News Portal

युएईमा संविधान दिवसको अवसरमा शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न

हिमालीसंचार संवाददाता
४९७ पटक

रामप्रसाद ढुंगेल, युएई – नेपाली दूतावास अबुधाबीले छैटौं संविधान दिवसको उपलक्ष्यमा दूतावास परिसरमा झन्डाेत्तलन गरेको छ । सेप्टेम्बर २० तारिख आइतबार एक कार्यक्रम आयोजना गरी दूतावासको मुख्य भवनको उच्च तथा अग्रभागमा युएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालले झन्डाेत्तलन गर्नुभएको हो । 

झन्डाेत्तलन कार्यक्रममा उपनियोग प्रमुख रिता धिताल, श्रम काउन्सिलर निर्मला थापा, द्वितीय सचिव भुवन ओझा लगायत दूतावासका अन्य कर्मचारी तथा नेपाली समुदाय र सिमित पत्रकारहरुको उपस्थिति रहेकोे थियो । 

झन्डाेत्तलनपछि दूतावासको सभाकक्षमा संविधान दिवसको उपलक्ष्यमा शुभकामना आदानप्रदान कार्यक्रमको आयोजना गरिएको थियो। कार्यक्रमको संचालन गर्दै उपनियोग प्रमुख धितालले नेपालको हाल लागु संविधानले राजनीतिक स्वतन्त्रता र मौलिक अधिकारको पुर्ण ग्यारेन्टी गरेको र विश्वका गतिशील संविधानहरुमा  नेपालको संविधान रहेको बताउनुभयो । 

संविधानको सम्मान र पालना गर्दै यसलाई रास्ट्रय दिवसको रूपमा पनि मनाउन थालिएको बताउदै धितालले यही खुशीयालीमा राजदुतको आवासमा तीन दिनसम्म दिपावली गरिएको जानकारी दिनुभयो । 

वहाँले संविधान दिवसको अवसरमा विश्वको अग्लो टावर युएईको दुबईस्थित बुर्ज खलिफामा नेपाली झन्डा गत वर्षदेखि फहराउन दूतावासले पहल गरेको र दूतावासको पहललाई युएई सरकारले पनि उच्च सम्मान गर्दै नि:शुल्क उक्त सुविधा प्रदान गरेकोले युएईमा क्रियाशील नेपालीहरुले गौरवको अनुभुति गरेको दाबी गर्नुभयो । वहाँले अबुधाबीस्थित एडनक भवनमा पनि लामो समयसम्म नेपाली झन्डा सेप्टेम्बर १९ को रातमा फहराएको र दुबै स्थानमा नेपाली दूतावासका प्रतिनिधिहरु उपस्थित भएर हजारौं नेपालीसँगै खुशीयाली साटासाट गरेको जानकारी दिनुभयो । 

कार्यक्रममा राजदुत ढकालले संविधान दिवसको उपलक्ष्यमा रास्ट्रपति विध्यादेवी भण्डारीले सार्वजनिक गरेको शुभकामना सन्देश वाचन गर्दै नेपालको हाल क्रियाशिल संविधानको लोकप्रियता, व्यापकता र विशेषताबारे प्रकाश पार्नुभएको थियो । राजदूत ढकालले यो संविधान विश्वका थोरै उत्कृष्ट संविधानहरुमा पर्ने दाबी गर्दै स्थिरता र  राजनीतिक संक्रमणलाई व्यवस्थापन गर्न सफल भएको बताउनुभयो ।

कोरोनाको कहरका कारण नेपालको महत्त्वपूर्ण दिनलाई सानो आकारमा मनाउनु परेको वाध्यता दर्साउदै राजदूत ढकालले   संविधान दिवसको उपलक्ष्यमा युएईमा कार्यरत सबै नेपालीहरुलाई सुख, शान्ति तथा सुस्वास्थको शुभकामना व्यक्त गर्नुभएको थियो ।

सामाजिक संस्थाहरुको प्रतिनिधित्व गर्दै नेपाली समाज युएईका उपाध्यक्ष गणेश न्यौपानेले यो विषम परिस्थितिमा पनि दूतावासले नेपाली संविधानप्रति दर्साएको सम्मानका लागि दूतावास परिवार लाई धन्यवाद प्रकट गर्नुभयो । नेपाल पत्रकार महासंघको तर्फबाट सहसचिव राम ढुंगेल र सदस्य रामकुमार परियारले पनि शुभकामना मन्तव्य प्रस्तुत गर्नुभएको थियो ।

प्रतिकृया दिनुहोस्

कुलमान घिसिङको दाबी : दलहरूले चुनावी प्रतिबद्धता पूरा गरेनन्

झापा, माघ २८ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले अहिलेसम्म सबै राजनीतिक दलहरूले आफ्नो...

रवि–बालेन सहकार्य लामो समय टिक्ने छैन: कांग्रेसको ठहर

काठमाडौं, माघ २८ – नेपाली कांग्रेसले हालको राजनीतिक परिस्थितिलाई सामाजिक सञ्जालमा देखिएको चर्चा भन्दा फरक...

प्रचण्ड भन्छन्: निर्वाचन माहोल नेकपाको पक्षमा बढ्दैछ

पोखरा, २८ माघ – नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले...

शंकास्पद रूपमा भारत लैजाँदै गरिएका बालबालिका फेला, ६ जनामाथि अनुसन्धान

दाङ, माघ २८ – बर्दिया मार्ग हुँदै भारततर्फ लैजाँदै गरिएका तीन जना नेपाली बालबालिकालाई प्रहरीले...

आज २०८२ साल माघ २८ गतेको राशिफल

आज माघ २८, २०८२ ( फेब्रुअरी ११, २०२६) को राशिफल यस प्रकार रहेको छ: मेष...