News Portal

अशोभनीय ढंगले रथ तानेकोप्रति मर्माहित छु : चिरिबाबु महर्जन

हिमाली संचार संवाददाता
३७२ पटक

काठमाडौं – ललितपुर महानगरपालिकाका प्रमुख चिरिबाबु महर्जनले बिहीबार कुनै योजनाबिना रातो मत्स्येन्द्रनाथको रथयात्रा गरिएको घटनाप्रति आपत्ति जनाएका छन् । शुक्रबार विज्ञप्ति जारी गर्दै प्रमुख शाक्यले बिनायोजना अशोभनीय ढंगले रथयात्रा गराइएको घटनाले आफूलाई मर्माहित बनाएको बताएका छन् ।

धार्मिक एवं सांस्कृतिक महत्व बोकेको करिब ६० टनभन्दा बढी तौल र ५० फिटभन्दा अग्लो रातो मत्स्येन्द्रनाथको रथलाई स्थानीय सरकार र प्रशासनलाई समेत खबर नगरी तान्ने प्रयास गर्नुले संस्कृति र सम्पदाप्रेमी सबैको मन दुखाएको विज्ञप्तिमा उल्लेख छ ।

कोरोना भाइरसको परीक्षणका लागि स्वाब दिएपछि सार्वजनिक कार्यक्रममा सहभागी नभएका महर्जन बिहीबार दिउँसो नेगेटिभ रिपोर्ट आएपछि प्रशासनमा बोलाइएको सर्वपक्षीय बैठकमा सहभागी थिए ।

उनले रातो मत्स्येन्द्रनाथको रथयात्रामा ललितपुर महानगरको प्रमुख भूमिका नहुने भन्दै आफ्नै स्थानीय तहमा पर्ने धार्मिक कार्य भएकोले यसमा ‘लजिस्टिक’ सहयोग मात्रै गर्ने गरेको पनि विज्ञप्तिमार्फत् स्पष्ट पारेका छन् ।

प्रमुख महर्जनले भाद्र २६ गतेभित्र रथयात्राको सम्पूर्ण प्रक्रिया सम्पन्न गर्नेगरी सांकेतिक रथयात्रा मात्रै गर्ने जिल्ला प्रशासन कार्यालय र विभिन्न जातीय संगठनबीच सहमति भएको जनाएका छन् ।

 

प्रतिकृया दिनुहोस्

बालेन–रवि सहमतिपछि नेप्सेमा उछाल, लगानीकर्तामा उत्साह

काठमाडौं, १३ पुष – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र (बालेन) साहले राष्ट्रिय स्वतन्त्र पार्टी प्रवेश गरेसँगै...

रवि र बालेनबीचको सम्झौता: भारतीय मिडियाको दृष्टिकोण

काठमाडौं, पुष १३ – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने र काठमाडौँ महानगरपालिकाका...

फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा सम्पन्न

धादिङ – फुलखर्क कल्याणकारी समाजको बाह्रौं वार्षिक साधारण सभा धादिङमा भव्य तथा उत्साहपूर्ण माहोलमा सम्पन्न...

२ हप्ताभित्र महानगर प्रमुखको जिम्मेवारी छोड्ने तयारीमा बालेन

काठमाडौँ, पुष १३ – काठमाडौँ महानगरपालिकाका मेयर बालेन्द्र शाह (बालेन) ले करिब दुई हप्ताभित्र पदबाट...

हर्क साम्पाङः श्रम संस्कृति पार्टी कसैसँग एकता गर्दैन

काठमाडौं, पुस १३ – श्रम संस्कृति पार्टीका अध्यक्ष तथा धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङले आफ्नो...