछि ललितपुरको...

काठमाडौंको नयाँ बसपार्कबाट ७१ बिचौलिया पक्राउ

काठमाडौं, १० पुस – यात्रुलाई अनावश्यक रूपमा असुविधा पुर्याउने ७१ बिचौलियालाई प्रहरीले काठमाडौंको नयाँ बसपार्क...

सहमति खोज्दै रवि–बालेन, जेनजी अभियन्ता सुदन गुरुङले लगाए गेटमा ताला

काठमाडौँ, पुष १० – फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति...

बालेन शाहको नयाँ पार्टी तयारी तीव्र, ‘लौरो’ चिह्नतर्फ संकेत

काठमाडौँ –  मेयर बालेन शाहले नयाँ राजनीतिक पार्टीमार्फत अघि बढ्ने तयारी तीव्र पारेका छन्। यस...

आज २०८२ साल पुष १० गतेको राशिफल

आज पुष १०, २०८२ (डिसेम्बर २५, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (Aries)...