News Portal

अशोभनीय ढंगले रथ तानेकोप्रति मर्माहित छु : चिरिबाबु महर्जन

हिमाली संचार संवाददाता
४३१ पटक

काठमाडौं – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बिहीबार कुनै योजनाबिना रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले बिनायोजना अशोभनीय ढंगले रथयात्रा गराइएको घटनाले आफूलाई मर्माहित बनाएको बताएका छन् ।

धार्मिक एवं सांस्कृतिक महत्व बोकेको करिब ६० टनभन्दा बढी तौल र ५० फिटभन्दा अग्लो रातो मत्स्येन्द्रनाथको रथलाई स्थानीय सरकार र प्रशासनलाई समेत खबर नगरी तान्ने प्रयास गर्नुले संस्कृति र सम्पदाप्रेमी सबैको मन दुखाएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको परीक्षणका लागि स्वाब दिएपछि सार्वजनिक कार्यक्रममा सहभागी नभएका महर्जन बिहीबार दिउँसो नेगेटिभ रिपोर्ट आएपछि प्रशासनमा बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी थिए ।

उनले रातो मत्स्येन्द्रनाथको रथयात्रामा ललितपुर महानगरको प्रमुख भूमिका नहुने भन्दै आफ्नै स्थानीय तहमा पर्ने धार्मिक कार्य भएकोले यसमा ‘लजिस्टिक’ सहयोग मात्रै गर्ने गरेको पनि विज्ञप्तिमार्फत् स्पष्ट पारेका छन् ।

प्रमुख महर्जनले भाद्र २६ गतेभित्र रथयात्राको सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नेगरी सांकेतिक रथयात्रा मात्रै गर्ने जिल्ला प्रशासन कार्यालय र विभिन्न जातीय संगठनबीच सहमति भएको जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस्

रंगेलीमा ब्राउन सुगरसहित ४ जना पक्राउ

रबिन्द्र बराल- मोरङको सीमावर्ती क्षेत्रमा पछिल्लो समय लागूऔषध ओसारपसार तथा बिक्री–वितरण बढ्दै गएको पाइएको छ।...

राजनीतिक संरक्षणमा वर्षौंदेखि विद्यालयको जग्गा कब्जा

रंगेली -नेपाल सरकारले सामुदायिक विद्यालयहरूको अतिक्रमित जग्गाको अभिलेख माग गर्न थालेपछि रंगेली नगरपालिका भित्रका विद्यालयहरूले आफ्नो...

रेविज खोप अभावले रङ्गेली क्षेत्रमा सर्वसाधारण मारमा, महँगो मूल्यमा खरिद गर्न बाध्य

रबिन्द्र बराल- नेपाल सरकारले विगत दुई महिनादेखि देशभरिका सरकारी अस्पतालहरूमा निःशुल्क उपलब्ध गराउँदै आएको रेविजविरुद्धको...

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...