News Portal

  • सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक अनलाइन कक्षा सञ्चालन

    हिमाली संचार संवाददाता
    ३८६ पटक

    सिन्धुपाल्चोक – जिल्लाकै प्रतिष्ठित प्रगति अङग्रेजी माध्यामिक बिद्यालय मेलम्चीले कोरोना महामारीको बिचमा पनी बिगत ३ महिनादेखि अनलाइन कक्षा सञ्चालन गर्दै सफलतापुर्वक बिद्यार्थीहरुको सिकाई सहजिकरण गरिरहेको छ। विगत देखिनै जिल्लामा उत्कृष्ट नतिजा ल्याउदै आएको यस विद्यालयले बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारण निजी तथा सामुदायिक बिद्यालयहरु बन्द रहेको अबस्थामा पनि गत अषाढ बाट नै नियमित अनलाईन कक्षा सञ्चालन गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।

    कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुको नियमित अनलाइन कक्षा सञ्चालन गर्दै आएको बिद्यालयले यहि भाद्र ३० गते देखी सञ्चालन गर्ने गरी जिल्लामै पहिलोपटक बिद्यालय तहको अनलाइन परीक्षाको तयारी समेत गरेको प्रअ नेपालले बताउनुभयो ।

    जेठ १ महिना आधुनिक प्रविधि र अनलाइन कक्षा सम्बन्धि शिक्षक तालिम संचालन गर्यौ ।अषाढ पहिलो हप्ता अभिभावक भेला गरी भेलाकै निर्णय अनुसार कक्षा सुरु गर्यौँ तर केही समय अघि सम्म अनलाईन कक्षा लाई सरकारले आधिकारीक मान्यता नदिदां के गर्ने भन्ने अन्यौलता रहेपनी अब त्यो समस्या नभएकोले अनलाइनबाटै परीक्षाको तयारी गरीएको उहाँको भनाई छ ।

    बिद्यालयले माइक्रोसफ्ट कंम्पनीको लाइसेन्स लिएर माइक्रोसफ्ट टिम मार्फत कक्षा सञ्चालन गरीरहेको छ । टिममा कक्षा लिँदा कक्षा चलिरहेको बेला बिद्युत, इन्टरनेट वा अन्य कारणले कक्षामा सहभागि हुन असमर्थ भएपनी सो कक्षा आफ्नो च्यानलमै स्वतः रेकर्ड भएर बस्ने हुदाँ आफ्नो अनुकुलमा हेर्न सकिने भएको र गृहकार्य, कक्षाकार्य लिने दिने गर्न पनी मिल्ने भएकोले आफुलाई निकै सहज भएको कक्षा १० की छात्रा सुहाना खड्काले बताउनुभयो ।

    उहाँले भन्नुभयो अनलाइन कक्षामा सम्बन्धित बिषयको अडियो र भिडियो रिर्पोटहरु समेत हेर्न पाइने हुनाले पाठ बुझ्न अझै सजिलो भएको छ । माइक्रोसफ्ट टिम चलाउन हाल एनटीसी र एनसेल दुवैले तीन सय रुपैँयामा बीस जिबी भन्दा बढी डाटा दिएकोले इन्टरनेट नहुनेले पनी सस्तोमै डाटाबाट कक्षा लिन सक्ने बिद्यालयका शिक्षक विनय अधिकारीले बताउनुभयो ।

    कोराना महामारी र यसको प्रभावले देशभरका सुबिधा सम्पन्न देखि दुर्गम क्षेत्रका शैक्षिक संस्थाहरु ठप्प रहेको अवस्थामा अभिभावकले दिएको साथ सहयोग र शिक्षक साथीहरूको अथक मेहनतका कारण सफतापुर्वक अनलाइन प्रबिधि बाट कक्षा सञ्चालन गर्न सकिएको बिद्यालयका अध्यक्ष बिजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

    नियमित स्रोतको अभाव र चरम व्ययभारका कारण आर्थिक संकटमा भएपनी प्रतिकुल परिस्थिति बीच पनी बिद्यालयले सामाजिक उत्तरदायित्व बहनको उच्चतम प्रयास गरेको उहाँको भनाई छ । कक्षा नर्सरीदेखी कक्षा पाँच सम्मका बिद्यार्थीहरुका लागि बिद्यालयले आफ्नो सेवा क्षेत्रका बिभिन्न बीस वटा समुदायमा सिकाई केन्द्र मार्फत कक्षा सञ्चालन गरेको र बिगत १ महिना देखी प्रशासनको अनुरोधमा स्थगित गरिएका ती केन्द्रहरु स्थानीय तह संग अनुमति लिई यसै हप्ता देखि पुनः सञ्चालन हुने बिद्यालयले जनाएको छ

     

     

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    ग्याङको राजमा हाइटी: नेपालले नदेखेको सम्भावित खतरा

    कुवेत धिरेन्द्र राज सुवेदी – क्यारेबियन सागरको सुन्दर द्वीप राष्ट्र हाइटी आज विश्वको सबैभन्दा असुरक्षित...

    सन्तोष परियार नयाँ शक्ति र प्रगतिशील अभियानमा समाहित, ७ मंसिरमा बृहत् एकता घोषणा

    काठमाडौं, कार्तिक २८ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) छाडेका सन्तोष परियार डा. बाबुराम भट्टराई नेतृत्वको...

    प्रधानमन्त्रीसहित ७ मन्त्रीले बुझाए विवरण, ३ मन्त्रीले अझै बुझाएका छैनन्

    काठमाडौं, कार्तिक २८  – प्रधानमन्त्री सुशीला कार्की नेतृत्वको १० सदस्यीय मन्त्रिपरिषद्का सात जना मन्त्रीले आफ्नो...

    सीआईबी भन्दै रकम ट्रान्सफर गराउने दुई जना पक्राउ

    काठमाडौं, कार्तिक २८ – काठमाडौंमा आफूहरूलाई सीआईबीका अधिकारी भनेर चिनाउँदै ठगी गर्ने दुई जना पक्राउ...

    संसद छिट्टै पुनर्स्थापना हुनैपर्छ, संविधान संशोधनमार्फत जेन–जीका माग सम्बोधन सम्भव : सभामुख घिमिरे

    बिर्तामोड, कार्तिक २८ – सभामुख देवराज घिमिरेले संसद पुनर्स्थापना अब अनिवार्य भएको बताएका छन्। बिहीबार बिहान...