News Portal

पुर्वमाओबादीका कार्यकर्ताले गरे तरुणदल अध्यक्षको हत्या

हिमाली संचार संवाददाता
८४८ पटक

रोल्पा – प्रतिनिधि सभा र स्थानीय निर्वाचनका बेला कांग्रेस र तत्कालीन माओवादी केन्द्रबीच भएको झडपको विषयलाई लिएर रोल्पामा ‘नेकपा’का कार्यकर्ताहरूले सत्ताको दुरुपयोग गर्दै नेपाल तरुण दलका लिवाङका नगर समिति अध्यक्ष रोहित पुनको गोली हानेर हत्या भएको रहस्य बाहिरिएको छ ।

रोल्पा जिल्लामा माओवादीसँग भिडेर कांग्रेसको पक्षमा माहोल बनाउँदै आएका रोहित पुनविरुद्ध माओवादीहरूलाई चित्त बुझेको थिएन । सोही कारण सत्ताको दुरुपयोग गरेर रोहित पुनलाई पूर्वमाओवादीको योजनामा आइतबार गोली हानेर हत्या भएको छ ।

रोल्पा कांग्रेसका सभापति अमरसिंह पुनले निर्वाचनका बेला माओवादीका र कांग्रेसका कार्यकर्ताबीच भएको झगडालाई लिएर माओवादीका कार्यकर्ताले सत्ताको दुरुपयोग गरेर आइतबार गोली प्रहार गरी तरुण अध्यक्ष रोहित पुनको हत्या गरेको बताए ।

‘प्रतिनिधि सभा निर्वाचनका बेला माओवादी र कांग्रेसका कार्यकर्ताबीच झडप भएको थियो । त्यस बेला कांग्रेसका कार्यकर्ताले माओवादीका कार्यकर्ताको ज्यादति विरुद्ध प्रहरीमा मुद्धा दिएका थिए’, रोल्पा कांग्रेसका सभापति पुनले भने, ‘त्यस बेलाको बदला माओवादीका कार्यकर्ताहरूले गोली हानेर हत्या गरी लिएका छन् ।’

रोहित पुनलाई गोली हान्नेहरूमा पूर्वमाओवादीका कार्यकर्ता देवबहादुर घर्ती मगरको समूह रहेको छ । ‘प्रहरी कार्यालय नजिकै गोली प्रहार हुँदा पनि प्रहरीले बेवास्ता गरेको छ’, सभापति पुनले भने, ‘प्रहरीले चाहेको भए उतिखेरै गोली हान्ने समूहलाई पक्राउ गर्न सक्थ्यो । तर, गरेन ।’

प्रहरीले रोहित पुनको गोली हानी हत्याको घटनामा दुईजनालाई पक्राउ गरेको स्रोतले जनाएको छ ।

यो पनि पढनुहोस।

जनसम्पर्क समिति कुवेतद्वारा तरूणदल रोल्पाका अध्यक्ष पुनको हत्याको बिरोध !

प्रतिकृया दिनुहोस्

गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन सम्पन्न सचिव भिष्म राज नेपाल निर्विरोध

धादिङ । गङ्गाजमुना गाउँपालिकाको प्रथम महाधिवेशन केन्द्रीय प्रशिक्षण विभाग सदस्य डा. कृष्णमान शाक्यको गरिमामय उपस्थितिमा...

स्थानीय ज्ञान अब किताबमै : रङ्गेली नगरपालिकाको नयाँ शैक्षिक पहल

रबिन्द्र बराल-मोरङको नगरपालिकाले स्थानीय ज्ञान, संस्कृति, भाषा तथा ऐतिहासिक विषयवस्तुलाई समेटेर कक्षा १ देखि ८...

एमाले ललितपुर अध्यक्ष आचार्यमाथि प्रकाशित समाचारको खण्डन

काठमाडौ – मिति: २९ जुलाई २०२५ मा “एनजिओ पलाएका एमाले ललितपुरका अध्यक्ष आचार्य मानव तस्करीसँग...

वृक्षारोपण गरियो, संरक्षण बिर्सियो : समाचारपछि सरसफाई सुरु

रबिन्द्र बराल- मोरङको रङ्गेली नगरपालिकाले वृक्षारोपण गरिएका क्षेत्रमा सञ्चार माध्यममा आलोचनात्मक समाचार सार्वजनिक भएपछि सरसफाइ...

गोडमेल अभावमा वृक्षारोपणका बिरुवा झारले ढाकिए

रबिन्द्र बराल –मोरङको नगरपालिकाद्वारा सडक किनारमा रोपिएका बिरुवाहरू उचित संरक्षण र नियमित गोडमेल नहुँदा अहिले...