News Portal

सिन्धुपाल्चोक जिल्लामै पहिलो पटक अनलाइन कक्षा सञ्चालन

हिमाली संचार संवाददाता
४५३ पटक

सिन्धुपाल्चोक – जिल्लाकै प्रतिष्ठित प्रगति अङग्रेजी माध्यामिक बिद्यालय मेलम्चीले कोरोना महामारीको बिचमा पनी बिगत ३ महिनादेखि अनलाइन कक्षा सञ्चालन गर्दै सफलतापुर्वक बिद्यार्थीहरुको सिकाई सहजिकरण गरिरहेको छ। विगत देखिनै जिल्लामा उत्कृष्ट नतिजा ल्याउदै आएको यस विद्यालयले बिश्वब्यापी रुपमा फैलिएको कोरोना संक्रमणको कारण निजी तथा सामुदायिक बिद्यालयहरु बन्द रहेको अबस्थामा पनि गत अषाढ बाट नै नियमित अनलाईन कक्षा सञ्चालन गर्दै आईरहेको विद्यालयका प्रधानाध्यापक ऋषिराम नेपालले जानकारी दिनुभयो ।

कक्षा ६ देखि १० सम्मका बिद्यार्थीहरुको नियमित अनलाइन कक्षा सञ्चालन गर्दै आएको बिद्यालयले यहि भाद्र ३० गते देखी सञ्चालन गर्ने गरी जिल्लामै पहिलोपटक बिद्यालय तहको अनलाइन परीक्षाको तयारी समेत गरेको प्रअ नेपालले बताउनुभयो ।

जेठ १ महिना आधुनिक प्रविधि र अनलाइन कक्षा सम्बन्धि शिक्षक तालिम संचालन गर्यौ ।अषाढ पहिलो हप्ता अभिभावक भेला गरी भेलाकै निर्णय अनुसार कक्षा सुरु गर्यौँ तर केही समय अघि सम्म अनलाईन कक्षा लाई सरकारले आधिकारीक मान्यता नदिदां के गर्ने भन्ने अन्यौलता रहेपनी अब त्यो समस्या नभएकोले अनलाइनबाटै परीक्षाको तयारी गरीएको उहाँको भनाई छ ।

बिद्यालयले माइक्रोसफ्ट कंम्पनीको लाइसेन्स लिएर माइक्रोसफ्ट टिम मार्फत कक्षा सञ्चालन गरीरहेको छ । टिममा कक्षा लिँदा कक्षा चलिरहेको बेला बिद्युत, इन्टरनेट वा अन्य कारणले कक्षामा सहभागि हुन असमर्थ भएपनी सो कक्षा आफ्नो च्यानलमै स्वतः रेकर्ड भएर बस्ने हुदाँ आफ्नो अनुकुलमा हेर्न सकिने भएको र गृहकार्य, कक्षाकार्य लिने दिने गर्न पनी मिल्ने भएकोले आफुलाई निकै सहज भएको कक्षा १० की छात्रा सुहाना खड्काले बताउनुभयो ।

उहाँले भन्नुभयो अनलाइन कक्षामा सम्बन्धित बिषयको अडियो र भिडियो रिर्पोटहरु समेत हेर्न पाइने हुनाले पाठ बुझ्न अझै सजिलो भएको छ । माइक्रोसफ्ट टिम चलाउन हाल एनटीसी र एनसेल दुवैले तीन सय रुपैँयामा बीस जिबी भन्दा बढी डाटा दिएकोले इन्टरनेट नहुनेले पनी सस्तोमै डाटाबाट कक्षा लिन सक्ने बिद्यालयका शिक्षक विनय अधिकारीले बताउनुभयो ।

कोराना महामारी र यसको प्रभावले देशभरका सुबिधा सम्पन्न देखि दुर्गम क्षेत्रका शैक्षिक संस्थाहरु ठप्प रहेको अवस्थामा अभिभावकले दिएको साथ सहयोग र शिक्षक साथीहरूको अथक मेहनतका कारण सफतापुर्वक अनलाइन प्रबिधि बाट कक्षा सञ्चालन गर्न सकिएको बिद्यालयका अध्यक्ष बिजयकृष्ण श्रेष्ठले जानकारी दिनुभयो ।

नियमित स्रोतको अभाव र चरम व्ययभारका कारण आर्थिक संकटमा भएपनी प्रतिकुल परिस्थिति बीच पनी बिद्यालयले सामाजिक उत्तरदायित्व बहनको उच्चतम प्रयास गरेको उहाँको भनाई छ । कक्षा नर्सरीदेखी कक्षा पाँच सम्मका बिद्यार्थीहरुका लागि बिद्यालयले आफ्नो सेवा क्षेत्रका बिभिन्न बीस वटा समुदायमा सिकाई केन्द्र मार्फत कक्षा सञ्चालन गरेको र बिगत १ महिना देखी प्रशासनको अनुरोधमा स्थगित गरिएका ती केन्द्रहरु स्थानीय तह संग अनुमति लिई यसै हप्ता देखि पुनः सञ्चालन हुने बिद्यालयले जनाएको छ

 

 

प्रतिकृया दिनुहोस्

शिक्षामा गुणस्तरको दाबी गर्ने नगरपालिकाको यथार्थ अवस्था

रबिन्द्र बराल-मोरङको सुनवर्षी नगरपालिकाले शिक्षामा गुणस्तरीय सुधारको दाबी गरिरहे पनि स्थानीय सामुदायिक विद्यालयहरूको वास्तविक अवस्था...

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...