News Portal

  • रंगेलीको जनता क्यापसको आईसाेलेसनमा रहेका २२ जना निको भएर फर्किए

    हिमाली संचार संवाददाता
    ५०१ पटक

    २०७७ भदौ २, मंगलबार
    रबिन्द्र बराल/मोरङ – रंगेली नगरपालिकाकाे जनता क्यापसको आईसाेलेसनमा साउन २५ गते पहिलो लटमा काेराेना पाेजेटिभ रहेका २९ जना मध्येका १४ दिनपछि स्वाब परिक्षण गरेपछि उनीहरु मध्येका २२ जनालाई मंगलबार रिपोर्ट नेगेटिभ आएपछि उनिहरुलाई घर फिर्ता गरिएको छ।

    अरु ७ जनालाई पुनः आईसुलेसनमा नै राखिएको आईसुलेसनका डाक्टर राहिन्द्र पाण्डेले बताए। उनीहरुलाई अझै हाेम आईसुलेसनमा बस्न सुझावसमेत दिएकाे छ।

    रंगेलीमा समुदाय स्तरमा काेराेना संक्रमितको संख्या दैनिक बढ्दै गएपछि रंगेली नगरपालिकाले नागरिकलाई सुरक्षा दिन जनता क्याम्पसमा आइसोलेशन स्थापना गरिएको थियो।

    नगरपालिकाले चैत्र महिनामा स्थापना गरेको क्वारेन्टाइनलाई रुपान्तरण गर्दे आफ्ना नागरिकको व्यवस्थापनका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरेको हाे।

    सङ्क्रमण बढदै गएपछि बिभिन्न स्थानमा रहेका आईसाेलेसनहरु भरिदै गएपछि आईसोलेशन सञ्चालन कार्यविधिमा तोकेको मापदण्डमा टेकेर तत्कालको समस्या टार्नका लागि क्याम्पसलाई नै आईसोलेशन अस्पतालमा रुपान्तरण गरिएको हो।

    मापदण्डअनुसार रंगेली नगरपालिकाले क्याम्पसलाई नै १ सय शैयाको आईसोलेशन अस्पतालकाे स्थापना भएको घोषणा गरेको छ। उक्त आईसोलेशनमा अहिले ५४ जना काेराेना पाेजेटिभ रहेका छन। अहिले रंगेलीमा ४७ जना काेराेेेना निकाे भए र घर फर्किएको डाक्टर पाण्डेले बताए।

    आईसुलेसनमा अक्सिजन सिलिण्डरको व्यवस्था, संक्रमितलाई प्रयोग गर्न व्यक्तिगत साबुनसहित सरसफाईमा प्रयोग गरिने सामाग्रीको उपलब्धता, शौचालय तथा पानी आपूतिको व्यवस्थापनसहित, स्वास्थ्य परामर्शका रंगेली अस्पताल मेडिकल सुपरिटेन्डेन्ट राेहिन्द्र पाण्डे सहित २ जना एचए २४ सैं घण्टा अस्पतालमा रहने व्यवस्थाकाे नेतृत्वको चिकित्सक टोलि परिचालनसमेत गरिएको मेयर बगडीयाले बताए।

    आईसोलेशन सुरक्षा र सतर्कतामा ध्यान दिनका लागि सुरक्षाकर्मी सहितको टोलि समेत रहेको छ। क्याम्पसको आईसोलेशन अस्पतालमा रहेका बिरामीहरुलाई तीन पटक चीया र बिस्कुट, बिहान र बेलुका खाना र दुईवटा फलफुल (स्याउ)समेत उपलब्ध गराउने गरिएको बताए।

    नगरपालिकाले भदौ काेराेना राेकथाम तथा नियन्त्रणका लागि भदौ १० गतेसम्म वडा नम्बर ७, ४ र ६ काे केहि भाग पुर्ण रुपमा सिल गरिएको छ भने बाँकी वडाहरु लकडाउन गर्ने निर्णय समेत गरेको छ।

    यता काेराेना नेगेटिभ आएर घर फर्किएकाहरुले भने नगरपालिकाले आफ्नै स्थानमा यसरी आईसुलेसन बनाएकाेमा धन्यवाद दिएका छन।

    कुवेतको अमन एक्सचेन्ज नेपाल पैसा पठाउने भरपर्दो र सबैभन्दा उत्तम एक्सचेन्ज Aman exchange Kuwait

     

    प्रतिकृया दिनुहोस्

    आज २०८२ साल असोज १७ गतेको राशिफल

    आज असोज १७, २०८२ (अक्टोबर ३, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    आज २०८२ साल असोज १६ गतेको राशिफल

    आज असोज १६, २०८२ (अक्टोबर २, २०२५) को राशिफल यस प्रकार रहेको छ: मेष (चु,...

    वेस्ट इन्डिजविरुद्धका दुई खेलमा सन्दीप निलम्बित

    काठमाडौं, असोज १५ – वेस्ट इन्डिजविरुद्धको श्रृंखलामा नेपाली लेग स्पिनर सन्दीप लामिछाने अन्तिम दुई खेलमा...

    मिराज ढुङ्गानाले अक्टोबर ९ मा हिंसात्मक आन्दोलन नहुने स्पष्ट पारे

    काठमाडौं, असोज १५  — जेनजी अभियन्ता मिराज ढुङ्गानाले अक्टोबर ९ मा कुनै हिंसात्मक कार्यक्रम नहुने...

    प्रहरीमाथि अभद्र व्यवहार गर्ने युवक पक्राउ

    काठमाडौं, असोज १५ – ड्युटीमा खटिएका प्रहरीमाथि अभद्र व्यवहार गर्ने एक युवकलाई प्रहरीले पक्राउ गरेको...