News Portal

जनसम्पर्क समिति कुवेतद्वारा तरूणदल रोल्पाका अध्यक्ष पुनको हत्याको बिरोध

हिमाली संचार संवाददाता
१४२६ पटक

सेप्टेम्बर ९, कुवेत – नेपाली जनसम्पर्क समिति कुवेतले नेपाल तरुणदल रोल्पा नगरकार्यसमितिका अध्यक्ष रोहित पुनको हत्याको घोर भत्सर्ना गरेको छ।

नेपाली जनसम्पर्क समिति कुवेतले समितिको आधिकारिक फेसबुक मार्फत उक्त घटनाको बिरोध जनाएको हो।

रोल्पा ईलाका प्रहरी कार्यालय सुलिचाैरको गेट अगाडिको होटेलमा नेपाल तरुणदल नगरकार्यसमितिका अध्यक्ष पुनको निर्मम हत्या हुदा पनि नेपाल प्रहरीको कार्यक्षमतामा असक्षमता भएको भन्दै समितिले आपत्ति जनाएको हो।

समितिले घटनाको कडा भत्सर्ना गर्दै इलाका प्रहरी कार्यालय सुलिचौरबाट १५ मिटरको दुरीमा घटना हुँदा पनि नेपाल प्रहरी मुकदर्शक भएको भन्दै समितिले यस्ता अपराधिक क्रियाकलाप रोक्न र हत्यारालाई कडा भन्दा कडा कार्वाही गर्न जोडदार माग गरेको छ ।

यो पनि पढ्नुहोस।

पुर्वमाओबादीका कार्यकर्ताले गरे तरुणदल अध्यक्षको हत्या 

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...