News Portal

  • सिन्धुपालचोक भोलिबाट  पुर्ण रुपमा लकडाउन खुल्ने शिक्षण संस्था भने बन्द

    हिमाली संचार संवाददाता
    ३४२ पटक

    सिन्धपाल्चोक -कोरोना भाइरसको संक्रमण त्रासलाई मध्यनजर गर्दै भदौ १ गतेदेखि जिल्लामा लगाइएको लकडाउन आज रातिबाट सकिदैंछ। भोलिबाट जिल्लामा लकडाउन पूर्ण रुपमा खुल्ने छ। आज बसेको जिल्ला कोभिड १९ विपद व्यवस्थापन केन्द्रको बैठकले भोलिबाट जिल्लामा खुल्ने निर्णय गरेको छ।

    कोरोना संक्रमणको दर तीव्र भएतापनि मन्त्रिस्तरीय निर्णयबाटै भोलिबाट लकडाउन पुर्ण रुपमा खुल्ने र छोटा तथा लामा दुरीका गाडी सञ्चालन गर्ने निर्णय भएपछि जिल्लामा पनि सबै किसिमका पसल व्वयसाय पूर्ण रुपमा सञ्चालन गरिने भएको हो । लकडाउन खुलेपनि सर्वसाधारणले सुवास्थ्य मापदण्डलाई कडाइका साथ पालना गर्नुपर्ने छ।

    जिल्ला प्रवेश गर्ने व्यक्तिहरुको सवालमा जिल्ला प्रवेश गर्दा पालिका तथा वडाको पत्र लिइ प्रहरीले सम्बन्धित वडाध्यक्षलाई बुझाउने र वडाध्यक्षले ती व्यक्तिहरुलाई क्वारेन्टाइनमा अनिवार्य राख्नुपर्नेछ।

    सरकार तथा गैसरकारी कार्यालय, होटलहरु सञ्चालन गर्दा अनिवार्य रुपमा स्वास्थ्य सामग्री अपनाई सामाजिक दुरी कायम गर्नुपर्नेछ। शिक्षण संस्था गोष्ठी सेमिनार पार्टी समूहमा खेलिने खेलकुद पुस्तकालयलगायत भने अर्को आदेश सम्मका लागि बन्दै हुनेछन्।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    विराटनगरको भाटभटेनीमा शव फेला

    विराटनगर, भदौ ३० – जेनजी आन्दोलनका क्रममा आगजनी भएको विराटनगर–६ स्थित भाटभटेनी सुपरमार्केटमा सोमबार जलेको...

    भाग्य न्यौपानेले सामाजिक सञ्जालबाट विवादास्पद भिडिओ हटाए

    काठमाडौं, भदौ ३० – युट्युबर भाग्य न्यौपानेमाथि जेनजी प्रदर्शनको क्रममा भ्रामक र उत्तेजक सूचना फैलाएको...

    एनसेलको कार्यालयमा तोडफोड र आगजनी, कम्पनीले प्रहरीमा उजुरी दर्ता

    काठमाडौं, भदौ ३० – काठमाडौंको लैनचौरस्थित एनसेलको मुख्य कार्यालयमा भएको तोडफोड, आगजनी र लुटपाटको घटनापछि...

    नवनियुक्त तीन मन्त्रीले लिए शपथ

    काठमाडौं, भदौ ३० – सोमबार तीन नयाँ मन्त्रीहरूले पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्।...

    मकवानपुरमा सुत्केरीमाथि बलात्कार, एक जना पक्राउ

    मकवानपुरको राक्सिराङ गाउँपालिका–१ इन्दुङमा दुई महिनाकी सुत्केरी महिलामाथि बलात्कार भएको आरोपमा एक व्यक्तिलाई प्रहरीले नियन्त्रणमा...