News Portal

शेयर गर्नुहोस् आज साउन ११ गते आइतबारको राशिफल

हिमाली संचार संवाददाता
६८४ पटक

वि.सं.२०७७ साल साउन ११ गते आइतबार, सन् २०२० जुलाई २६ तारीख

मेष – चु, चे, चो, ला, लि, लु, ले, लो, अ

चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। तर परिस्थितिको चक्रमा अलमलिनुपर्दा काम बन्न समय लाग्नेछ। यात्रा खर्चिलो र कष्टकर बन्न सक्छ। आफन्त टाढिने हुँदा होसियारीसाथ काम लिनुहोला। भविष्यका लागि केही वस्तु त्याग्नुपर्ला। सोचेको नतिजा तत्काल प्राप्त नहुन सक्छ।

बृष – इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

परिस्थिति सोचेजस्तो नहुनाले लक्ष्य प्राप्तिमा विलम्ब हुनेछ। अवसर प्राप्त भए पनि मेसो नमिल्नाले पनि काममा ढिलासुस्ती हुन सक्छ। पढाइलेखाइमा सोचेजस्तो प्रगति गर्न नसकिए पनि गुरुजनको सुझाव र सहयोग लाभदायी बन्नेछ। व्यापारमा फाइदाको स्रोत पहिल्याउन सकिनेछ। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने मिहिनेतले कार्य सम्पादन हुनेछ।

मिथुन – का, कि, कु, घ, ङ, छ, के, को, ह

छातीको समस्याले स्वास्थ्य कमजोर रहनेछ। हतारको निर्णयले अप्ठ्यारो पार्ने हुँदा सजग रहनुहोला। चुनौती अँगाल्नुपरे पनि आँटले लक्ष्यमा पुर्याउनेछ। ईर्ष्या गर्नेहरू स्वयं पछि पर्नेछन् भने कर्मयोगले भविष्यको बाटो समाउनेछ। मिहिनेतले काममा सफलता दिलाउनेछ। समस्या पन्छाएर अधिकार स्थापित गर्न सकिनेछ। दिगो फाइदा हुने काममा जग बसाउने मौका छ।

कर्कट – हि, हु, हे, हो, डा, डि, डु, डे, डो

मिहिनेत गर्दा उद्योग र व्यापारमा विशेष फाइदा उठाउन सकिनेछ। तर प्रतिस्पर्धीसँगको पुरानो सम्झौता तोड्नुपर्ने हुन सक्छ। अनावश्यक हल्लाको पछि लाग्दा व्यर्थैमा दु:ख पाइनेछ। प्रक्रिया नमिल्नाले काम दोहोर्याउनुपर्ला। अरूका लागि उपयोग भइनेछ र बेसुरमा काम गर्ने बानीले अप्ठ्यारो पर्न सक्छ। दिगो योजनाका साथ अघि बढ्दा बिस्तारै लाभ उठाउन सकिनेछ।

सिंह – मा, मि, मु, मे, मो, टा, टि, टु, टे

समयमा वचन पुर्याउन नसक्ता अरूले आलोचना गर्न सक्छन्। बेसुरमा बोल्ने बानीले वादविवाद निम्त्याउन सक्छ। मिहिनेत गरीकन चिताएको मूल्य प्राप्त नहुने देखिन्छ। अध्ययनमा त्यति समय दिन नसकिएला। ईर्ष्या गर्नेहरूले पनि बिनाकारण सताउन सक्छन्। महत्वाकांक्षी योजना गोप्य राखेर अघि बढ्नुहोला। परिस्थितिले स्वतन्त्रतामा समेत बाधा पुर्याउन सक्छ।

कन्या – टो, प, पि, पु, ष, ण, ठ, पे, पो

परिस्थितिवश आफ्नै वचनबद्धता पालना गर्न नसक्ने स्थिति रहनेछ। तापनि बोली र विचारका प्रशंसकहरू बढ्नेछन्। बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सानो प्रयत्नले ठूलो काम बन्नेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। सहयोगीहरूले साथ दिने हुँदा रोकिएका काम पनि सम्पादन हुनेछन्। मिहिनेतले नाम, दाम र इनाम हातपार्न सफल भइनेछ।

तुला – र, रि, रु, रे, रो, ता, ति, तु, ते

भैपरी आउने खर्चले चिन्ता बढाउन सक्छ। सुरक्षाका लागि फाइदाका वस्तु त्याग्नुपर्ला। कर्जामार्फत धन र आवश्यकताका वस्तु जुटाउन सकिनेछ। तत्काल फाइदा लिँदा लाभांश अरूलाई पनि बाँड्नुपर्ला। आफ्नो मिहिनेतको प्रतिफल अरूले हत्याउने चेष्टा गर्नेछन्। अवसरको खोजीमा केही दौडधुप गर्नुपर्ला। सरसापट र सहयोगमा केही नगद बाहिरिने देखिन्छ।

बृश्चिक – तो, ना, नि, नु, ने, नो, या, यि, यु

पहिलेको आम्दानी प्राप्त हुनाले उत्साह जाग्नेछ। आवश्यक भौतिक साधन जुट्नाले नयाँ काम थालनी हुनेछ। तर रकम जुटाउँदा ऋणभार बढ्न सक्छ। सरसापटमा पनि केही धन बाहिरिने देखिन्छ। श्रमको उचित मूल्यांकन भए पनि प्रतिफल हातलागी हुन समय लाग्नेछ। तापनि मिहिनेतले लक्ष्यमा पुर्याउनेछ। अरूको विषयमा चासो लिँदा झमेला बेहोर्नुपर्ला।

धनु – ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

कामको मेसो नमिल्दा पछि परिनेछ। अरूका लागि बुद्धि खर्चनुपर्ला। समयको गतिलाई पछ्याउने प्रयास गर्नुहोला। सम्भावना देखिए पनि उपलब्धि हातपार्न बढी श्रम गर्नुपर्ला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ला। अवसर र व्यवधानका बीचबाट कर्मयोग अघि बढ्नेछ। बाध्यात्मक परिस्थितिले अलमल्याउन सक्छ। अरूको विश्वास गर्दा धोका पाइनेछ।

मकर – भो, ज, जि, खि, खु, खे, खो, गा, गि

भाग्यवश कीर्तिमानी काम गर्ने अवसर प्राप्त हुनेछ। आफ्नो क्षेत्रमा राम्रै प्रभाव जमाउन सकिनेछ। दाम र प्रतिष्ठा कमाउने बेला छ। सामाजिक दायित्व बढ्नेछ। सहयोगीहरूले हिम्मत दिलाउनेछन्। प्रतीक्षा गरिएको उपलब्धि प्राप्त हुनेछ। सामुदायिक जिम्मेवारी वहन गर्ने समय छ। चिताएको मूल्य प्राप्त नभए पनि पछिलाई फाइदा हुने काम हातपार्न सकिनेछ।

कुम्भ – गु, गे, गो, सा, सि, सु, से, सो, द

अस्वस्थ शरीर लिएर काममा जुट्नुपर्ने अवस्था आउन सक्छ। समय लागे पनि मिहिनेत गर्दा काम बनाउन सकिनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। स्वास्थ्यका लागि आहारविहारमा ध्यान पुर्याउनुहोला। विगतका कमजोरीमा क्रमश: सुधार आउनेछ। लगनशीलताले उपलब्धि हातलागी हुनेछ। काम पूरा नभए पनि प्रयत्न गर्दा केही लाभ हुनेछ।

मीन – दि, दु, थ, झ, ञ, दे, दो, च, चि

छोटो समयमा फाइदा उठाउन सकिनेछ। अध्ययन, लेखन तथा मनोरञ्जनमा समय बित्नेछ। तर अवसरभित्र अधिकार खोज्ने प्रवृत्तिले समस्या निम्त्याउनेछ। सुझबुझका साथ काम लिन नसक्दा पछि परिएला। शुभचिन्तकहरूको सद्भाव कायम राख्न सजग रहनुपर्नेछ। पहिलेका कामबाट फाइदा भइरहनेछ। व्यापारमा पनि सेवाग्राहीहरूको मन जित्ने प्रयत्न गर्नुहोला।

उपप्रा.लक्ष्मीप्रसाद बराल (फलितज्योतिषाचार्य) ९८४१३५२१६४

प्रतिकृया दिनुहोस्

देशले पाउन नसकेको राज नेता

– कमला थापा २०८३ वैशाख २२ गते। नेपाली समाजमा निकै चलन चल्तिमा आएको प्रचलित शब्द...

मेयर श्याम राजवंशीमाथि विद्युत कर्मचारी दुर्व्यवहारको आरोप

रबिन्द्र बराल मोरङ — सुनबर्सी नगरपालिकाका मेयर श्याम राजवंशीमाथि नेपाल विद्युत प्राधिकरण रङ्गेलीका कर्मचारीमाथि दुर्व्यवहार...

वृद्धभत्ता लिन बिहानैदेखि बैंकको गेटमा वृद्धहरूको लाम, सास्ती र खर्च बढ्दो

रबिन्द्र बराल-मोरङको रंगेली–७ स्थित प्रभु बैंक अगाडि वृद्धभत्ता बुझ्न आउने ज्येष्ठ नागरिकहरूको बिहानैदेखि भीड लाग्ने...

संसद छलेर अध्यादेश ल्याउनु बहादुरी होइन : आफ्नै सरकारमाथि रास्वपा सांसद गणेश कार्कीको कडा टिप्पणी

काठमाडौं -राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का प्रतिनिधिसभा सदस्य गणेश कार्कीले संसद अधिवेशन रोकेर अध्यादेश ल्याउने सरकारको...

रंगेलीका विद्यालयको शैक्षिक अवस्था चिन्ताजनक, नगरस्तरीय कक्षा ८ परीक्षामा ४८.०४ प्रतिशत मात्र उत्तीर्ण

रबिन्द्र बराल– मोरङको रंगेली नगरपालिकाभित्र रहेका सामुदायिक विद्यालयहरूको शैक्षिक अवस्था कमजोर बन्दै गएको देखिएको छ।...